काठमाडौं । विशेष महाधिवेशनको अन्तिम तयारीमा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कार्यक्रम अघि बढाएपछि कांग्रेसको आन्तरिक राजनीति रोचक मोडमा पुगेको छ । कांग्रेसले विशेष महाधिवेशनबाट फुटको बाटो रोज्छ वा थप सशक्त बनेर आउँछ ? यो प्रश्नकाबीच गगन–विश्वले लिएको साहसिक निर्णयले कांग्रेसको आन्तरिक राजनीति कलह, विवाद र सम्भावनाको बाटोमा अघि बढेको छ ।
पूर्वमन्त्री तथा कांग्रेस पूर्व केन्द्रीय सदस्य समेत रहेका होमनाथ दाहालको मृत्यु भएपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बसेर शोक प्रस्ताव पारि गर्दै ३ दिन आधा झण्डा झुकाउने र २७ गते देशरका कार्यालय बन्द रहने निर्णय गर्याे । त्यसलगत्तै गगन–विश्व पक्षले पनि शनिवारका कार्यक्रमहरु स्थगन गरेको छ भने आइतबारबाट शुरु हुने भनेको विशेष महाधिवेशन अघि बढ्ने बताएको छ ।
गगन पक्षले विशेष महाधिवेशन जसरी पनि गरेरै छाड्ने अडान कायम राखेपछि नेपाली कांग्रेसमा फुट आउने भन्दै अहिले राजनीतिक बृतमा चर्चा भई रहेको छ । यस्तो अवस्थामा केही नेताहरुले भने विशेष महाधिवेशनलाई नेतृत्व परिर्वतनको महाधिवेशन बनाउन नहुने र संकल्प प्रस्ताव पारीत गरेर मात्रै टुङ्गोमा पु¥याउनु पर्ने बताइरहेका छन् ।
विशेष महाधिवेशन जसरी पनि गर्ने भन्दै अगाडी बढीरहेका महामन्त्रीलाई संस्थापन पक्षले समेत यो सन्दर्भलाई वैज्ञानिक र व्यवहारीक कोणबाट उचित नरहेको भन्दै रोक्न आग्रह गरिरहेको छ ।
संस्थापन पक्षले विशेष महाधिवेशनबाट संकल्प प्रस्ताव मात्रै पारित गर्ने गरी अगाडी बढ्न समेत तयार छैन भने विशेष महाधिवेशन पक्ष विशेष महाधिवेशन रोक्न तयार छैन । विशेष महाधिवेशन पक्षमा पनि केही नेतृत्व नै परिर्वतन गरेर अगाडी बढ्नु पर्ने मत राखिरहेका छन् भने केहीले संकल्प प्रस्ताव मात्रै पारित गरेर अगाडी बढ्नु पर्ने बताइ रहेका छन् । यस्तो अवस्थामा गगन–विश्व पक्ष कसरी अगाडी बढ्छ भन्ने कुरामा अझै प्रष्ट हुन बाँकी छ ।
विशेष महाधिवेशन पक्ष नेतृत्व परिर्वतनमा अघि बढेमा कांग्रेस फुटको विन्दु यहि हुने अवस्था बन्ने देखिन्छ । यता विशेष महाधिवेशन शुरु गरे लगत्तै संस्थापन समुहले महामन्त्रीहरु माथि कार्वाही गर्न सक्ने बताईएको छ । यस्तो अवस्थामा पनि महामन्त्रीहरुले बाध्य भएर कांग्रेस फुटाउन सक्छन् । अहिले पनि दुवै पक्षलाई मिलाउन केही नेताहरुले छलफल जारी राखिरहेका छन् । शनिबार रातभर र आइतबार बिहानसम्म कुनै बिन्दुमा कुरा मिलाएर विशेष महाधिवेशनको नाम परिर्वतन गरी विधान संशोधनको महाधिवेशनमा परिणत गर्ने विषयमा पनि छलफल चलिरहेको छ ।
