News 24 Television
जनार्दन एमालेसंग मिल्दा प्रचण्डलाई कस्तो प्रभाव पर्ला ? रुकुममा देखिने दृृश्य यस्तो !

काठमाडौं । प्रगतिशिल लोकतान्त्रिक पार्टी र एमालेबीच चुनावी तालमेलको सहमति जुटेको छ । एमालेले प्रलोपाका दुई उम्मेदवारलाई सघाउने र प्रलोपाले कर्णाली र तत्कालीन राप्ति अञ्चलका एमालेका उम्मेदवारलाई सघाउने सहमति जुटेको छ । यसले प्रलोपाले रुकुम केन्द्रित राजनीतिलाई केन्द्रमा राख्दै कर्णाली र तत्कालीन राप्ति अञ्चलमा आफ्ना उम्मेदवारलाई ब्याक गराउनेछ । 

जनार्दन शर्माले प्रचण्डसंग विद्रोह गरे । विद्रोहपछि प्रगतिशिल लोकतान्त्रिक पार्टी गठन त भयो । तर, उबार ल्याउने अवस्था बन्ने देखिएन् । निर्वाचनमा प्रलोपा पोस्टर उम्मेदवार डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिए । 

बाबुरामको उम्मेदवारी फिर्तापछि जनार्दनले पनि कर्णाली प्रदेश र तत्कालीन राप्ति अञ्चलको आफ्नो मतलाई एमालेमा मिसाउने र एमालेको मत रुकुम पश्चिम र पूर्वमा ल्याउने निर्णय गरेका छन् । यसले जनार्दनको राजनीति रुकुम केन्द्रित बनेको छ भने त्यसपछिको समिकरण कस्तो होला ? प्रत्यक्ष र समानुपातिकतर्फ २०७९ को निर्वाचनको जतिजा हेरौं । 

प्रत्यक्षतर्फ रुकुम पूर्व

तत्कालीन माओवादी केन्द्रः १२ हजार २ सय ६२

एमालेको मतः ५ हजार २ सय ११

यो प्रत्यक्षतर्फको मत हो भने समानुपातिकमा रुकुम पूर्वमा 

माओवादी केन्द्रः ८,२७१

नेपाली कांग्रेसः ५,६९२

नेकपा एमालेः ३,६५९

प्रत्यक्षतर्फ रुकुम पश्चिम

तत्कालीन माओवादी केन्द्रः ३९,५४९

एमालेको मतः १२,९६१

समानुपातिकतर्फ

तत्कालीन माओवादी केन्द्रः ३४,३४७

नेकपा एमालेः ८,७६९

नेपाली कांग्रेसः ८,७६६

उसोतः त्यो बेला माओवादीबाट जनार्दन शर्मा आफै उम्मेदवार थिए भने कांग्रेस, एमाले र तत्कालीन नेकपा एकीकृत समाजवादीको चुनावी गठबन्धन थियो । जसअनुसार यो मत आएको अवस्था छ ।

रुकुम पूर्वमा प्रलोपाबाट सन्दीप पुन उम्मेदवार बनेका छन भने उनले एमालेको समेत मत प्राप्त गर्ने स्थिति बन्दा प्रचण्डविरुद्धको चुनावी मोर्चा केहि रोचक हुने देखिन्छ । 

जनार्दनको पक्षमा रुकुम पूर्वका चिनिएका अनुहार नदेखिएपनि एमालेको समर्थन पाउँदा केहि मत बढ्ने अपेक्षा गरिएको छ । तर, तत्कालीन एमालेबाट उम्मेदवार बनेका कैलाशकुमार मल्ल नेकपामै फर्किएका छन भने एमालेको समानुपातिक मतभन्दा उनको मत बढि देखिएकाले पनि उनको प्रभाव पर्ने विश्लेषण भइरहेको छ । 

यस्तै, रुकुम पश्चिममा पनि जनार्दनको पक्षमा नेकपाका केन्द्रीय सदस्यहरुको संख्या कम देखिएपनि उनको उम्मेदवारी बलियो नै देखिन्छ । यस्तो हुँदा पनि उनकै चुनावी कमाण्डर बन्दै आएका अनलले जनार्दनलाई चुनौती दिने अवस्थामा जनार्दनले एमालेसंगको चुनावी मोर्चाबन्दी कस्दै आफूलाई सुरक्षित पार्न खोजेको देखिन्छ । 

जसअनुसार कर्णालीका सबै जिल्ला हुम्ला र जुम्लाबाहेकका जिल्ला र तत्कालीन राप्ति अञ्चललको दाङ, सल्यान, रोल्पा, प्यूठानमा सघाउने भएका हुन् । यसले प्रलोपाको चुनावी तालमेलका कारण पनि रुकुम नै केन्द्रमा परेको देखिन्छ ।

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update