News 24 Television
नेकपामा आए सुमन सायमीः रास्वपाविरुद्ध आक्रोश, प्रचण्डले के भने ?

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सुमन सायमी लगायतका नेताहरुलाई पार्टीमा भित्र्याएको छ । विभिन्न घटक, दल र नेतालाई पार्टी प्रवेश गराउने काममा सक्रिय देखिएको नेकपाले आगामी निर्वाचनबाट बहुमत ल्याउने दाबी गरिरहेको छ भने निर्वाचनको प्रचारलाई जनताको घरदैलो अभियानमा केन्द्रित भनिरहेको छ । 

नेपाली कम्युनिस्ट पार्टीले अहिले विभिन्न व्यक्ति, नेता र दल मिसाउने काम गरिरहेको छ । यसमा नेकपाले सुमन सायमीलगायतका नेताहरुलाई भित्र्याएको छ भने पार्टी समायोजन कार्यक्रममा नेताहरुले अनेक अभिव्यक्ति दिइरहेका छन् । निर्वाचनमा नेकपामय बन्ने दाबी गरिरहेका छन् । 

धेरै पार्टी, घटक, व्यक्ति प्रवेश गरेपछि कार्यक्रममा सम्बोधनको पालो समेत सबैलाई पु¥याउने गर्ने गरेको देखिन्छ । नेता राजेन्द्र श्रेष्ठले पनि नेताहरुलाई भित्र्याउदै नेकपाको प्रसंसा गरिरहेका छन् । 

फागुन २१ को चुनाव केन्द्रित नेता भित्र्याउने कार्यक्रममा संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालले सम्बोधन गर्ने र उनीहरुले अनेक आश्वासन र दाबी गर्दै आएका छन् । सधैं झैं भन्दा सुमन सायमीलाई भित्र्याउने कार्यक्रममा माधव नेपालले भने केहि आक्रोश पोखेका छन् ।

नेपालले व्यक्तिलाई केन्द्रमा राखेर प्रचार गर्न नहुने भन्दै असन्तुष्टी पोख्दा प्रचण्डले भने अब नेकपा चुनावी अभियान लिएर घरदैलोमा जाने दाबी गरे ।

नेताहरुले यस्ता दाबी गरिरहेको बेला पार्टी प्रवेशको मुख्य आकर्षण बनेका सुमन सायमीले भने राष्ट्रिय स्वतन्त्र पार्टीमाथि आक्रोश पोखेका छन भने राजेन्द्र महतोको पार्टी छाड्दाको विषय समेत उप्काएका छन् ।

सायमी गुठी आन्दोलनदेखि राष्ट्रिय मुक्ति पार्टीमा आबद्ध नेता हुन् । उनी काठमाडौंमा बलियो पकड राख्ने नेतामा पर्ने दाबी समेत गरिएको छ । उसोतः नेकपाले पछिल्लो समय यसरी पार्टी समायोजन तथा एकताका कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update