काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले मंगलबार सपथ ग्रहण गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल सहितका नेताहरुले सपथ ग्रहण गरेका हुन् । यो संगै नेकपा फागुन २१ को चुनावी मैदानमा होमित तत्पर रहेको नेताहरुले दाबी गरेका छन् ।
जेनजी आन्दोलन पछि डेढ दर्जन हाराहारी घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी नेकपा फागुन २१ को चुनावी तयारीमा छ । सातवटै प्रदेशमा ठुला सभा गरेर काठमाडौँ केन्द्रीत बनको नेकपाले चुनावी तयारी संगसंगै अन्य घटकलाई पनि जोडिरहेको हो ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेता कार्यकर्ताको बाक्लो भीड थियो । यसले नेकपाको आकार थप बढेको विश्वास नेताहरुले लिएका छन् । जेनजी आन्दोलन पश्चात् नै चुनावी मैदानमा होमिने निर्णय गरेको नेकपाले पार्टी एकता र धु्रबीकरण संगै चुनावी तयारीलाई केन्द्रमा राखेको नेकपाका नेता राजेन्द्र पाण्डे बताउँछन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भने नेकपाले सांगठनिक संरचनालाई औपचारिकता दिने प्रयत्न गरेको छ । १७ बढि घटक मिलेर बनेको नेकपाले नेता कार्यकतालाई व्यवस्थापन गर्न २४९९ जनाको केन्द्रीय कमिटी बनाएको छ ।
सोहि कमिटिका नेता सदस्यहरुले सपथ ग्रहण पनि गरेका छन् । सुरुमा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल सहितका सदस्यले जेष्ठ सदस्य नन्दकुमार प्रसाँई अर्थात् (एनके)बाट सपथ ग्रहरण गरे ।
सपथ ग्रहण पछि नेताहरुले नेकपा बलियो बनेको दाबी गरेपनि ठुलो आकारको केन्दीय कमिटि निर्माणले भने प्रश्न उब्जाएको छ । झण्डै २५ सयको केन्द्रीय कमिटि गठनले पनि त्यो पुष्टि गर्छ की पद दिएरै भएपनि नेता कार्यकर्ता व्यवस्थापन होस् ।
यति ठुलो केन्द्रीय कमिटि बनाउँदा पार्टीमा भद्रगोल माहोल बन्ने खतरा रहन्छ । साथै गुटउपगुटको राजनीतिले प्रोत्साहना पाउने देखिन्छ । तर नेताहरु भने सबैलाई मिलाएर लैजान यति ठुलो कमिटी बनेको दाबी गर्छन् ।
एक दर्जन बढि पार्टीको मिलनले निर्णायक राजनीतिक शक्ति देखिएको नेकपाले फागुन २१ को प्रतिनिभिसभामा पहिलो पार्टी बन्ने लक्ष्य बाकेको छ । त्यतिमात्रै होइन् संयोजक प्रचण्डको नेतृत्वमा एकल बहुमतको सरकार बनाउने लक्ष्य रहेको नेकपाका नेता प्रकाश ज्वाला दाबी गर्छन् ।
नेकपाका नेता तथा कार्यकताले पार्टी कम्युनिष्ट विचारको केन्द्र बन्ने विश्वास लिएका छन् । ती मध्यका एक तत्कालिन समयमा मातृभूमि जागरण अभियानको नेतृत्व गर्दै नेकपामा समाहित भएका डा. भीम रावल पनि हुन् । रावल जस्तै अरु नेताहरु पनि नेकपालाई देशकै ठुला राजनीतिक शक्ति हुन कसैले रोक्न नसक्ने बताउँछन् ।
नेकपाले आफ्नो तयारी गरिरहँदा उता अर्काे कम्युनिष्ट दल नेकपा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा चुनावमा जान ठिक्क परेको छ । एमालेले पनि चुनाव समयमै भैहाले पहिलो पार्टी बन्ने दाबी गरिरहेको छ ।
अर्काेतर्फ नेपाली कांग्रेसमा विशेष महाधिवेसनले सुघ्रिण कांग्रेस मैदानमा उत्रिदा जनमत बटुल्ने दाबी हुँदा बैकल्पिक शक्ति मानिएको रास्वपा सभापति रवि लामिछाने र बालेन शाहको एकताले बहुमत प्राप्त गर्दै सरकारको नेतृत्व गर्ने हुंकार लगाइरहेको छ । यस्तो अवस्था फागुन २१ को चुनावी रोमाञ्चकता पनि बड्दै गएको छ ।
