News 24 Television
गगनका सेनाले के बोले ? चारतारे झण्डादेखि रुख कसको ? निर्वाचन आयोगमा दलबल

काठमाडौं । आधिकारिक नेपाली कांग्रेस को ? यो प्रश्न कांग्रेस समर्थकमाझ केही समयका लागि खट्किरने प्रश्न हो । किनभने यतिबेला कांग्रेसमा दुई सभापति छन् । एक शेरबहादुर देउवा र अर्का हुन् गगन थापा । आधिकारिक कांग्रेस को हो, यसको छिनोफानो निर्वाचन आयोग र अदालतले गर्ला । तर यी दुबै समूह आधिकारिक कांग्रेस आफुहरु भएको दाबी गर्छ । विहिबार नयाँ केन्द्रीय समितिको पहिलो बैठक बसेलगत्तै गगन नेतृत्वको कांग्रेसले राजनीतिक सक्रियता र हस्तक्षेप बढाएको छ । 

बुधबार भृकुटीमण्डमा सम्पन्न विशेष महाधिवेसनको हलबाट नेपाली कांग्रेसको सभापति बनेका गगन थापाले सक्रियता बढाएका छन् । विहिबार कुपण्डोलमा केन्द्रीय समितिको बैठक बसाल्नेदेखि निर्वाचन आयोग पुगेर अध्यावधिक विवरण निर्वाचन आयोगमा बुझाउनेसम्मको काम उनले गरेका छन् । दलबल सहित आयोग पुगेका सभापति थापाले आफनो नेतृत्वले वैधानिकता पाउने विश्वास लिएका छन् । 

गगन नेतृत्वको कांग्रेसको सुरुमा कपण्डोलस्थित एक होटलमा केन्द्रीय समिति बैठक बसेको थियो । बैठकले देवराज चालिसेलाई प्रवक्ताको जिम्मेवारी दिनेदेखि सभापति गगनलाई घोषणा पत्र लेखन र उपसभापति विश्वपकाश शर्मालाई निर्वाचन परिचालनको नेतृत्व प्रदान गर्याे । त्यसपछि विशेष महाधिवेसनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्ने माग राख्न गगन नेतृत्वको टोली निर्वाचन अयोग पुग्यो । त्यहाँ उनीहरुले आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारी समक्ष विशेष महाधिवेसनबाट प्राप्त म्याण्डेट बुझाए । त्यसमा के के छ त ? नेताहरुकै मुखबाट सुनौ । 

अर्काेतर्फ विशेष महाधिवेसनबाट निर्वाचित नेताहरुले नेपाली कांग्रेस नयाँ सिराबाट अघि बढ्ने दाबी गरेका छन् । नेताहरुले आफु नै संस्थापन पक्षको रहेको दाबी गर्दै तारा र रुख चिन्ह आफ्नो भएको जिकिर गरेका छन् । 

अन्य नेताहरुले के के भने ?

उसो त गगन थापा नेतृत्वको कांग्रेस निर्वाचन आयोग पुग्न अघि नै शेरबहादुर देउवा पक्षले पनि चिठी पठाइसकेको छ । यस्तो अवस्थामा कांग्रेसको आधिकारिकताको विषय रोमाञ्च्क बनेको छ भने फागुन २१ को निर्वाचन सर्न सक्ने आशंका पनि गर्न थालिएको छ । कांग्रेस विवादमा तथ्य जाँच गर्दै निर्वाचन आयोगले कुन समुहलाई आधिकारिकता दिन्छ त्यो भने हेर्न बाँकी छ । 

प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update