काठमाडौं । मुख्य दलहरु निर्वाचनबाट भाग्न खोज्दै गर्दा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले एक्कासी आफ्नो सक्रियता बढाएका छन् । उनले बुधवारदेखि बिहिवार अबेरसम्म एक दर्जनभन्दा बढिलाई भेट्दै आफुलाई पावर सेन्टरको रुपमा प्रस्तुत गरेका छन् । पछिल्लो राजनीतिक अस्थिरता, चुनावी आशंका र पुराना दलहरुको जेनजीप्रतिको प्रतिशोधपूर्ण अभिव्यक्तिका बीच बालेनको सक्रियता किङमेकर शैलीको देखिएको छ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह खासै बोल्दैनन् । मेयरमा निर्वाचित भएपछि त उनले स्वदेशी सञ्चारमाध्यममा अन्तरवार्ता समेत दिएका छैनन् । उनले जे गर्छन् सबै फेसबुकमै गर्छन् । बालेनका धेरै फेसबुक स्टाटसहरु विवादमा समेत आउने गर्छन् ।
काठमाडौँका मेयर भएपनि बालेन नेपाली समकालिन राजनीतिको सबैभन्दा ठूलो प्रतिपक्षी आवाज हुन् । आफ्नै ढंगले सत्ताराज चलाइरुहेका पुराना दलहरुप्रति प्राय उनी कटाक्ष गर्छन्, जुन धेरैलाई रुचीकर लाग्छ । करिब साढे ३ वर्षदेखि मजवुत प्रतिपक्षको भूमिकामा रहेका बालेनले अब प्रत्यक्ष दलीय अभ्यासमा आउने संकेत देखाएका छन् ।
गत सोमवार अप्रत्याशितरुपमा उनले रास्वपा सभापति रवि लामिछानेलाई भेटे । करिब ६ घण्टा लामो उक्त भेटको पराकम्प सेलाउन नपाउँदै उनले बुधवार रातिदेखि अचम्म किशिमले सक्रियता बढाए । बालेनको रास्वपासँग सहकार्य करिब करिब सकिएको भन्ने शैलीका समाचारहरु बिहिवार बिहानैदेखि सार्वजनिक भए ।
रवि र रास्वपा शैलीबाट दिक्क मान्दै उनले आफै दलको नेत्तृत्व लिदै राजनीतिमा होमिने तयारी गरिरहेको सूचनाहरु ब्रेकिङ न्यूजकै शैलीमा आए । तर केही बेरमै बालेन र रास्वपा सभापति रवि लामिछानेबीच करिब २ घण्टा लामो छलफल भयो । त्यसो त बालेन बुधवार देखि नै आफ्ना विश्वासपत्र कुमार बेनको घरमा अड्डा जमाएर बसेका थिए ।
उनले बुधवार राति नै विभिन्न क्षेत्रका परिचित व्यक्तिहरु मध्यरातसम्मै भेटघाट गरे । ललितपुरको ज्वागलस्थित कुमार बेनको घरमा उनले कांग्रेस नेता चन्द्र भण्डारी, रेशम चौधरी, राप्रपा नेता ज्ञानेन्द्र शाही, सिके राउत, डा. भगवान कोइराला, रक्षा बम, निश्चन बस्नेत, सागर ढकाल लगायतलाई भेटेका थिए । सोही म्याराथुन शैलीको भेटघाटलाई उनले बिहिवार अबेरसम्मै निरन्तरता दिए ।
किङमेकरको शैलीमा बालेन !
जेनजी आन्दोलनपछि नेपाली राजनीतिमा विना संगठन तर जबरजस्त शक्तिको रुपमा उदाएका बालेन पछिल्लो केही समययता चुपचाप थिए । बालेन क्रेज र शक्ति कमजोर बनिसकेको आंकलन हुँदै आएको थियो । तर बुधवारदेखिको उनको सक्रियता बालेनलाई पुनः केन्द्रमा ल्याइदिएको छ ।
रास्वपा सभापति लामिछानेलाई भेटेपछि बालेनको यो तहको सक्रियता बढेको हो । प्रधानमन्त्रीको अफर लत्याएका बालेनले यो पछिल्लो संवाद र भेटघाटबाट आफु सक्रिय राजनीतिमा आएको सन्देश दिएका छन् । उनीसँग भेटघाट गरेका अधिकांस जेनजी अगुवाहरुलाई उनले आफु राजनीतिमा आएको र सबै जेनजी एकजुट भएर सहकार्य गर्न अपिल गरेका छन् ।
बालेन उनको लोकप्रियताका कारण प्रतिनिधिसभाको निर्वाचनमा जहाँबाट उठेपनि जित्ने हैसियतमा छन् । तर आफुले मात्रै जितेर नहुने भन्दै उनले १६४ निर्वाचन क्षेत्रमै चुनावी प्रतिष्पर्धा गर्ने व्यक्ति खोजिरहेका छन् । जुन यो उनको पछिल्लो भेटघाटले पुष्टि गर्छ । त्यसैले पनि आफ्नो राजनीतिक मक्सद पुरा गर्न उनी चर्चित र योग्य व्यक्तिहरुको खोजीमा छन् भन्ने उनले बोलाएका र भेटेका व्यक्तिहरुले पनि संकेत गर्छ ।
आशन्न निर्वाचनका लागि पुस १३ र १४ गतेभिन समानुपातिक उम्मेदवारको बन्दसूचि निर्वाचन आयोगमा बुझाइ सक्नु पर्छ । त्यसैले पनि बालेनले यो भेटघाट र संवादलाई तिव्रता दिएका हुन् । रास्वपा र उज्यालो नेपाल पार्टीसँग शक्ति बाँडफाँटमा कुरा नमिले देश विकास पार्टीबाट समानुपातिकमा ११० क्षेत्रका उम्मेदवारको सूची बुझाउने तयारी गरिरहेका छन् ।
अन्ततः अनेपिक्षतरुपमा राजनीतिक संवाद र भेटघाटलाई बढाउँदै बालेनले जेनजी आन्दोलनपछिको म्याण्डेट र परिवर्तनलाई आत्मसाथ गर्नेगरी सक्रियता बढाउँदा यसले पुराना दलहरुमा भूकम्प गएको छ भने नयाँ र वर्तमान राजनीतिक कोर्षको परिवर्तन खोजिरहेकाहरुमा भने बेग्लै उत्साह भरिदिएको छ ।
