News 24 Television
एमाले छाडेकी श्रद्धा कुंवर रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं । एमाले छाडेकी श्रद्धा कुंवर रास्वपाको समानुपातिक सूचीमा समेटिएकी छिन् । विगत एक दशकभन्दा बढी समयदेखि सामाजिक अभियान, युवा सशक्तीकरण तथा नेतृत्व विकासका क्षेत्रमा सक्रिय रहँदै आएकी रुपन्देहीकी श्रद्धा कुंवरले एमाले भित्र परिवर्तनको मुद्दा उठाउँदै आएकि थिइन् । तर एमाले महाधिवेशनबाट पनि परिर्वतन नभएको भनिदै उनी रास्वपामा प्रवेश गरेर समानुपातिक उम्मेद्वार बनेकी हुन् । राष्ट्रिय युवासंघको केन्द्रीय सदस्य समेत बनेकी कुंवरको रूपन्देहीमा राम्रो प्रभाव छ । 

सानै उमेरदेखि सामाजिक कार्यमा रुचि राख्ने श्रद्धा कुंवर युवाहरूसँग मिलेर थुप्रै अभियान तथा परियोजनामा सक्रिय रहँदै आएकी थिइन् । 
उनले ‘लायन्स इन्टरनेशनल’ मार्फत नेतृत्व यात्राको सुरुवात गर्दै प्रथम महिला अध्यक्षको रूपमा सफल कार्यकाल पूरा गरिसकेकी छन्। 

यसका साथै महिला तथा युवा सशक्तीकरण, उद्यमशीलता प्रवर्द्धनलगायतका विभिन्न कार्यक्रममा जिम्मेवार भूमिका निर्वाह गर्दै अनुभव बटुलेकी छन्।

राष्ट्रिय युवा परिषदद्वारा सञ्चालन गरिएको ‘नमुना युवा संसद’ अभ्यास कार्यक्रममा सभामुखको भूमिका सफलतापूर्वक निर्वाह गरेकी शकुवंरले संसदमा प्रवेश पाएमा जनताको मुद्दाहरू स्थापित गराउन आफ्नो भुमिका रहने बताइन् । 

नेकपा एमालेमा आबद्ध हुँदा कुंवरलाई गलतका विरुद्ध आवाज उठाउने हक्की र निडर स्वभावकी नेतृ भन्ने गरिन्थो । जेन–जी आन्दोलनका क्रममा उनले निरन्तर आवाज उठाइन् तर पार्टीभित्र सुनुवाइ नहुँदा र आफ्ना एजेन्डासँग दिशा नमिलेपछि उनले तत्कालै  पार्टी परित्याग गर्ने निर्णय गरेकी थिइन्। 

आन्दोलनपछि सो पार्टीबाट अलग हुने निर्णय गरेकी थिइन्। राजनीतिक यात्रामा रहँदा पनि कुनै लाभ नलिई निष्कलंक छवि बनाएकी उनी सबैसँग सुमधुर सम्बन्ध राख्ने नेतृका रूपमा परिचित छिन्। रास्वपामा उनको प्रवेशसँगै युवामाझ सकारात्मक सन्देश गएको रास्वपा रूपन्देहीका नेताहरू बताउँ छन् ।

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update