News 24 Television
प्रचण्ड चिन्तितः ‘देश जोगाउन वाम घटकहरुलाई एकीकृत गर्दैछु'

काठमाडौं । रााष्ट्रिय स्वतन्त्र पार्टीले बालेन र कुलमान घिसिङ संरक्षित उज्यालो नेपाल पार्टीसँग एकता गरेपछि यतिबेला पुसको चिसोमा पनि नेपाली राजनीतिक तात्तिएको छ । 

भदौँ २३ र २४ गतेको जेनजी आन्दोलनको म्याण्डेट अनुसारको पार्टीको रुपमा अहिले रवि लामिछाने नेत्तृत्वको रास्वपा देखिएको छ । वैकल्पिक शक्तिको रुपमा उदाएको रास्वपाको बढ्दो पछिल्लो लोकप्रियता, बालेन, कुलमान लगायतको प्रवेशले झन थपेको छ । यसकारण पनि पुराना दलहरु अहिले तिलमिलाएका छन् । 

नेकपा संयोजक प्रचण्डले वाम घटकहरुलाई एकीकृत गर्न आफु लागि परेको बताउनुलाई उनी आगामी निर्वाचनबाट आउन सक्ने सम्भावित परिणामलाई लिएर चिन्तित बनेको बुझ्न सकिन्छ । 
जेनजी आन्दोलनपछिको माहोललाई आफु अनुकुल बनाउन नेकपाका संयोजक प्रचण्डले निकै प्रयास गरे । जेनजी आन्दोलन लगत्तै उनले तत्कालिन माओवादी केन्द्रको सबै कार्य समितिहरु भंग गर्दै आफुलाई अध्यक्षबाट हटेको भन्दै संयोजक घोषणा गरे । 

त्यसपछि झण्डै एक दर्जन वाम घटकहरु जुटाउँदै नेपाल कम्यूनिस्ट पार्टी नेकपा बनाए । प्रचण्ड अहिले यही वामघटकको संयोजक छन् । 

रास्वपाको बढ्दो लोकप्रियतालाई नजिकबाट हेरिरहेका प्रचण्डले सबै कम्युनिस्ट घटकहरुलाई एकीकृत गर्न आफु लागिपरेको बताएका छन् । 

बिहीवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले राष्ट्रिय एकता, स्वाधीनता र आर्थिक समृद्धि सुदृढ गर्न बृहत राष्ट्रिय एकताको आवश्यकता रहेको बताए । 

सोही आवश्यकताको आधारमा विभिन्न १७ वटा साना–ठूला कम्युनिष्ट घटकलाई समेटेर नेकपा बनाइएको उनको जिकिर छ । 

उनले पछिल्लो समय सबै प्रदेश, जिल्ला र पालिकामा युवापुस्ताको आकर्षण नेकपातर्फ बढ्दै गएको दाबी पनि गरेका छन् । जेन–जी युवाहरूले आफ्ना विचार र भावनालाई सही ढंगले प्रतिनिधित्व गर्ने पार्टी नेकपा नै भएको भनि बुझ्न थालेको प्रचण्डको जिकिर छ । 

बिहीवार पार्टी प्रवेश गरेका जेनजी युवापुस्तासहितलाई स्वागत गर्दै उनले मुलुकको वृहत्तर हितको लागि सधैं तत्पर रहन आग्रह पनि गरेका छन् । 

प्रचण्ड लड्ने चुनाव क्षेत्र ?
 
प्रचण्ड आशन्न निर्वाचन कुन क्षेत्रबाट लड्छन् भन्ने चासो बढेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि उनी विभिन्न क्षेत्रहरुबाट सिफारिस भएका छन् । यद्यपी उनले कुन क्षेत्रबाट चुनाव लड्ने टुंगो गरिसकेका छैनन् । हरेक निर्वाचन फरकफरक स्थानबाट लड्दै आएका उनी यसपटक १६ स्थानबाट सिफारिसमा परेका छन् । 

उनी नुवाकोट १, सिन्धुली २, महोत्तरी ४, गोरखा १, रोल्पा, रुकुमपूव लगायतबाट सिफारिसमा परेका छन् । अघिल्लो निर्वाचनहरुभन्दा यसपटक प्रचण्ड बढि नै चूनौतिपूर्ण अवस्थामा छन् । त्यसैले पनि उनले सहजरुपमै जित्न सक्ने निर्वाचन क्षेत्र खोजिरहेको बताइन्छ । 

तत्कालिन माओवादीको गढ रुकुम पूर्वबाट उनले चुनाव लड्ने प्रवल सम्भावना रहेको बताइन्छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update