काठमाडौं । पार्टी नेतृत्व, मिसन प्रधानमन्त्री र समग्र नेतृत्वको रेसमा रहेका गगन थापा पार्टी नेतृत्वमा पुगिसकेका छन् । पार्टी नेतृत्वमा पुगेका गगन अब प्रधानमन्त्रीको रुपमा अघि बढ्ने स्थिति बन्दै गर्दा संसदीय अंकगणित उनको पक्षमा आउला ? प्रश्न र चासो बढिरहेको देखिन्छ । कांग्रेसभित्रको आन्तरिक मतभेद, राजनीतिक उथलपुथल, नयाँ र वैकल्पिक राजनीतिको हावाले गगनमाथि चुनौती बढाएको मात्रै छैन्, अवसर आएर पनि पछि हट्नुपर्ने बाध्यता समेत देखिन थालेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व सहजै गगन थापाको हातमा नदिने योजना बनाउदा गगनले सभापति पद खोसेका छन् । रुख र चार तारे झण्डाका कारण पनि कांग्रेसमा देउवालाई साथ दिने दाबी गर्ने नेताहरु एकाएक ब्याक हुने स्थिति बन्न पुग्यो ।
निर्वाचन आयोगदेखि सर्वोच्च अदालतको साथ नपाएपछि गगन थप बलिया बनेका छन् । तर, यो सामाथ्र्य कहिलेसम्म रहला ? यो भने चासोको विषय बनेको छ । नेपालको राजनीतिमा चलिरहेको वैकल्पिक र नयाँको हावाकाबीच चुनावी नतिजा आफ्नो पक्षमा पार्नैपर्ने दबाबमा छन्, गगन थापा ।
उनै गगन काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट सर्लाही पुगेका छन् । गगनले साहसपूर्वक मधेश झरेको दाबी गरेपनि उनी रणनीतिक हिसाबले नै मधेस झरेकोमा शंका छैन् ।
कांग्रेस नेतृत्वमा सहजै पुगेका गगनलाई प्रधानमन्त्रीको मिसन पुरा गर्न भने सहज देखिन्न । किनभने गगन अहिले पनि भनिरहेका छन्, ५ वर्षका लागि कारबाहीमा परिसकेको म विशेष महाधिवेशन पक्षधरको विश्वासका कारण यहाँ छु ।
गगनले यस्तो भन्नुको अर्थ चुनावमा टिकट बाँड्ने कुरामा हेर्दा समेत धेरै कुरा पुष्टी हुन्छ । देउवा पक्षलाई पेलेरै अघि बढेका गगनले चुनावको टिकट वितरणमा आफूलाई संसदीय दलको नेता बन्न सहज हुने बाटो अपनाएका छन् । जसकारण पनि उनले पोख्न थालेको तुषकै कारण कांग्रेसमा घात अन्तरघातको श्रृङ्खला शुरु हुने देखिन्छ ।
सहज छैन जित निकाल्न
काठमाडौं निर्वाचन क्षेत्रबाट लगातार जित निकाल्दै आएका गगन थापा यो पटक पनि यहि निर्वाचन क्षेत्रबाट आउलान ? धेरैलाई शंका थियो । किनकी एउटै निर्वाचन क्षेत्रमा जित निकाल्न सफल हुने कुरा सहज हुने देखिन्न । प्रधानमन्त्रीदेखि राजनीतिक समयसीमा तोकेका गगन अघिल्लो पटक निर्वाचित भएपनि आफ्नो मिसन पुरा गर्न सक्षम बनेन् । यसरी अब गगनसंग काठमाडौंमै मत माग्ने खास एजेण्डा थिएन् ।
पुरानै एजेण्डा लिएर जानुपर्ने अवस्था थियो । तर, चुनौती धेरै थिए । जतिसुकै निर्वाचन क्षेत्रका लागि काम गरेपनि जनतामा असन्तुष्टी बढ्दै जाने हुन्छ । किनकी नेताहरुको अनेक पाटोलाई मतदाताले नजिकबाट हेर्न चाहन्छन र हेर्ने गर्छन् । यहि कारण पनि संकट देखेपछि सर्लाी निर्वाचन क्षेत्र नम्बर ४ मा झरेका गगनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश सिंहसंग प्रतिष्पर्धा गर्नुपर्नेछ ।
जुन कुरामा गगनले प्रतिबद्धता जनाउदै भन्न थालेका छन्, ’सर्लाही क्षेत्र नम्बर–४ को प्रतिनिधित्व गर्न उम्मेद्वार बनेकोले मधेस र सर्लाहीका मुद्दा अब संघीय संसद र सिंहदरबारमा नयाँ तरिकाले उठाउछु ।’
गगनले मधेसमा नयाँको सेन्टिमेन्ट चलिरहेको बेला गर्न लागेको चुनावी प्रतिष्पर्धा र विगतको मतको स्थितिलाई हेर्दा पनि सहज देखिन्न । यस्तो कारण पनि गगन चुनौतीपूर्ण स्थितिबाट मिसन सभापति जसरी नै मिसन पीएममा सफल होलान ? यो निर्वाचन परिणामले नै प्रष्ट पार्नेछ।
