काठमाडौँ । अन्तरिम सरकारले आगामी फागुन २१ गते आम निर्वाचन गर्ने म्याण्डेट पाएको छ । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले यसका लागि सबैजसो चाँजोपाँचो मिलाइसकेको छ । सरकारले निर्वाचनकै तयारीका लागि दलहरुसँगको निकट व्यवहार देखि शान्ति सुरक्षामा चुस्तताको प्रतिबद्धता जनाइसकेको छ । यसबाहेक सरकार अन्य प्राविधिक र कानूनी प्रकृयालाईसमेत सम्पन्न गर्दै निर्वाचनको तीव्र तयारीमा लागेको छ ।
यसैअनुसार निर्वाचन आयोगलेसमेत निर्वाचनका लागि मतदाता नामावाली दर्ता, दल दर्ता तथा समानूपातिक सूचीको अन्तिम तयारी सूचित गर्ने अन्तिम तयारीमा छ । यद्यपि तत्कालीन सत्ताको नेतृत्व गरेको नेकपा एमाले भने अझै निर्वाचन हुन्छ भन्ने मनशायमा देखिएको छैन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नै मुलुकमा संकट पैदा भइसकेको भन्दै यसको निकास अब संसद पुनस्र्थापनाबाट मात्रै हुने जिकिरमा छन् । सबै तहबाट निर्वाचनको तयारी भरपुर भइरहेको अवस्थामा पनि उनी संसद पुनस्र्थापना जसरी पनि हुनैपर्ने अडानमा उभिँदै आएका छन् ।
ओलीलाई किन चुनावको हाउगुजी ?
एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ को निर्वाचनलाई हाउगुजीका रुपमा लिने गरेका छन् । हुनत समग्र एमाले नै सकभर निर्वाचन नै नहोस् वा हुन नसकोस भन्ने कामनामा छ । किनकी एमालेले सत्तामा हुँदा गरेको गतिवधि र कदमहरु जनताले रुचाएका छैनन् । यहीकारण जनआकर्षण घटेको अवस्थामा निर्वाचन भए पार्टी अझ शक्तिहीन हुनसक्ने ओलीको आंकलन छ । यस्तै पार्टी र राजनीतिमा पुस्तान्तरण तथा रुपान्तरणको माग बढीरहेका बेला ओली पुनः अध्यक्ष भएकाले तत्काल निर्वाचनको फेस गर्न चुनौती पर्ने बुझाइमा छन् ।
अर्कोतर्फ नयाँ शक्तिहरुको एकीकरण र निर्वाचनको तयारी हुनुलाई पनि एमालेले त्रासका रुपमा लिएको छ । वैकल्पिक शक्तिहरु बालेन शाह, कुलमान घिसिङ तथा रवि लामिछानेको एकीकरण पछि ओली अझ निर्वाचन हुन हुन नहुने भन्ने पक्षमा उभिन थालेका छन् । निर्वाचन लक्षित वैकल्पिक शक्तिहरुको एकतालाई लिएर ओली अझ झस्किएको देखिन्छन । घट्दो लोकप्रियतिा र नयाँहरुको एकीकरणले पनि एमाले र ओलीलाई फागुन २१ को निर्वाचन ‘हाउगुजी’ भइरहेको हो ।
चुनाव भए काँग्रेस–एमाले गठबन्धन !
निर्वाचनकै सम्बन्धमा विभिन्न दलहरु ध्रुवीकरण र एकीकरणमा जाँदा नेकपा एमाले र नेपाली काँग्रेसले चुनावी तालमेल गर्ने चर्चा चुलिएका छन् । हुनपनि यही बेला काँग्रेस–एमाले नेताहरुले समेत निर्वाचनमा चुनावी तालमेल नै गरेर अघि बढ्न सकिने भनेर सार्वजनिक रुपमा घोषणा गर्न थालेका छन् । एमाले उपाध्यक्ष रामबहादुर थापाले मंगलबार सार्वजनिक कार्यक्रममै यदी निर्वाचन भएमा काँग्रेस एमालेले सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याए ।
उता नेपाली काग्रेसले पनि नयाँ शक्तिहरुको एकतालाई लक्षित गर्दै डराउनुपर्ने कारण नै नभएको टिप्पणी गर्ने गरेको छ । बालेन–रवि एकताप्रति लक्षित टिपप्णी गरेका काँग्रेस नेता मिन विश्वकर्माले नयाँहरुको एकताको प्रभाव क्षणिक मात्रै रहने दावी गरे ।
समग्रमा नेकपा एमाले र नेपाली काँग्रेसले भरसख निर्वाचन नै हुन नदिने, यसको विकल्पमा संसद पुनस्र्थापना गराउने र यदी निर्वाचन भएकै अवस्थामा तालमेल गरेर अघि बढ्ने रणनीति अपनाएका छन् । तर सरकार र नयाँशक्तिहरु भने कुनै हालतमा निर्वाचन गर्नुपर्ने पक्षमा छन् । बालेन–रवि र कुलमान भने आउँदो निर्वाचनमा बहुमतका साथ सरकार निर्माण गर्ने तैयारीमा छन् । यो दुई पक्षको रणनीतिले नयाँ र पुराना शत्तिःहरुबीच संघर्ष जन्माएको छ । राजनीतिको यो मैदानमा कस्को रणनीति सफल होला भन्ने आंकलन भने अहिले नै गर्न सकिने अवस्था छैन ।
