काठमाडौँ । नेकपा एमालेले पार्टीको ११औँ महाधिवेशनको पूर्वसन्ध्यामा शनिबार शक्ति प्रदर्शन ग-यो । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा गरेको एमालेले उद्घाटन सत्रमा करिव ३ लाख कार्यकर्ता जुटाउने दाबी गरेको थियो । सोही अनुसार देशभरबाट नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई सभामा निम्त्याएको थियो । एमालेको उद्घाटन सत्रका लागि गठ्ठाघर र जगातीबाट ठूला -यालीहरू आयोजना गरियो । मंसिर २७ देखि २९ गतेसम्म चल्ने महाधिवेशनको बाँकी कार्यक्रमहरु आईतबारबाट अघि बढ्दैछ । मुख्यतः यो महाधिवेशनले एमालेको नयाँ नेतृत्व चयन गर्नेछ ।
नेतृत्वमा फेरि ओली नै
एमालेको नयाँ नेतृत्वका लागि मुख्यतः केपी शर्मा ओली नै अघि बढेका छन् । उनलाई अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टक्कर दिँदैछन् । तर पार्टीका अधिकांश नेताहरु ओली कित्तामै रहेकाले ईश्वरलाई ओली हराउन मुस्किल नै देखिन्छ । धेरैजसो नेताहरु मुलुकको समृद्धि र संकटलाई परास्त गर्न पार्टी नेतृत्वमा ओली कायमै रहनुपर्ने बुझाइमा छन् । ओलीले पनि ईश्वर पक्षलाई रोक्न नेताहरुको व्यवस्थापन गर्ने राण्नीति अपनाइरहेका छन् । ओलीले पदाधिकारी संख्या बढाएरै भएपनि नेताहरुको व्यवस्थापन गर्न लागेको देखिन्छ । जसका लागि ओलीले पार्टीको केन्द्रीय कमिटि बैठक नै आह्वान गरेर विधान संशोधन गर्ने तयारी थालेका छन् । नेता व्यवस्थापनकै लागि ओलीले दुई उपाध्यक्ष र दुई सचिव थप्न लागेको बताइएको छ ।
फागुन २१ मा निर्वाचन नहुने ओलीको दावी कायमै
एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ मा आमनिर्वाचन नहुने दावीलाई फेरी दोहो¥याएका छन् । विगतमा पनि बारम्बार यही दावी गर्ने ओलीले शनिबारको पार्टी महाधिवेशनसभालाई सम्बोधन गर्दै पुनः आगामी फागुन २१ मा आम निर्वाचन नहुने विषयलाई दोहो¥याए । हुनत एमालेका सबैजासो नेताहरुले निर्धारित मितिमा निर्वाचन नहुने जिकिर गर्दै आएका छन् । तर जहिले निर्वाचन हुन्छ त्यो निर्वाचनमा एमालेले बहुमत ल्याउने नेताहरुले हुंकार पनि दिँदै आएका छन् ।
ओलीले निर्वाचन निर्धारित मितिमा नहुने विषयलाई प्रमुख जोड दिइरहँदा संसद पुनस्र्थापना पार्टीको प्रमुख एजेण्ड बनेको पनि दोहो¥याउँदै आएका छन् । पार्टीको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दा पनि ओलीले यो विषलाई प्रष्ट्याए । हुनत एमाले सुरुकै दिनदेखि संसद पुनस्र्थापनाको पक्षमा उभिँदै आएको छ । उसले संसद पुनस्र्थानाका लागि सर्वोच्च अदालतमासमेत निवेदन दिएको छ । ओली समग्रमा यो महाधिवेशनमार्फत नेतृत्वमा फर्कँदै पार्टीको योजना र आकांक्षालाई थप बजबुदीका साथ अघि बढाउने निरन्तर योजनामै देखिन्छन् ।
