News 24 Television
चुनावमा जान ठूला तीन दल सहमत, देउवा बोल्डः प्रधानमन्त्रीको अपिलपछि नेताहरु हच्किए !

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बालुवाारमा बोलाएर प्रमुख दलका शीर्ष नेताहरुसंग छलफल गरेकी छन्। निर्वाचन केन्द्रित छलफल गरेकी प्रधानमन्त्री कार्कीले शीर्ष नेताहरुसंगको छलफललाई सरकारको सफलतासंग समेत लिएको देखिन्छ । फागुन २१ का लागि तोकिएको चुनाव हुने नहुने संसय बढिरहेको बेला सरकारले चालेको यो कदमले दलहरुले चुनावमा जाने प्रतिबद्धता समेत जनाएका छन् । 

जेनजी आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीस सुशीला कार्कीले सरकारको नेतृत्व गरिरहेकी छन्। फागुन २१ मा निर्वाचन सम्पन्न गराउने जिम्मेवारीसहित सरकारमा रहेकी कार्कीले चुनाव सम्पन्न गराउलिन ? शंका चलिरहेको छ । 

जेनजी आन्दोलनछि एमाले अध्यक्ष केपी ओलीमाथि गम्भीर आरतोप लागिरहेको छ भने उनीविरुद्ध छानविन आयोगले स्थानहद लगाएको छ । स्थानहदकै कारण एमालेले पोखरामा गर्ने भनेको महाधिवेशन कार्यक्रम काठमाडौं सा¥यो । यस्तो अवस्थामा एमाले अध्यक्षले नै चुनावको प्रचार–प्रसार गर्न नपाउने गरि चुनाव होला ? स्वभाविक रुपमै प्रश्नहरु छन् । 

यता, ओली आफैले पनि बयान नदिने अडान लिइरहेको बेला कठिन बन्दै गएको चुनावमा सरकारले अग्रसरता लिदै गाँठो फुकाउने प्रयास गरिरहेको छ । यसमा प्रमुख भूमिका खेलेका छन, राष्ट्र्पति रामचन्द्र पौडेलले ।

राष्ट्रपतिको सक्रियतापछि सरकारले पहिलो पटक ठूला दलका शीर्ष नेताहरुलाई बालुवाटारमा बोलावट भएर छलफल भएको छ । त्यो छलफलमा चुनाव केन्द्रित बहस भएको र सरकारले सुरक्षाको वातावरण निर्माण गर्न सके चुनावमा जान समस्या नभएको कांग्रेस सभापति शेरबहादुर देउवाले भनेका छन् । 

विरलै बोल्ने देउवाले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिदै चुनावमा जान सुरक्षा हुनुपर्ने भन्नु नै अर्थपूर्ण देखिन्छ । सरकारले पनि ढिला गरेर दलका शीर्ष नेताहरुलाई बालुवाटार बोलाएर चुनावको वातावरण निर्माण गर्न खोजेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदिश खरेलले पनि सरकारले चुनावका निम्ति सुरक्षाको वातावरण तयार पार्ने भनेका छन् ।

सरकारले चुनावी माहोल निर्माण गर्न ठूला दलसंगको सहकार्य अघि बढाउनुले चुनावको सुनिश्चितता बढेको छ। उनीहरुले सार्वजनिक रुपमा जनाउने प्रतिबद्धताले नै चुनाव बाध्यकारी हुने ठानिएको छ भने सरकारले ढिला गरि यस्तो कदम चालेकोमा केहिले भने रोष व्यक्त गर्ने गरेका छन् ।

दललाई विश्वासमा लिएर नै जेनजी आन्दोलनको मर्म र स्पिरिडलाई अघि बढाउन सकिने भएकाले सरकारले यस्ता कामलाई तीब्रता दिने र सबै शक्तिसंग सहकार्य गर्न आवश्यक रहेको विश्लेषकहरुले बताउने गरेका छन्। ठूला दलका तीन नेताहरुसंगको छलफलपछि राजनीतिक संकट समेत कम बोझिलो बन्ने तर्क गर्न थालिएको छ ।

प्रधानमन्त्री कार्कीको अपिल

प्रधानमन्त्री सुशीला कार्कीले ठूला दलका शीर्ष नेताहरुलाई चुनावमा गएर राष्ट्रमा देखिएको समस्या टार्न अनुरोध गरेकी छन् । प्रधानमन्त्री कार्कीले ठूला दलका तीन नेताहरुलाई कुनै अलमल नगरि राष्ट्रको भविष्य सम्झेर स्थिर र दिगो लोकतन्त्रको सुनिश्चिततका लागि चुनाव सफल पारौं भन्दै उनले यहि अनुरोध गर्नका लागि निम्ता गरेको भनेकी हुन् । 

केहि भावुक बनेकी प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘यो घर तपाईँहरूकै हो । म त न्याय क्षेत्रको मान्छे । राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाएबमोजिम हामी चुनावको तयारी गरिरहेका छौं ।’

प्रधानमन्त्री कार्कीले गरेको यस्तो अपिलपछि नेताहरुले पनि चुनावमा जाने प्रतिबद्धता व्यक्त गरेका हुन् । एमाले अध्यक्ष केपी ओलीलाई कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले चुनावमै जानुपर्ने भनेका थिए । त्यसमा ओलीले पनि सुरक्षा लगायतका विषयमा प्रश्न राख्दै आफू तयार रहेको भनेका थिए । 

तीन नेताहरुले प्रधानमन्त्री कार्कीको कामलाई प्रसंसा गरेको र सकारात्मक वातावरण बनेको सरकारको दाबी छ ।

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update