काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन सम्मुखमा रहेको बेला नेपालका राजनीतिक दलको भारत दौड बाक्लिन थालेको छ । प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता डा. बाबुराम भट्टराईदेखि नेकपा संयोजक प्रचण्डसम्मले भारत भ्रमण गरिसकेका छन भने कांग्रेस र रास्वपाका नेताहरु पनि भारत जाने तयारीमा छन् । यस्तोमा किन नेताहरु भारत दौडमा कस्सिए त ?
प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केहिदिन पहिले भारत भ्रमण गरे । प्रवासी नेपालीहरुलाई सम्वोधन गर्ने भन्दै नेताहरु भारत जाने गरेका छन् ।
तर, उनीहरुले भारतीय संस्थापन पक्षका नेताहरुसंग राजनीतिक छलफल गर्ने, भारतको सन्देश सुन्ने र नेपालमा फर्किएर कार्यान्वयन गर्ने गर्छन् । यो प्रक्रियामा बाबुरामपछि नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले आकस्मिक रुपमा दुई दिने भारत भ्रमण गरे ।
भारत भ्रमण नेपाली प्रवासीले आयोजना गरेको कार्यक्रममा सहभागीता जनाउने भनिएको थियो । तर, प्रचण्डले नेपाल फर्किने अन्तिम दिनमा प्रवासीहरुलाई सम्बोधन गरे । त्यो सम्बोधनबाट सिधै विमानस्थल पुगेर नेपाल फर्किए । नेपालीलाई सम्बोधनको क्रममा समेत भारतीय पक्षको चाहना प्रचण्डले घुमाउरो ढंगले पेश गरेका छन् ।
प्रचण्डलाई भारतको विमानस्थलमा जाने कार्यक्रममा समेत नेपाली दूतावासले खास जानकारी नपाएको बताइएको छ भने पूर्वप्रधानमन्त्री यस्तो भ्रमणमा जाँदा दूतावासले समन्वय गर्ने गर्छ । यस्तो भने हुन सकेन् ।
कांग्रेस–रास्वपा नेताहरु पनि भारत जाने तयारीमा
कांग्रेस नेतृ आरजु राणा देउवा पनि भारत भ्रमणमा जाँदैछिन् । कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी समेत रहेकी पूर्वपरराष्ट्रमन्त्री आरजुले भारत भ्रमण गर्दैछिन् ।
आरजु भारत किन जाँदैछिन र कसलाई भेट्ने कार्यक्रम छ भन्ने कुरा प्रष्ट खुलाइएको छैन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले समेत भारत भ्रमणमा जाने तयारीमा छन भने नेपालका मुख्य राजनीतिक शक्तिहरुले भारत भ्रमणलाई प्रवासी नेपालीको नाममा बढाउदै लगेका छन् ।
उनीहरुले यस्तो भ्रमण गरेपनि यसका अनेक आयामबारे भने जानकारी नै दिने गरेको देखिन्न भने सूचना समेत लुकाउने गरेका छन् ।
चुनावमा भारतको चासो
फागुन २१ लागि तय भएको निर्वाचनमा सहबागीताका निम्ति भारतले नेपालका राजनीतिक दलहरुलाई दबाब दिइरहेको छ । जेनजी आन्दोलनको बेला आफुले खास जानकारी नै संकलन गर्न नसकेको भारतले नेपाल र छिमेकीलाई माइक्रोम्यानेजमेन्ट गरेको सन्देश दिनबाट चुकेपछि फेरि दल र नेताहरुलाई बोलाएर सन्देश प्रवाह गरिरहेको छ ।
यस्तोमा भारतीय पक्षले निर्वाचनमा नै जाने गरि तयार रहन दल र नेताहरुलाई सुझाइ रहेको छ भने यसमा एमालेको पंक्ति भने छुटेको देखिन्छ । यद्यपी एमाले नेताहरुले पनि सन्देश भने प्राप्त गरिरहेका छन् । जसकारण एमाले पनि चुनावमा जाने औपचारिक निर्णय गर्ने स्थानमा आइपुगेको छ ।
दिल्ली दौडको भूराजनीति
नेपालको भूराजनीतिमा भारतले प्रत्यक्ष–अप्रत्यक्ष भूमिका निर्वाह गर्दै आएको छ । तर, जेनजी आन्दोलनमा भारतले पत्तो नै नपाउने गरि भएको घटनाक्रमले नेपालमा सुरक्षा खतरादेखि संवेदनशीलता बढ्दा आफ्नो मुलुकलाई थप जोखिम हुने भन्दै सतर्कता अपनाउन थालेको छ । पछिल्लो समय नेपालमा बढिरहेको भूराजनीतिक चलखेल र भारतको शक्ति क्षयिकरण खतरामा परेको छ ।
दक्षिण एसियामा भारतसंगको विवाद चर्किने र भारतले आफ्नो प्रभुत्व गुमाउने खतरा बढ्न थालेपछि पनि भुराजनीतिक रुपमै सक्रियतापूर्ण काम गर्न भारतले कदम अघि बढाएको देखिन्छ । यद्यपी दिल्ली दौडको भूराजनीतिक अवस्था भने फेरिदो राजनीतिको नयाँ प्रारुप बन्ने संकेत बढ्न थालेका छन् ।
