काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमा ह्याट्रिक गरेसँगै सत्तामाथि फेरी धावा बोलको छन् । वर्तमान सरकारालाई षड्यन्त्रको योजनाकारको संज्ञा दिँदै ओलीले सत्तामाथि धावा बोलेका हुन् । जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनको दवाव झेलेको एमालेले ११औँ महाधिवेशन बिहीबार सम्पन्न गरेको छ । जसमा ओलीले भारी मतसहित अध्यक्षमा विजयी हासिल गरे । तर यसपछिको उनको पहिलो प्रतिकृया नै सत्तामाथि धम्की र उत्तेजनाले भरिपूर्ण देखियो, अर्थात उनले अन्तरिम सरकारमाथि धावा बोले । उनले आफूलाई छोइएमा चक्काजाम मात्रै होइन, देश नै ठप्प पार्न कार्यकर्ताहरु तयार हुनुपर्ने भन्दै उक्सावटपूर्ण अभिव्यक्ति दिएका छन् ।
ओलीको यो अभिव्यक्ति जेनजी आन्दोलन र त्यसक्रममा भएको आक्रमण लक्षित छ । ओलीले आगामी दिनमा यसप्रकारको घटना दोहोरिन नदिन र यदी दोहोरिएमा आफ्नै कार्यकर्तामार्फत सुरक्षा प्राप्त हुनुपर्ने अपेक्षा रोखेको देखिन्छ ।
छानविन आयोगलाई पनि ओलीको काउण्टर
केपी शर्मा ओलीले अध्यक्षमा निर्वाचित भएलगत्तै दिएको यो अभिव्यक्ति जेनजी आन्दोलनको घटामाथि छानविन गर्न गठित आयोग लक्षित पनि देखिन्छ । आफूमाथि अनुसन्धान गर्न आयोग सक्रिय रहेको बेला उनले त्यसलाई काउण्टर दिन पनि उक्त भाषा प्रयोग गरेको व्याख्या हुन थालेका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाका सम्बन्धमा छानविन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग गठन भएको छ । जसले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि वयान लिन लिने तयारी गरेको छ । उक्त आयोगले यही साताभित्र वयान लिने दावी गरिएको छ ।
यद्यपि केपी शर्मा ओली तथा रमेश लेखक भने समितिलाई बयान दिने मनशायमा देखिएका छैनन् । त्यसमा पनि घटनाको छानविन गर्न समिति गठन भएको लामो समय भइसक्दा ओली र लेखकमाथि वयान नलिइनुले आम प्रश्न उठिरहेकै छ । हुनत ओलीले यसअघि देखि नै आफू वयानमा नजाने भन्दै सरकार र समितिलाई चुनौती पेश गर्दै आएका छन् ।
यस्तैमा ओलीले अध्यक्षमा निर्वाचित भएलगत्तै दिएको अभिव्यक्तिले सरकारलाई अझै चुनौती पेश गरेको प्रष्ट छ । जुन अभिव्यक्ति कार्यकर्ता भड्काउने देखि मुलुकमा अशान्ति पैदा गराउने कारण बन्न नसक्ला भन्ने अवस्था छैन । ओलीले कार्यकताई उक्सावटपूर्ण अभिव्यक्ति दिनु र देश नै ठप्प पार्न दिएको अभिव्यक्ति स्वभाविक देखिँदैन । अर्कोतर्फ यसले ओलीको नियतमाथिसमेत गम्भीर प्रश्न खडा गराएको छ ।
ओलीबाटै हिंसालाई पश्रय !
जेनजी आन्दोलनको आरम्भ पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र अभिव्यत्तिलाई नै कारण मानिदै आएको छ । ओलीको दम्भ र हठकै कारण अझै पनि उनीप्रतिको आक्रोश आमजनमानसमा कहि न कहि झल्किदै आएको छ । यसकारण पनि ओलीप्रति जेनजी पुस्ताहरु अझै सकारात्मक छैनन् । तर यो संवेदनशीलतालाई ख्यालै नगरी ओलीले सरकार र जाँचबुझ आयोगलाई दिएको धम्कीले भने फेरी मुठभेदको खतरा पैदा गराएको छ । यसकारण पनि ओलीले आफ्नो अभिव्यक्ति र कार्यशैलीमा अझै संयम्ता अपनाउन आवश्यक देखिन्छ ।
