काठमाडौं । आगामी फागुन २१ गते तोकिएको निर्वाचनका लागि माघ ६ गते उम्मेदवार मनोनयन गर्ने मिति तोकिएको छ । मनोनयनको मिति नजिकिए संगै मुलुककै ठूलो बामपन्थी दल नेकपा एमालेले आफुलाई पुर्ण रुपमा निर्वाचनमा सहभागी गराउने गरी अन्तिम तयारी गरेको छ । एमालेले माघ २ गतेदेखि ४ गतेसम्म लगातार उपत्यका केन्द्रीत भेला र प्रशिक्षण गर्दै छ भने ३ गते सचिवालयको बैठक बसेर उम्मेद्वारको अन्तिम नामावली टुङ्गोमा पु¥याउने तयारीमा छ ।
संसद पुर्नस्थापनाको मुद्दा बोकेको नेकपा एमाले अन्तत निर्वाचनका लागि सबै तयारी पुरा गरेर निर्वाचन लक्षित गतिविधिमा जुटेको छ । एमालेले पछिल्लो समय पार्टी पंतिmलाई निर्वाचन केन्द्रीत गर्दै गाउँ कमिटिको भेलालाई प्राथमिकतामा राखेको छ भने उम्मेद्वार छनोटको पनि अन्तिम तयारीमा छ ।
संसद पुर्नस्थापनाको मुद्दा एमालेको भएपनि ताजा जनादेशसहितको संसदको तयारीका लागि सरकारले चुनावी सक्रियता बढाइरहेको छ । संविधान माथि चोट लागेको बताइरहेको एमालेले मुलुकमाथि राजनीतिक संकट परेको अवस्थामा चाँडै राजनीतिक निकाश खोज्नु पर्ने एमाले सचिव भानुभक्त ढकाल बताउँछन् ।
चुनाव घोषणा भएदेखि नै एमालले निरन्तररुपमा सरकारमाथि निर्वाचनको वातावरण बनाउन नसकेको आरोप लगाउँदै आएको छ । तर निर्वाचनबाट आफु नभाग्ने र निर्वाचनका लागि तयार नै रहेको एमाले नेताहरु बताउँछन् । सरकारले निर्वाचनको वातावरण बनाउन नसक्ने र नेपाली कांग्रेसमा समेत विग्रह आउनु चिन्ताको बिषय रहेको एमाले नेताहरु बताउँछन् ।
जेनजी आन्दोलन लगत्तै महाधिवेशनबाट नेतृत्व चयन गरेर अगाडी बढेको एमालेले त्यसपछि बसेको केन्द्रीय कमिटिको बैठकबाट जिम्मेवारी दिदाँ पनि निर्वाचन केन्द्रीत जिम्मेवारी मात्रै तोकेर अगाडी बढेको छ ।
माघ ६ गते निर्वाचनका लागि मनोनयन तोकि रहदाँ माघ २ गते राजधानी प्रदेश कमटिको घोषणा सभा सहित महाधिवेशन जागरण सभा र ३ गते युवा उपसमितिको भेला आयोजना गर्ने तयारी एमालेको छ । त्यस्तै माघ ४ गते काठमाडौंमा बागमति प्रदेश प्रदेश कमिटिको आयोजनामा ¥याली सहित अगाडी बढ्ने र निर्वाचन परिचालन गर्ने एमाले केन्द्रीय सदस्य समिक बडाल बताउँछन् ।
यसैगरी माघ ३ गते एमाले सचिवालयको बैठक डाकिएको छ । बैठकबाट उम्मेद्वार टुङ्खो लगाई निर्वाचनमा होमिएको सन्देश दिँदै अगाडी बढ्ने एमालेका रणनीतिमा देखिन्छ ।
