News 24 Television
ठेचोमा गोदावरी नगरव्यापी खुल्ला मेयर कप ब्याडमिन्टन प्रतियोगिता हुँदै

ललितपुर । ठेचो क्वागाः ब्याडमिन्टन क्लवद्वारा ७६ औं शहिद दिवसको अवसर पारेर दोस्रो गोदावरी नगरव्यापी खुल्ला मेयर कप ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ ।

आगामी माघ १६ र १७ गते गोदावरी नगरपालिका वडा नं. १२ वडाको पछाडि ठेचोमा हुने भएको सो क्लवका अध्यक्ष रत्नमान मालीले जानकारी गराएका छन् । 

सहिद दिवको अवसर पारेर आयोजना हुन लागेको गोदावरी नगरव्यापी खुल्ला मेयर कप ब्याडमिन्टन प्रतियोगिताका लागि इच्छुक खेलाडीहरुले मिति २०८२ माघ १० गतेसम्म दर्ता गर्नुपर्ने आयोजकले खोजतलासलाई जानकारी गराएको छ ।

e18cd039-9791-4217-8e5f-72cff17c76ab-1768295591.jpg
सो गोदावरी नगरव्यापी खुल्ला मेयर कपमा प्रथम हुने खेलाडीलाई नगद ४० हजार, दोस्रो हुने खेलाडीलाई २५ हजार र तेस्रो हुने खेलाडीलाई १५ हजार नगदसहित पुरस्कृत गरिने आयोजकले जानकारी गराएको छ ।

गेदावरी नगरव्यापी दोस्रो खुल्ला मेयर कप व्याटमिन्टन प्रतियोगिताका प्रमुख आयोजक ठेचो क्वागाः ब्डामिन्टन क्लव रहेको छ भने सह-आयोजकका रुपमा गोदावरी नगरपालिका वडा नं. १२ रहेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update