News 24 Television
शेर मल्लदेखि रोहित हुँदै सन्दीप, विनोद र अविनाशको कमब्याक पखाई, चर्चा विश्वभरी !

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) शनिबार भव्यताका साथ सम्पन्न भयो । मंसिर १ गते शुरु भएर २७ गते सम्पन्न भएको एनपीएलले नेपाली क्रिकेटको विकासमा आशाको सञ्चार थपेको छ । आर्थिक, सामाजिक र मनोरञ्जनले भरिपूर्ण प्रतियोगितामा केहि नाम चलेका खेलाडी फ्लप सावित भए । केहि नवस्टार खेलाडीको प्रदर्शनले राष्ट्रिय टोलीको ढोका ढकढकाएका छन् । यस्तोमा एनपीएल सिजन–२ मा उम्दा प्रदर्शन गर्ने पाँच खेलाडीबारे चर्चा उच्च छ । 

राजनीति र आर्थिक रुपमा मुलुक शिथिल अवस्थामा छ । आम नागरिकमा देखिएको चरम निराशाले सीमा नाघेको छ । यत्रतत्र सर्वत्र सबैतिर ढोकाहरु बन्द भएका बेला धेरैलाई क्रिकेट नै नेपालीको खुशी साट्ने माध्यम  बनिरहेको छ । मंसिर १ गते सुरु भएर २७ गते शनिबार सकिएको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ ले आम नेपालीलाई खुसि र मनोरञ्चन भरपुर दियो भन्दा फरक पर्दैन् । 

किनभने उद्धघाटनका दिन देखि समापनसम्म आइपुग्दा नेपाली दर्शकमा त्यहि किसिमको उर्जा र उत्साह थियो । सुदुरपश्चिम रोयल्सलाई ६ विकेटले घायल पार्दै लुम्बिनी लायन्स च्याम्पियन हुँदा नेपाली क्रिकेटको कुम्भ मेला यो बर्षका लागि सकियो । प्रतियोगितामा केहि नाम चलेका नामुद नेपाली खेलाडी फ्लव सवित हुँदा केहि नयाँ स्टारले चन्द्रसूर्य अंकित जर्सीका लागि दाबेदारी प्रस्तुत गरेका छन् । 

एनपीएलमा चम्किएका पाँच खेलाडी 

१. रोहित पौडेल, कप्तान, लुम्बिनी लायन्स 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान समेत रहेका रोहित कुमार पौडेल प्रतियोगिताकै नेपाली उत्कृष्ट खेलाडी बने । ब्याटिङ, बलिङ र कप्तानी भुमिकामा उम्दा देखिएका रोहितले ६१ लाख पर्ने ओमोडा जाइको जे–५ (एभी) कार र पल्सर मोटरसाइकल पुरस्कार पाए । उनको प्रदर्शनले त्यो डिजभ पनी गर्छ । 

फाइनलमा ह्याट्रिक विकेट लिँदै ट्रफि उचालेका रोहितले प्रतियोगिताभर १० खेलमा २७६ रन प्रहार गरेर दोस्रो नम्बरमा रहँदा १० विकेट पनि लिए । उनको यस खालको प्रदर्शन र कप्तानीले नेपालले सन् २०२६ फ्रेब्रअरीमा भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने टि–२० विश्वकप मद्दत पुग्ने विश्वास गरिएको छ । 

२. सन्दीप लामिछाने, कप्तान, विराटनगर किङ्स

राष्ट्रिय टोलीका बलिङ किङ मानिने एनपीएलमा विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेका लागि प्रतियोगिता निकै सानदार रह्यो । आफ्नो टोलीलाई क्वालिफायरसम्म पुर्याउन नायकी प्रदर्शन गरेका सन्दीप प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडी अर्थात् उकृष्ट बलर बने । सन्दीपले ९ खेलमा १७ विकेट लिँदा ४.९१ को इकोनोमी छ । 

उत्कृष्ट बलर बनेका सन्दीपले पल्सर मोटरसाइकल पुरस्कार पाए । उनको यस खालको प्रदर्शनले विरोधीका मुख बन्द भएका छन् । सन्दीपका अलवा लुम्बिनीका शेर मल्ल र सुदुरका अभिनाश बोहोराले समान १७÷१७ विकेट लिएपनि टेक्निकल रुपमा सन्दीप भाग्यमानी बने । सन्दीपको अनुभवी बलिङ प्रदर्शनले नेपाललाई विश्वकपमा राहत मिल्न सक्नेछ । 

३. शेर मल्ल, खेलाडी, लुम्बिनी लायन्स

लुम्बिनी लायन्सलाई च्याम्पियन बनाउन सिंहको भुमिका निभाएका शेर मल्लको प्रदर्शन तारियोग्य मात्रै होइन् उनको प्रदर्शनले राष्ट्रिय टोलीको ढोका ढकढकाएको छ । क्यानका सेलेक्टरले कुनै शंकोच विना उनलाई राष्ट्रिय टोलीमा बोलाएको समाचार सुन्न नेपाली समर्थक आतुर छन् । टोलीलाई चाहिने बेला र विपक्षीका मुख्य खेलाडीलाई ट्रयापमा पार्ने खुबी भएका शेर प्रतियोगिताका उदयीमान खेलाडी बने ।

पुरस्कारका रुपमा पल्सर मोटरसाइकल पाएका उनी आगामी नेपाली टि–२० स्वाइडमा पर्ने पक्का जस्तै बनेको छ । १० खेलमा १७ विकेट लिएका शेरले तल्लोक्रममा ब्याटिङ कौशता पनि प्रस्तुत गरेका छन् । 

शेरको इकोनोमी ६.५ रहेको छ । उनको प्रदशनले राष्ट्रिय टोलीमा पर्न कुनै रोकतोक जरुरी रहन्न् । मल्ल उनै खेलाडी हुन् जो पहिलो संस्करणमा जनकपुर बोल्ट्स च्याम्पियन हुँदो टोलीको महत्वपुर्ण सदस्य थिए । 

४. विनोद भण्डारी, खेलाडी, सुदूरपश्चिम रोयल्स 

नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटको भरपुर अनुभव बटुलेका विकेटकिपर तथा ओपनर ब्याट्सम्यान विनोद भण्डारीले पुनः आफुलाई प्रमाणित गरेका छन् र ब्याटबाटै जवाफ दिएका छन् की अझैँ राष्ट्रिय टोलीको हकदार छु । पछिल्लो समय राष्ट्रिय टोलीमा देखिन छाडेका विनोदले एनपीएल सिजन–२ गरेको प्रदर्शनले उनलाई कमब्याक रोक लगाए ठुलो प्रश्नचिन्ह खडा हुने देखिन्छ । 

प्रतियोगितामा ९ खेलमा २ सय ६४ रन प्रहार गरेका उनले ७ वटा क्याच र ३ स्टम्पिङ गरेका छन् । प्रतियोगितामा सर्वाधिक रनको तेस्रो नम्बरमा रहेका विनोदलाई एनपीएल फापेको देखिन्छ । टि–२० मा उमेर होइन् अनुभवले काम गर्ने बताउने विनोदको राष्ट्रिय टोलमिा कमब्याको ढोका खुलेका छ । तर क्यान र उनको सम्बन्धमा दरारको पनि चर्चा छ । तर उनी आत्मविश्वासी देखिन्छन् ।

५. अविनाश बोहोरा, खेलाडी, सुदूरपश्चिम रोयल्स 

प्रतियोगिताको इनर्जेटिक प्लेयर अफ दी टुर्नामेन्ट बनेका सुदूरपश्चिम रोयल्सका बलर अभिनाश बोहोराले दुई लाख नगद पुरस्कार पाए । सुदुरपश्चिमलाई फाइनलमा पुर्याउन महत्वपूर्ण भुमिका खेलका उनले ९ खेलमा १७ विकेट लिन सफल हुँदा ७.४५ इकोनोमी रहेको छ । एनपीएलमा कमब्याकधारी पर्दशन गरेका बोहोराले क्यानको म्यानेजमेन्ट टोलीलाई बलिङ मार्फत चुनौती दिएका छन् । 

राष्ट्रिय टोलीबाट खेलिसकेका उनी कमब्याकको पखाईमा छन् । एनपीएलमा उनको उच्च प्रदर्शनले भन्छ, कमब्याक पक्का । टि–२० विश्वकपको टोली घोषणा हुँदा क्यानको छनोट टोलीले सोच्नुपर्नेछ । तर त्यसका लागि भने केहि समय पर्खिनु पर्ने नै छ । 

आठ फ्रेन्जाइज टोलीमा देशी विदेशी गरी १ सय ४४ जना खेलाडीले मैदानमा दिलोज्यान लगाउँदा नेपाली क्रिकेटको चर्चा पुनः एकपटक विश्वभरी चुलियो । फाप डू प्लेसी जस्ता विश्वस्टार खेलाडी एनपीएलमा जोडिनु सौभाग्य बन्यो । 

नेपाली खेलाडीले थोर बहुत सिक्ने अवसर पनी पाएका छन् । विशेषगरी, एनपीएललाई खेलाडी उत्पादन र व्यावसायीकतामा जोड दिएको नेपाल क्रिकेट संघ (क्यान) धन्यवादको हकदार बन्न पुगेको छ । 

 

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update