News 24 Television
सन् २०२५ नेपालका लागि समेत दुखद्, अन्य देशमा के भयाे ?

काठमाडौं । विश्व राजनीतिमा सन २०२५ सम्झनलायक बन्यो । विभिन्न देशबीचको द्वन्द्ध, इजरायल हमासबीचको शान्ति सम्झौता र चीन ताइवान विवादले यो वर्ष खतरा, युद्ध सम्भावना र मानविय संकटका हिसाबले समेत नयाँ ध्रुबिकरणको संकेत गरेको छ । तर, एसिया क्षेत्रमा चीन–भारतदेखि रुस लगायतका मुलुकहरुले गर्न खोहेको सहकार्य र सम्वादले एसियाको राजनीतिमा नयाँ परिवेशको खोजी भने चल्न थालेको छ । 

सन २०२५ मा राजनीतिक रुपमा अनेक उतारचढाव, संघर्ष, नयाँ दन्द्ध सिर्जना र पुराना द्वन्द्धमाथिको क्षणिक समाधान हुन पुग्यो । जसमा मुख्यतः इजायलले क्षेत्रिय रुपमा बढाइरहेको तनाव कम भएको छैन् भने प्यालेस्टानविरुद्धको आक्रमण रोकिएको छैन् । तर, हमाससंगको सम्झौता कार्यान्वयनमा प्रतिबद्ध रहेको दाबी गर्ने इजरायलले बमबारी र मार्ने काम छाडेको छैन् । यद्यपी यसलाई अमेरिकामे हमासको निःसस्त्रिकरणसंग जोडिरहेको छ भने इजरायलले दृढतापूर्वक युद्ध अन्त्यको प्रयास चलिरहेको दाबी गर्ने गरिरहेको देखिन्छ । 

इजरायलले यमन, लेबनानदेखि इरानसम्म आक्रमण गरिरहेको छ । यो आक्रमणले क्षेत्रिय शान्तिमा संकट पैदा भएको छ भने सिरियामा समेत स्थायी शान्तिको अपेक्षा कमजोर बनिरहेको देखिन्छ । 

यस्तोमा रुस युक्रेन युद्ध पनि ठूलो तनावको विषय बनेको छ भने चीन–ताइवान विवाद समेत खतराको मोडमा पुग्ने सम्भावना बढ्न थालेको छ । तीब्र विकासमा अघि बढिरहेको चीनले ताइवानलाई आफ्नो अंग मान्ने गरेको छ भने ताइवानले आफू स्वतन्त्र र सार्वभौम मुलुक भएको दाबी गर्छ । 

यसमा अमेरिकाको भूमिकापछि चीन र अमेरिकाबीचको विवाद चर्किएको छ । चिनियाँ परराष्ट्र मन्त्रलयले ताइवानलाई हतियार आपुर्ति गर्ने भनेका कम्पनी, तीनका मालिकलाई प्रतिबन्ध लगाउदै चीनमा उनीहरुको सम्पत्ति भएमा फ्रिज गर्ने निर्णय लिएको छ । जुन कुराले क्षेत्रिय शान्ति र विश्व राजनीतिमा नयाँ संकटहरु सिर्जना हुने खतरा बढ्न थालेका छन् ।

अब केहि प्रमुख घटना हेरौं ।

१. युक्रेन र रूसको युद्ध जारी रहनु

सन २०२२ देखि शुश्र भएको युक्रेन र रूसको बीचको युद्ध अन्त्यको अपेक्षा गरिएको बेला युक्रेनले रुसी राष्ट्रपति पुटिनको निवासमा आक्रमण गरेको आरोप लागेपछि शान्ति सम्झौता विथोलिने चिन्ता व्यक्त गर्न थालिएको छ । 

आणविक अस्त्रले सम्पन्न रुसले युक्रेनको राष्ट्रिय सुरक्षादेखि सेनाको सिमितता, नेटो सदस्यता लगायतका विषयमा राख्दै आएको अडानमा टसमस नहुनु र अनेकखाले प्रतिबन्धका बाबजुत पनि युद्धमा सक्रिय रहि रहनुले दुई देशको द्वन्द्ध समाप्त हुनेमा शंका व्यक्त गर्ने गरिन्छ । यतिमात्रै नभई यो युद्धले युरोप समेत संकटमा फसिरहेको देखिन्छ ।

२. इजरायल–हमास संघर्ष र सहमति

इजरायल–प्यालेस्टाइन संघर्ष २०२५ मा पनि प्रमुख विश्व राजनीतिक घटनाको रूपमा जारी रहेको छ । गाजापट्टीमा इजरायलले हमासविरुद्ध सैन्य आक्रमण रोकेको छैन् । 

जसकारण हमास–इजरायलको शान्ति सम्झौतामाथि शंका गर्न थालिएको छ । हमासले वार्ताको मध्यस्थता गर्ने राष्ट्रलाई अपिल गर्दै आफू शान्ति सम्झौतामा प्रतिबद्ध रहेको भनिरहेको छ । तर, इजरायलले गाजापट्टीमा खाद्यान्न आपूर्ति नै रोक्नेदेखि कारबाही जारी राख्दा यो समस्या सुल्झिन सकेको देखिन्न ।

३. चीन र ताइवानको तनाव

चीन र ताइवान बीचको तनाव पनि बढेको छ । चीनले ताइवानलाई आफ्नो अभिन्न अंग मान्ने गरेको छ, र अमेरिकाको सहयोगमा ताइवानले भने आफू स्वतन्त्र र सार्वभौम राष्ट्र भएको दाबी गर्दै सैन्य शक्ति विस्तार, हतियार आपूर्ति जस्ता विषयमा जोड दिइरहेको छ । यसले चीन ताइवान विवादमा अमेरिका समेत मिसिन पुगेको छ । 

ताइवानलाई हतियार आपूर्ति गर्ने अमेरिकी कम्पनीहरुविरुद्ध चीनले आक्रामक रणनीति अख्तियार गरिरहेको छ भने यसले खतराका संकेतहरु देखाइरहेको छ ।

४. भारत र पाकिस्तान बीचको सम्बन्ध

भारत र पाकिस्तान बीचको सम्बन्धमा २०२५ मा तनावपूर्ण बन्न पुग्यो । दुई देशबीच हवाई आक्रमण नै चल्यो भने पाकिस्तानले भारतका लडाकु विमान खसालिदियो । यसमा अमेरिकाले मध्यस्थता गरेको जस लिन खोज्दा भारतले गरेको अस्वीकारले यो क्षेत्रमा तनावको स्थिति सिर्जना गरिदिएको छ भने भारत–पाकिस्तानबीचको सम्बन्धमा दरार थप बढिरहेको देखिन्छ । 

५. अफ्रिकामा राजनीतिक संकट

अफ्रिकाका केही देशहरूमा पनि राजनैतिक अस्थिरता देखिएको छ । विशेष गरी अफ्रिका महादेशमा सैन्य शासन र विद्रोहहरू बढेका छन् । सैन्य कुदेखि चुनावको नतिजामा समेत धाधलीका विषयहरु सार्वजनिक भइरहेका छन्। अफ्रिकी राष्ट्रलाई विश्व शक्ति राष्ट्रहरुले समेत अन्तराष्ट्रिय मञ्चमा गर्न खोजिरहेको प्रतिबन्धले पनि संकट निम्त्याउने आशंका गरिएको छ।

६. अमेरिका–भेनेजुएला तनाव

अमेरिकाले भेनेजुएलाको शासन सत्ताबाट निकोलस मादुरोलाई सत्ताच्यूत गराउने प्रयास गरिरहेको छ । भेनेजुएलाको प्राकृतिक स्रोत साधन र अथाह तेलमा अमेरिकाले आफ्नो प्रभुत्व कायम गर्न खोज्दा भेनेजुएलामात्रै नभई क्यारेबिएन क्षेत्र नै अशान्त बन्न पुगेको छ । 

अमेरिकाले सामुद्रिक रुपमा सैन्य उपस्थिति बढाएको छ भने डुङ्गामा लागु औषध तस्करी भएको आरोमा १ सय बढि मानिसको ज्यान लिइसकेको छ । उनीहरु लागु औषधमा संलग्न भएको पर्याप्त प्रमाण दिन नसकेको अमेरिकाले भेनेजुएला हुँदै आउने तेल ट्याङ्कर कब्जादेखि स्थल आक्रमणको चेतावनी दिदै गर्दा यो क्षेत्रको शान्ति समेत खलबलिने खतरा बढिरहेको छ ।

यस्तै, सन २०२५ नेपालका निम्ति समेत दुखद् स्थिति बन्न पुग्यो । नेपालमा भएको जेनजी आन्दोलनमा सरकारी संरचना ध्वस्त पारिए भने निजी क्षेत्रले समेत ठूलो क्षति ब्यहोर्ने अवस्था बन्यो । 

जेनजी विद्रोहले सत्ता पलट गरेपनि ठूलो रुपमा भौतिक तथा मानविय क्षतिलाई जोड दिएकाले यो वर्ष नेपालका लागि समेत सुखद् भने बन्न सकेन् ।

प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update