News 24 Television
चुनावमा होइन आन्दोलनमा जाने भन्दै किन कड्किए ओली ? विमानस्थलमा अपमान भएकै हो ?

काठमाडौं । नेकपा एमालेले चुनावमा जाने कि आन्दोलनमा भन्दै अझैं पनि संसय व्यक्त गरिरहेको छ । चुनावी कार्यतालिका अनुसार चुनावका निम्ति लगभग राजनीतिक काम सकिएपनि एमालेले चुनाव हुन्न कि भन्ने आशंका व्यक्त गर्दै सरकारमाथि विभिन्न आरोप लगाएको छ । झापाबाट फर्किदा आफूमाथि दुव्र्यहार भएको भन्दै एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक विरोध समेत गरेका छन् । 

नागरिक सरकार भनेपनि यो सरकारका मन्त्रीहरुको चुनावी दौडाहाले शंका र प्रश्न उब्जाइरहेको छ । सरकारी निवास बालुवाटारमा हुने भेटघाट, छलफल र अनेक विषयले पनि सरकारले नयाँ दल र जेनजी आन्दोलनका हिस्सेदार दाबी गर्नेहरुलाई गर्न थालेको प्रोटेक्सनमा प्रश्न र शंका गर्न थालिएको देखिन्छ । यता, चुनावमा होमिएको एमालेले चुनाव नभई आन्दोलनमा पो जानुपर्ने हो कि भन्ने खतरा पैदा भएको भन्न थालेको छ । 

चुनावी क्षेत्र झापा पुगेर काठमाडौं फर्किएका ओलीले सरकारकै निर्देशनमा आफूमाथि विमानस्थलमा अनौठो व्यवहार भएको आरोप समेत लगाए । 

उसोतः टिकट वितरणमा एमालेभित्र देखिएको असन्तुष्टी, ओलीको व्यवहारको सार्वजनिक आलोचना भइरहेको बेला उनले पार्टीलाई चुनावमा जिताउनका लागि जुट्न समेत निर्देशन दिएका छन् ।

एमालेले चुनावमा भाग लिन्छ वा आन्दोलनमा जान्छ भन्ने प्रश्न चलिरहेको बेला सरकारले चुनाव सम्पन्न गराउने मनशायका साथ काम गरिरहेकाले यसको विकल्प देखिन्न । तर, एमालेले सरकारमाथि लगाएको आरोपको पुष्टी हुने आधार एमालेले दिन सकेमा भने सार्वजनिक रुपमा सरकार गम्भीर नैतिक संकटतर्फ जाने खतरा रहन्छ । उसोतः एमालेले चुनावी तयारी भने तीब्रताका साथ अघि बढाइरहेको देखिन्छ ।

 

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update