काठमाडौं । नेपाली कांग्रेसको विवाद उत्कर्षमा पुग्न थालेको छ । पार्टी कार्यालय सानेपामा विशेष महाधिवेशन पक्षधरले हुलहुज्जत नै गरेपछि यो विषय थप चर्किने देखिन्छ । कांग्रेस नेता बिमलेन्द्र निधिमाथि दुव्र्यवहार समेत भएपछि कांग्रेसमा महामन्त्रीद्वयमाथि ठूलो प्रश्न समेत गर्न थालिएको छ ।
कांग्रेस पार्टी कार्यालयमा विशेष महाधिवेशन पक्षधर नेता कार्यकर्ताहरुले हुलहुज्जत नै गरेपछि बैशाखमा तोकिएको महाधिवेशनलाई सम्पन्न गराउने काम गर्नुपर्ने जिम्मेवारी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको रहेको बताउन थालिएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन पुगेका नेता बिमलेन्द्र निधिमाथि दुव्र्वयहार भएको थियो । त्यसपछि विशेष महाधिवेशन पक्षधरहरुले पत्रकार सम्मेलन णै गरेर दुव्र्यवहारलाई विशेष महाधिवेशन पक्षधरको अन्तरआत्माको भावना भनेका छन् ।
कांग्रेसमा विशेष महाधिवेशन कि नियमित भन्ने विवाद चर्किएको छ । यस्तोमा बैठकमा पुग्न लागेका नेता निधिमाथिको दुव्र्यहारपछि भने उनले राजनीतिक उद्देश्यप्रति लागितहने भनेका छन् ।
उसोतः हुलहुज्जत गर्नेहरु विशेष महाधिवेशनका पक्षधरहरु नभएको समेत उनले भनेका छन् । आफ्नो बाटो छेकेको भनेका छन् । यस्तै, विशेष महाधिवेशनबाट कांग्रेस कमजोर नहुने भन्दै यसतर्फ ध्यान दिनुपर्ने आवाज समेत देखिन्छन् ।
कांग्रेस नेताहरुबीच विशेष महाधिवेशनको औचित्यलाई लिएर प्रश्न उठाउन थालिएको छ । तर, संस्थापन पक्षले भने यसलाई उपेक्षा गरिसकेको छ भने गगन–विश्वको समूहले भने जोड दिइरहेको छ । तर, के यो समस्या समाधानमा कांग्रेस अघि बढ्ला ? चासो र प्रश्नहरु भने देखिन्छन् ।
