काठमाडौँ । जेनजी आन्दोलनपछि मुलुकको राजनीति तरल अवस्थामा छ । ठूला भनिएका दलहरु अस्थित्व रक्षाको रणनीतिम छन्, भने नयाँ दलहरु पनि वृहत्त ध्रुविकरणको प्रयासमा छन् । अन्तरिम सरकारले आगामी फागुन २१ मा आम निर्वाचन गराउनुपर्ने म्याण्डेट पाएको छ । तर दलहरु भने अझै निर्वाचन हुने वा नहुने भन्ने अन्योलता पेश गरिनै रहेका छन् । यद्यपि सरकारले भने निर्धारित मितिमा निर्वाचन गराउनुको विकल्प नरहेको भनिरहेको छ ।
निर्धारित मितिमा निर्वाचन हुन नसक्ने आशंकाकाबीच दलहरु आवश्यक तयारीमा जुटि नै रहको छन् । नेपाली कम्युनिष्ट पार्टी वृहत एकता गरेर निर्वाचनमा सामेल हुन तम्तयार छ । उता नेपाली काँग्रेस र नेकपा एमाले पनि पार्टीको महाधिवेशन गर्दै नेतृत्वको नविकरण गरेरै निर्वाचानमा होमिने तयारीमा छन् ।
बदलिँदो राजनीतिक अवस्थामा दर्जनौँ नयाँ दलहरु पनि अस्थित्वमा आएका छन् । उनीहरु कुनै न कुनै तवरले ध्रुवीकरण र एकताकै प्रयासमा देखिएका छन् । २०७९ सालको आम निर्वाचनभन्दा केही अघि मात्रै स्थापना भएको रास्वपा पनि ध्रुवीकरण र एकताकै शिलशीलामा देखिन्छ । यद्यपि रास्वपाले कुलमान घिसिङ नेतृत्वको नयाँ पार्टी उज्यालो नेपाल तथा काठमाडौं महानगरका मेयर बालेन शाहसँग एकता गर्ने तयारी गरेपनि उसको यो रणनीति सफल हुन सकेको छैन ।
नख्खु बन्यो राजनीतिक केन्द्र
बदलिँदो राजनीतिक अवस्थामा पुराना दलहरु नैतिक संकटमा छन् । उनीहरुलाई आगामी निर्वाचन सामना गर्न नै असहजस्थिति छ । किनकी उनीहरुकै नेतृत्वमाथि लागेको असक्षमताको आरोपले जेनजी विद्रोह भयो । यसपछिको परिस्थितिमा केही राजनीतिक दलकै नेताहरु नै रवि लामिछानेलाई नै केन्द्रमा राखेर राजनीतिक गतिविधि बढाइरहेका छन् । यो पक्षले वर्तमान सरकारले पनि रविप्रतिको धारणा स्पष्ट पार्नुपर्ने स्पष्ट माग राख्दै आएको छ ।
रास्वपा सभापति समेत रहेका रवि लामिछाने सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा छन् । उनीविरुद्ध झण्डै आधा दर्जन जिल्लामा सहकारी ठगीको मुद्धा दर्ता भएका छन् । जुन मुद्धालाई धेरैजसोले राजनीतिक प्रतिशोधका रुपमा व्याख्या गर्दै आएका छन् । यति मात्रै होइन, यही विषयलाई लिएर रविप्रति सहानुभूति प्रकट गर्न विभिन्न राजनीतक दलका नेतादेखि अभिनेतासम्म नख्खु पुग्ने गरेका छन् ।
यसअघि पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, काँग्रेसका नेता सुनिल शर्मादेखि काँग्रेस छाडेका कर्ण मल्लसम्मले रविलाई नख्खु कारागार पुगेरै भेटेका थिए । रवि भेट्ने नेताहरुको क्रम अझै रोकिएको छैन । मंगलबार मात्रै पनि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन रविलाई भेट्न नख्खु कारागार नै पुगे । उनले रविसँग पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरेका छन् । राप्रपा पछिल्लो समय राजतन्त्र र गणतन्त्र दुवै पक्षधरको हित हुने गरी नयाँ राजनीतिक समझदारी गर्नुपर्ने आवश्यकता औल्याइरहेको छ ।
यस्तैमा लिङ्देनले रवि भेट्नुलाई महत्वकासाथ हेरिएको छ । यस्तै मंगलबार नै कलाकार प्रदीप खड्काले समेत रविलाई भेटेका छन् । उनले रविसँगको भेटपछि वैकल्पिक धारका राजनीतिक शक्तिहरु एकतामा आउनुपर्ने औल्याएका छन् । र, रविले चाँडै नै सबै मुद्धाबाट सफाइ पाउने उनले अपेक्षा गरेका छन् ।
रास्वपाले वैकल्पिक राजनीतिक शक्तिहरुबीच एकताको प्रयास नगरेका भने होइन । यहीक्रममा रविले बालेन शाह तथा कुलमान घिसिङ नेतृत्वको नयाँ दलहरुसँग एकता र सहकार्यको प्रयास पनि ग¥यो । तर यो प्रयास असफल बनेको छ । यद्यपि नजिकिँदो आमनिर्वाचन र परिवर्तित राजनीतिक परिवेशमा रवि लामिछाने अझै आकर्षणको केन्द्रविन्दूमै रहेका छन् । जेनजी अगुवा, विभिन्न राजनीतिक दलका नेता, कलाकार तथा विभिन्न पत्रकारहरुकै भेटले पनि राजनीतिमा रविप्रतिको क्रेज अझै रहेको दर्शाउँछ । जसले रविलाई राजनीतिका लागि अझै जबरजस्त पात्रको रुपमा परीचित गराइ नै रहेको छ ।
