काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनले पार्टीको नयाँ नेतृत्वमा केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ । यससँगै १९ सदस्यीय नयाँ पदाधिकारी टिम पनि निर्वाचित भएको छ ।
महाधिवेशनबाट महासचिवमा शंकर पोखरेल १ हजार २२८ मतसहित निर्वाचित भएका छन् । उनी साविकमा पनि महासचिव नै थिए ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङले १ हजार ७३७ मत ल्याए भने विष्णुप्रसाद पौडेलले १ हजार ६७५ मत, रामबहादुर थापाले १ हजार ५१६ मत, गोकर्णराज विष्टले १ हजार ३६८ मत र रघुजी पन्तले १ हजार २५८ मत ल्याएर विजयी भए ।
त्यसैगरी, उपमहासचिवमा लेखराज भट्टले १ हजार ४५२ मत, रघुवीर महासेठले १ हजार ३६८ मत र योगेश भट्टराईले १ हजार ३४८ मत ल्याएर विजयी भए ।
त्यसैगरी, सचिवमा महेश बस्नेतले १ हजार ५४४ मत, छविलाल विश्वकर्माले १ हजार ५०६ मत, पद्माकुमारी अर्यालले १ हजार ५३० मत, शेरधन राईले १ हजार ५०३ मत, हिक्मतकुमार कार्कीले १ हजार ३३७ मत, खगराज अधिकारीले १ हजार ३३१ मत, यमलाल कँडेलले १ हजार १८५ मत, राजन भट्टराईले १ हजार १८१ मत र भानुभक्त ढकालले १ हजार १०८ मत ल्याएर विजयी भएका छन् ।
