News 24 Television
एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोलीका लागि ७ वटै गेट निर्माण !

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ को माहोल प्रतियोगिता सुरु हुनुअघि नै उत्सवमय बनाउन एक्सट्रीम इनर्जी ड्रिङ्कले विशेष सक्रियता सुरु गरेको छ। सिजन-३ मा सहभागी ८ टोलीमध्ये ७ टोलीको प्रायोजक रहेको एक्सट्रीमले TU अन्तर्राष्ट्रिय क्रिकेट मैदानबाहिर ७ टोलीलाई समर्पित ७ वटै गेट तयार गरेको हो ।

एनपीएलका खेलहरू हुने मुख्य स्थल बाहिरै समर्थकलाई टोलीको उत्साहसँग जोड्ने उद्देश्यले तयार गरिएका यी गेटहरूमा सम्बन्धित टोलीको पहिचान र एक्सट्रीमको ब्रान्डिङलाई प्रस्तुत गरिएको छ। एनपीएल सुरु हुनुअघि नै यस स्तरको activation सुरु गर्ने पहिलो ब्रान्ड एक्सट्रीम रहेको कम्पनीले जनाएको छ।

NPL4-1790346439.jpeg
एक्सट्रीमले काठमाडौं गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग प्रायोजन साझेदारी गरेको छ।

यससँगै एक्सट्रीमले पोल ब्यानर, होर्डिङ, गेट ब्रान्डिङ तथा टेलिभिजन विज्ञापनमार्फत एनपीएलको उत्साहलाई थप व्यापक बनाउँदै लगेको छ। एनपीएल सिजन ३ कार्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।

NPL-3-1790346439.jpeg

NPL2-1790346438.jpeg

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  २०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update