News 24 Television
‘फिटनेस, रमाइलो र मित्रता’को लागि टेबल टेनिस प्रतियोगिता

काठमाडौँ । ललितपुरमा आगामी शनिबार (माघ ३ गते) मैत्रीपूर्ण टेबल टेनिस प्रतियोगिता हुने भएको छ ।  प्याराडाइज हिल्स रिसोर्ट बाडेगाउँ र प्लेटिनम फिटनेस क्लब एकान्तकुना ललितपुरको संयुक्त आयोजनामा माग ३ गते शनिबार मैत्रीपूर्ण टेबल टेनिस प्रतियोगिता हुन लागेको हो । 

उक्त मैत्रीपूर्ण टेबल टेनिस प्रतियोगिता ललितपुरको बाडेगाउँस्थित प्याराडाइज हिल्स रिसोर्टमा हुने छ । प्रतियोगितामा राष्ट्रियस्तरका टेबल टेनिस खेलाडीहरुको समेत सहभागिता हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार टेबल टेनिस प्रतियोगिताका विजेतालाई विशेष पुरस्कारको समेत व्यवस्था गरिएको छ ।   

‘फिटनेस, रमाइलो र मित्रता एकसाथ’ नारा दिइएको मैत्रीपूर्ण टेबल टेनिस प्रतियोगिताले खेलकूद भावना, कल्याण र एकताको भावनालाई एकसाथ ल्याउँने आयोजकले विश्वास लिएको छ । 

WhatsApp-Image-2026-01-12-at-3.59.43-PM-(1)-1768213827.jpeg
 

प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update