News 24 Television
माघी मेलामा भलिबल लगायतका खेलकुद कार्यक्रम हुँदै

रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने ०३, पोखरामा परम्परागत रुपमा लाग्दै आएको माघी मेलामा भलिबल लगायतका कार्यक्रम आयोजना गरिएको छ । 

यहि पुस २८ गते उद्घाटन खेल गर्ने गरि मेला व्यवस्थापन समितिले जानकारी दिएको छ । समितिका अध्यक्ष तेजबहादुर खड्काले मेलामा पुरुष भलिबलदेखि सांस्कृतिक झाकीँ प्रदर्शन हुने बताए । 

अध्यक्ष खड्काका अनुसार भलिवल प्रतियोगिताका लागि पुस २७ सम्म दर्ता गर्न आह्वान गरिएको छ भने खेल वडास्तरीय खुला हुनेछ ।

पुरुष भलिबलको विजेताले नगद १ लाख ५० हजार पुरस्कार पाउने मेला व्यवस्थापन समितिका सल्लाहकार कबिराम खड्काले जनाए । उप विजेताले १ लाख नगद पुरस्कार पाउँदा तेस्रो हुनेले ६० हजार र सान्त्वना टिमले नगद ४० हजार पुरस्कार पाउने खड्काले जनाएका छन् । 
 
विजेता, उप विजेता, तेस्रो र सान्त्वना टिमलाई नगद पुरस्कार सहित कप, मेडल र प्रमाण पत्रसहित सम्मान गरिने समितिले जनाएको छ । 

त्यस्तै मेलाको अवसरमा रसाकसी, घैंटोफोर, भाले तान्ने र स्लो बाइक रेस प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । उक्त प्रतियोगिताका विजेतालाई पनि पुरस्कारको व्यवस्था गरिएको बताइएको छ । साथै मेलामा उपस्थित झाँकीहरूलाई प्रोत्साहन स्वरूप ५ हजार प्रदान गरिने बताइएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  १९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update