काठमाडौं । चुनावमा जाने निर्णय गरेपछि अन्तिम समयमा आफु उम्मेदवार नै नबनेका नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारका कारण नै आफु चुनावमा नगएको आरोप लगाएका छन् । विप्लवले यस्तो दाबी गर्दै गर्दा नयाँ र पुरानाको भाष्यमाथि समेत टिप्पणी गरेका छन् ।
आगामी चुनावमा जाने निर्णय गरेका नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ चुनावी नतिजा आफ्नो पक्षमा पार्न नसकिने देखिएपछि अन्ततः उम्मेदवार बनेन् । तर, त्योभन्दा पहिले नै शीर्ष नेता चुनावमा नजाने निर्णय गराएका विप्लवले दोश्रो वरियताका नेता खड्कबहादुर विश्वकर्मालाई भने चुनावमा पठाए । तर, आफू भने चुनावमा गएनन् । यसको सम्पूर्ण आरोप भने सरकारमाथि लगाएका छन् ।
गुलाफ चुनाव चिन्ह रोजेका विप्लवले चुनावमा जाने निर्णय जसरी गराए, त्यसरी आफू चुनावमा भने गएनन् । रोल्पाबाट चुनावमा जाने तयारी गरेपनि अन्तिममा ब्याक भएका विप्लव अहिले पनि अन्तरिम सरकार गठन हुनुपर्ने दाबी गर्ने गर्छन् ।
चुनावमा गएका विप्लवले नेकपा एमालेसंग समेत अघोषित गठबन्धन गरेका छन् । एमाले अध्यक्ष केपी ओलीको प्रसंसा गरेपछि आलोचना समेत खेपेका विप्लवले केहि क्षेत्रमा उम्मेदवारलाई सघाउने निर्णय गराएका छन् । यद्यपी विप्लवले नयाँ पुराना भन्ने भाष्यमाथि समेत टिप्पणी गरेका छन् । उनले नयाँ पुराना भन्न नहुने भन्दै वैकल्पिक शक्तिको रुपमा आउने दाबी गरिरहेका दलमाथि समेत तुष पोखेका छन् ।
विप्लव पनि प्रधानमन्त्री बनेर देशको सेवा गर्न चाहेको खुलमखुला दाबी गर्ने नेता हुन् । तर, प्रतिनिधिसभा चुनावमै नगएपछि देशको नेतृत्व गर्ने रहरबाट उनी पछि परेका छन् । यतिमात्रै नभई विप्लवले चुनावमा आफ्नो रणनीति र जित निकाल्न सहज नहुने देखेपछि भने उनी ब्याक भएको चर्चा चलिरहेको देखिन्छ ।
