काठमाडौँ । गीता एभिएसन (Geeta Aviation) ले 'Aviation Futsal Season 2' को औपचारिक शुभारम्भ गरेको छ । उड्डयन र खेलकुदलाई जोड्ने उद्देश्यले आयोजित यस प्रतियोगिताको दोस्रो संस्करणको सुरुवात एक विशेष 'Mascot Reveal' कार्यक्रममार्फत गरिएको हो ।
आयोजकले नेपालमै पहिलोपटक पोखरामा Hot Air Balloon मार्फत आकाशमा प्रतियोगिताको ट्रफी सार्वजनिक गर्ने (Trophy Reveal) योजना बनाएको छ । यस प्रतियोगितामा बुद्ध एयर, यती एयरलाइन्स, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, हेली एभरेस्ट, कैलाश हेलिकप्टर, नेपाल सेना (एयर फोर्स), NARFFA र हिमालय एयरलाइन्स जस्ता प्रतिष्ठित संस्थाहरू सहभागी हुनेछन् ।
क्याबिन क्रु र पाइलट तालिम प्रदान गर्ने अग्रणी संस्था Geeta Aviation ले यस प्रतियोगितामार्फत उड्डयनकर्मीहरूबीच एकता, अनुशासन र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने लक्ष्य राखेको छ । यो सिजन अघिल्लो वर्षभन्दा अझ भव्य, व्यवस्थित र दर्शक-मैत्री हुने आयोजकले विश्वास व्यक्त गरेको छ ।

-1767961304.jpeg)
