News 24 Television
गगन–विश्वमाथि देउवाको अस्त्र के ? दुबै पक्ष जित निकाल्ने दाउमा बस्दा अन्योलता थप !

काठमाडौं । नेपाली कांग्रेस विभाजनको संघारमा पुगेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध अन्तिम लडाईमा उत्रिएको विशेष महाधिवेशन पक्षधरले कसरी यो विवादलाई अघि बढाउला ? यो चर्चा चलिरहेको बेला कारबाहीदेखि फुटसम्मको यात्रा थप बढ्न थालेको छ । तर, सम्वाद र वार्ताका निम्ति देखिएका लचकताले केहि आशा बने जिवित बनाइरहेको देखिन्छ । 

विशेष महाधिवेशनको हलले निर्वाचन प्रक्रिया अघि बढाएपछि कांग्रेस विभाजनतर्फ गएको चर्चा चुलिन थालेको छ । कांग्रेस विशेष महाधिवेशन पक्षधरले पनि निर्वाचन प्रक्रिया धकेल्दै मंगलबार मनोनयन र बुधबार निर्वाचन भनेपछि रातभरमा सहमति जुट्ने अपेक्षा एकथरीको छ भने कांग्रेस संस्थापन पक्षले निरन्तर रुपमा पार्टी एकता जोगाउन अपिल गरिरहेको छ भने विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न गरिरहेको छ । 

नेताहरुले यस्तो दाबी गरिरहेको बेला कांग्रेस नेता विजयकुमार गच्छदारले विशेष महाधिवेशन पक्षधरकै कारण पार्टी विभाजनको बाटोमा गएको दाबी गरिरहेका छन् । 

उसोतः कांग्रेसको विवादमा अनेक तर्क र विषय प्रवेश गरेपनि विशेष महाधिवेशन पक्षधर पनि आफ्ना मागमा दृढ रहने दाबी गरिरहेको छ । नीति र नेतृत्व फेर्ने दाबी गरिरहेको छ ।

नेताहरुले विभिन्न दाबी गरिरहेपनि मिलन बिन्दु पहिल्याउने वार्ता छलफल भने चलिरहेका छन् । गगन–विश्वको पक्षबाट प्रदीप पौडेलजस्ता नेताहरु सहभागी भएकजा छन भने संस्थापन पक्षबाट रमेश लेखक लगायतका नेताहरु सम्वादमा देखिन्छन् । 

यहि कारण संस्थापन पक्षले बोलाएको केन्द्रीय समिति बैठक बस्न सकेको छैन भने विशेष महाधिवेशन पक्षधरले पनि महाधिवेशनको कार्यतालकालाई धिमे गतिमा अघि बढाइरहेको छ ।

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update