काठमाडौं । नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले आज भन्दा २३ वर्ष अगाडि पार्टी फुटाएका थिए । तत्कालिन पार्टी सभापति गिरिजाबाबुले देउवालाई राजासँग मिलेर संसद विघटन गरि प्रजातन्त्रको कू गर्न खोजेको भन्दै देउवालाई अनुशासनको कारबाही गरेका थिए ।
त्यसैको आवेगमा २०५९ असार ५ मा राष्ट्रिय भेला गरेर देउवाले गिरिजालाई नै निश्कासन गरि आफू सभापति भएको घोषणा गरेका थिए । अहिले उनै देउवालाई सभापतिबाट हटाउन प्रयत्नमा गगन–विश्वप्रकाशले गरेको प्रयासले कांग्रेस जटिल मोडमा पुगेको छ ।
५८ सालको दरबार हत्याकाण्डपछि ज्ञानेन्द्र शाह राजगद्दीमा गद्दिसिन भएका थिए । जतिबेला गिरिजाप्रसाद कोइराला नेपालको प्रधानमन्त्री थिए ।
ज्ञानेन्द्र शाह राजगद्दीमा आसिन भएपछि तत्कालिन माओवादी युद्ध झनै चर्किएको थियो । अस्थिर राजनीतिकाबीच शाहले कांग्रेस नेता शेरबहादुर देउवालई प्रधानमन्त्री बनाएका थिए । उनै देउवाले संसद विघटन गरि २०५९ कात्तिक २७ गते चुनाव गराउने घोषणा गरेका थिए ।
तर उनले चुनाव गराउन नसकेको भन्दै अक्षम प्रधानमन्त्रीको पगरी गुथाएर शाहले पदमुक्त गरेका थिए । राजाबाट पनि अक्षम प्रधानमन्त्री भएका देउवाले संसद विघटन गराएको आरोपमा तत्कालिन कांग्रेस सभापति गिरिजावाबुले देउवालाई अनुशासनको कारबाही गरेका थिए ।
देउृवालाई कारबाही गरिएपछि पार्टी विभाजनबाट रोक्न विभिन्न पहलहरु पनि भएका थिए । तर देउवाले आफूलाई कारबाही गरेको आवेगमा असार ५ गते नै राष्ट्रिय भेला बोलाएर गिरिजाबाबुलाई नै सभापतिबाट निस्कासन गर्दै आफै सभापतिको घोषणा गरेका थिए ।
गिरिजा–देउवा टकरावकाबीच देउवाले पार्टी फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक बनाए । पार्टी विभाजनले पार्टी राजनीति कमजोर भएपछि पुनः दुवै एक भएका थिए ।
देउवालाई हटाउन गगन–विश्व सक्रिय
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई अक्षम सावित गर्दै पार्टी नेतृत्वबाट हटाउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सक्रिय छन् ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा निर्वाचनमा होमिनुपर्ने भन्दै कांग्रेस संस्थापन पक्षले नियमित वा विशेष कुनै पनि महाधिवेशन नगर्ने निर्णय लिँदा गगन–विश्व भने पुस २७ मै विशेष महाधिवेशन आह्वान गरेर देउवालाई गलहत्याउने दाउमा छन् ।
जेनजी आन्दोलनले तत्कालिन केपी ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धनको सरकार मात्रै ढलेको थिएन, प्रधानमन्त्री भएकै बखत ओली प्रधानन्त्री निवास बालुवाटारबाट सेनाको हेलिकोप्टर चढेर भाग्नु परको थियो भने देउवा दम्पत्तिले जेनजीको आक्रमणबाट घाइते भएका थिए ।
जेनजी आन्दोलनपछि पार्टीको कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई सुम्पिएर देउवा सक्रिय राजनीतिबाट टाढा हुने तयारीमा ििथए । तर राजनीतिक परिस्थिति फेरिएपछि उनै देउवा सक्रिय बनिरहेका छन् ।
जसका कारण पनि निर्वाचन अगावै देउवालाई नेतृत्वबाट हटाएर आगामी निर्वाचनका लागि सांसदको टिकट बाँड्ने रणनीतिमा गगन–विश्व छन् भने देउवा समूह आफ्नो शक्ति छाड्ने पक्षमा छैन । यहि विवादका कारण पार्टी चरम संकटमा पुगेको हो ।
महाधिवेशनको काउन्टरमा युवा संगठन
कांग्रेसको असन्तुष्ट समूहले विशेष महाविधेशन बोलाएपछि त्यसलाई रोक्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लागि परेका छन् । त्यसैले उनले त्यसलाई काउन्टर गर्न युवाहरुलाई अगाडि सारेर प्रतिरोध गर्ने योजना बनाएका छन् ।
त्यसैले असन्तुष्ट समूहले विशष महाविधेशन बोलाएकै दिन युवा विद्यार्थीीहरुलाई युवा भेला गर्न स्वीकृति दिएका छन् । कथंकदाचित विशेष महाधिवेशन रोकिएन भने कांग्रेसले पुनः २३ वर्ष अगाडिको दुर्शशा नभोग्ला भन्न सकिदैन ।
