News 24 Television
उद्यमी असिममान सिंह बस्न्यातद्वारा काठमाडौं – १ बाट उम्मेदवारी घोषणा

काठमाडौं । राइड सेयरिङ एप पठाओका सञ्चालक एवं उद्यमी असिममान सिंह बस्न्यातले प्रतिनिधिसभा सदस्यका लागि आगमी फागुन २१ मा हुने निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । एक भिडियो सन्देश जारी गर्दै उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका हुन् ।  

भिडियो सन्देशमा उनले भनेका छन्, ‘लामो सोच–विचारपछि आफूले यो निर्णय लिएको छु । उद्यमीका रूपमा नेपालमै बसेर केही बनाउने, रोजगारी सिर्जनाको यात्रा, असफलता, दबाब र जिम्मेवारी नजिकबाट अनुभूति गरेको अनुभवले नै आफूलाई यो निर्णयमा पु‍र्‍याएको हो,’ उनले भनेका छन् ।  

उनले क्षमता हुँदा हुँदै पनि व्यवस्था सहज नहुँदा भविष्य अनिश्चित बन्दै गएकाले राजनीतिमा लाग्नु परेको उल्लेख गरेका छन् । ‘म राजनीति गर्न होइन, जिम्मेवारी लिन आएको हुँ,’ उनले भिडियो सन्देशमा भनेका छन् । 

प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update