News 24 Television
भक्तपुरः नेमकिपाको गढमा सुवाल बलियो, महेशको प्रतिष्पर्धा कोसँग ?

काठमाडौं । आसन्न फागुन २१ को निर्वाचनका लागि मंगलबार देशभरका निर्वाचन कार्यालयमा मनोनयन दर्ता गर्ने क्रममा भक्तपुरमा पनि उल्लासपुर्ण रुपमा मनोनयन दर्ता सम्पन्न भएको छ ।

भक्तपुर १ मा २५ जनाको मनोनयन दर्ताा हुँदा भक्तपुर २ मा ३१ जनाको उम्मेदवारी परेको छ । एकलाई नेमकिपाको गढ मानिदा भक्तपुर २ मा रोमाञ्चक भिडन्त हुने देखिएको छ । 

भक्तपुर २ मा ३१ जनाको मनोनयन दर्ता भएको छ । रास्वपा र एमाले दलबलसहित मनोनयन दर्तामा पुग्दा नेपाली कांग्रेस केहि ढिलो गरी पुगेको थियो । अन्य नयाँ दल श्रम संस्कृती पार्टी र उज्यालो नेपाल पार्टीका नेताहरु पनि चुनावी प्रतिष्पर्धामा होमिएका छन् । कांगे्रसबाट ढिलोगरी कबिर राणाले उम्मेदवारी दिँदा नेपाली कम्युनिष्ट पार्टीबाट रामप्रसाद सापकोटा ‘दिपशीखा’को उम्मेदवारी परेको छ । नेपाल जनसेवा पार्टीबाट शोभा पाठकको उम्मेदवारीलाई अझ रोचक रुपमा हेरिएको छ ।  

उता, भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा पनि राजनीतिक दलहरुले हर्ष उल्लासपूर्ण ढंगले मनोनयन दर्ता गरेका छन् । त्यहाँ २५ जनाले मनोनयन तर्दा गराउँदा नेपाल मजदुर किसान पार्टी गढ मानिने उक्त क्षेत्रमा सौहार्दपूर्ण माहोल देखिन्थ्यो ।

नेमकिपाका प्रेम सुवाल न उम्मेदवारी दर्ता गराएका छन् भने कांग्रेसका किरण न्यौपानेले उम्मेदवारी दिएका छन् । ०७९ को चुनावमा ४२ हजार बढि मतका साथ सुवालले बाजी मारेका थिए । यो क्षेत्रमा एमालेबाट भने सोमप्रसाद मिश्रले उम्मेदवारी दर्ता गराएका छन् भने अन्य दलको पनि उल्लेख्य सहभागिता रहेको छ । 

प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update