News 24 Television
रविले बालेनलाई प्रधानमन्त्रीमा अघि सार्न खोजेका हुन्, कुलमानदेखि सुमना के गर्लान् ?

काठमाडौं । वैकल्पिक शक्ति निर्माणको बहस चर्किएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगीमा झण्डै चार करोड बिगो बुझाएर थुनामुक्त बनेपछि यो वहस थप चर्किएको छ । रविले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ’बालेन’लाई भेटेर लामो छलफल गरेपछि यो चर्चा थप चुलिएको छ । 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ’बालेन’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लामो भेटवार्ता गरे । सहकारी ठगी आरोपमा झण्डै चार करोड बिगो बुझाएर थुनामुक्त बनेका रविले प्रधानमन्त्री सुशीला कार्कीदेखि ऊर्जामन्त्री कुलमान घिसिङ लगाएतलाइ भेटिसकेका छन् । 

त्यसपछि वैकलपिक शक्ति निर्माणको  दौडधुप शुरु भएको भन्दै रास्वपाका नेताहरुले हल्ला गर्न थालेका छन् । रवि र बालेनको भेटपछि वैकल्पिक शक्तिको हुंकार दिनेहरु थप हौसिएका छन् । रवि र बालेनबीच प्रधानमन्त्रीमा समेत भागबण्डा भइसकेको दाबी गरिएका छन् । आगामी निर्वाचनपछि बालेन र त्यसपछि रवि प्रधानमन्त्री बन्ने गरि दुई नेताहरुले छलफल गरेको बताइएको छ । तर, रविले भने यसलाई स्वीकार गरेका छैनन् । प्रारम्भीक छलफल भएको भन्दै रविले छलफल यस्तो चरणमा नपुगेको भनेका छन् । 

रविले आफुमाति राजनीतिक प्रतिशोध साँधिएको दाबी गर्दै आएका छन भने प्रधानमन्त्री सुशीला कार्कीले जेठो छोरा सम्बोधन गर्ने सुदन गुरुङले समेत नक्खु कारागारमा पुगेर यस्तै दाबी गरेका थिए ।जेलमुक्त बनेपछि रविको दौडधुप र सुदनले सक्रियता देखाइरहेकाहरुले चाहेको भेटले पनि शंका भने उत्पन्न गराइदिएको छ । 

पपुलिस्टको जमघट

रवि लामिछाने पत्रकारिताबाट आर्जित पपुलारिटीलाई राजनीतिक शक्तिमा बदल्ने चतुर खेलाडी हुन भने ¥यापर हुँदै सञ्चार माध्यममा अनेक अभिव्यक्तिसहित अन्तरवार्ता दिने बालेन काठमाडौं महानगरपालिकाको मेयर बन्न पुगे । अहिले रविभन्दा बालेन पपुलर देखिन्छन् । 

सामाजिक सञ्जालमा उनको सक्रियता कम भएपनि चर्चा र लोकप्रियता अत्यन्तै देखिन्छ । यसरी दुई पपुलिस्टहरुले शक्ति निर्माण गर्ने हल्ला सत्य सावित हुने अवस्था बनेमा भने नेपालको राजनीतिमा २०६४ सालको तत्कालीन माओवादी जस्तो बन्न सक्ने आंकलन हुन थालेको छ । 

माओवादी विचार, सिद्धान्त र मार्गनिर्देशनसहित आएको भन्दाभन्दै पनि असफल बनेको जस्तो यो शक्ति बलियो विचार, राजनीतिक सिद्धान्त नहुँदा कस्तो बन्ला ? चासोमा भएपनि यसको शक्ति पपुलारिटीमै बढ्नेमा भने शंकाा छैन् ।

तितरवितर हुने खतरा

रवि बालेनले राजनीतिक रुपमा शक्ति निर्माण गरेपनि उनीहरुमाथि हुने राज्यविरुद्धका आतंक हुन वा कर्मचारीतन्त्रदेखि अन्य क्षेत्रले गर्ने असहयोग नै किन नहोस्, नेताहरु टिक्न भने मुस्किल हुने स्थिति बन्नेछ । अहिलेको ब्यूरोक्रेसीदेखि हरेक क्षेत्रमा पुराना दलहरुले अड्डा जमाएर बसको अवस्थामा दलको आकार नै सङ्ग्लो हुन नपाउँदै अवस्था भयाबह बन्ने खतरा रहन्छ । 

यस्तोमा तत्कालीन समयमा रविकै क्रेजका कारण पाएको मतबाट सांसद, मन्त्री बन्न पुगेका सन्तोष परियार, सुमना श्रेष्ठको जस्तो भाग्ने अवस्था बन्ने खतरा रहन्छ । जसकारण पनि यस्ता शक्ति निर्माणको जग बलियो राजनीतिक बाटो हुन आवश्यक छ ।

कुलमान फ्याक्टर

रवि–बालेनको मिलन भएमा कुलमान घिसिङ पनि स्वतः यसमै मिसिने स्थिति बन्ला ? धेरैले सोध्ने गरेको प्रश्न यो हो । बालेनलाई देखाएर कुलमानले रास्वपाको नेतृत्व वा प्रधानमन्त्रीको उम्मेदवार बन्न खोजेको कुरा सार्वजनिक भइसकेको बेला रवि–बालेन सीधा सम्पर्कले कस्तो प्रभाव पार्ला ? शक्ति होडमा उचालिएका कुलमान दुई जनालाई नेता मान्न तयार होलान ?

यस्ता प्रश्नले उनीहरुमाथि शंका देखिन्छ भने सुमना श्रेष्ठ जस्ता नेताहरु यो समूहलाई मिल्न नदिनेमै कस्सिनेमा शंका छैन् । यसर्थ कुलमान फ्याक्टर सहजै मिल्न पुगेमा समेत शंका छ ।

प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update