काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । आधा घण्टा दुई नेताहरुबीच एक्लाएक्लै भेटवार्ता सम्पन्न भएको र आगामी निर्वाचनदेखि सहकार्यका विषयमा छलफल भएको बताइन्छ । भेटको उद्देश्य राष्ट्रियसभाको चुनाव र त्यसपछिको सहकार्यको विषयमा भएको बताइएको छ । तर, प्रचण्ड भारत जानुअघिको यो भेटलाई अर्थपूर्ण ठानिएको छ । नेपाली कम्युनिस्ट पार्टीमा संयोजक प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसंग भारतको जानुअगि भेटेका छन् ।
भारतीय संस्थापन पक्षसंग राम्रो सम्बन्ध बनाएका प्रचण्डले भारतले धेरै नरुचाएका केपी ओलीलाई भेट्नुलाई अर्थपूर्ण ठानिएको छ भने प्रचणड्ले भारत भ्रमणको क्रममा के–के गर्छन भन्ने विषयमा समेत खास जानकारी दिइएको छैन् । उसोतः प्रचण्डले भारतीय प्रवासी संगठनलाई सम्बोधन गर्न जान लागेको भनिएको छ तर, यसको उद्देश्य भने राजनीतिक रहेको चर्चा चलिरहेको छ ।
ओली–प्रचण्डको भेट किन ?
२०७४ मा नेकपा निर्माण गर्दै जेट विमानका दुई पाइलट घोषणा गरेपनि उनीहरु लामो समय टिक्क सकेनन् । पछिल्लो समय पनि खास राम्रो सम्बन्ध बनिसकेको स्थिति नभएपनि नयाँ भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले थालेको घेराबन्दीका कारण गठबन्धन र सहकार्यका विभिन्न मोडालिटिमा छलफल चलेको देखिन्छ ।
राष्ट्रियसभाको शक्तिलाई काबुमा राख्दा मात्रै पनि धेरै कुरा हल गर्न सकिने स्थितिका कारण पनि ठूला दलहरुले यसको उपयोग मिलेर गर्न चाहेको देखिन्छ ।
जसमा कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीले नै मिलेर रिक्त सिट बाँफाँट गर्ने तयारी गरेका छन भने मधेसको तप्कालाई पनि मिलाउने गरि छलफल चलिरहेको बताइन्छ । यद्यपी एमालेले कांग्रेस वा नेकपासंग सहकार्य गरेर सोलोडोलो चुनावको सामना गर्ने तयारी गरिरहेको छ । यस्तो परिपेक्ष्यमा दुई नेताहरुको गोप्य वार्ता भएको बताइन्छ ।
भारतः ओली–प्रचण्ड
भारतको नजरमा प्रचण्ड लोयल देखिन्छन् । जसकारण प्रचण्डलाई भारतीय पक्षले गेरुवस्त्र धारण नै गराइसकेको छ भने कांग्रेस–एमालेसंगको गठबन्धनपचि ओलीले सरकारको नेतृत्व गर्दा समेत उनले भारतको निमन्त्रणा पाउन सकेनन् ।
यतिमात्रै नभई ओलीको सत्ता उलटफेरमा समेत भारतले खास प्रतिक्रिया जनाएन भने सहानुभूतिसम्म राखेन् । त्यसपछि बनेको अन्तरिम सरकारसंगको सहकार्यमा अघि बढेको भारतले पर्ख र हेरको अवस्थामा राजनीतिक सहकार्यका नयाँ बाटाहरु पहिल्याउने प्रयास गरिरहेको छ । जसमा प्रचण्ड नै बढि नजिक रहेका कारण पनि भारत भ्रमणअघि ओली–प्रचण्डको भेटलाई अर्थपूर्ण मानिएको छ । नेपालको भूराजनीति भारतबाट टाढिएर हजारौम कोष टाढाको अमेरिका र युरोप हाबी हुनुलाई उनीहरुले नजिकबाट हेरिरहेका छन भने यसलाई आफ्नो पक्षमा ल्याउने प्रयास समेत थालेका छन् ।
