News 24 Television
सिन्धुपाल्चोक–२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ युवा नेता विकास तामाङसहितको नाम सिफारिस

मेलम्ची । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट युवा नेता विकास तामाङको नाम प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस भएको छ ।

क्षेत्रीय सभापति आइतमान तामाङको अध्यक्षतामा बसेको क्षेत्रीय कार्यसमितिको बैठकले तामाङसहितका नेताहरुको नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो । तामाङ यसअघि क्षेत्र नम्बर २ को प्रदेशतर्फ निर्वाचन लडिसकेका नेता हुन् । हाल उनी कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत हुन् । 

युवाहरुमाझ लोकप्रिय, शालिन स्वभावका तामाङलाई सिफारिसमा परेका नेताहरुमध्ये बलियो उम्मेदवारका रुपमा हेरिएको छ । 

क्षेत्रीय समितिले प्रत्यक्षतर्फ तामाङसहित १६ जनाको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ ३ र राष्ट्रियसभाका लागि ४ जनाको नाम सिफारिस गरिएको छ । फागुन २१ गते प्रतिनिधिसभा र माघ ११ गते राष्ट्रियसभाको निर्वाचन घोषणा भएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update