News 24 Television
काठमाडौँ ३, जनमत कसको पक्षमा, कुलमान कि राजुनाथ ?

काठमाडौं । निर्वाचनको मिति नजिकिदै जाँदा यतिबेला देशभर राजनीतिक माहोल तात्दै गएको छ । साना देखि ठूला दलहरु निर्वाचनको तयारीमा छन् । उज्यालो नेपालका अध्यक्ष समेत रहेका कुलमान् घिसिङ काठमाडौं क्षेत्र नम्बर तीनबाट उम्मेदवार बनेका छन् । 

यहाँ रास्वपाबाट बालेन शाहका प्रिय पात्र रहेका राजुनाथ पाण्डे उम्मेदवार छन् । पुराना दल कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी र राप्रपाका उम्मेदवार भन्दा पनि यी दुइ उम्मेदवार वीचको प्रतिस्पर्धाा विशेष चासोमा छ । 

कुलमान् घिसिङलाई अन्तरिम सरकारको मन्त्रीपरिषद्मा हुदाँ निकै शक्तिशाली मन्त्रीका रुपमा लिइन्थ्यो । हुन पनि घिसिङले उर्जा सहित सहरी बिकाश र भौतिक पुर्वाधार जस्तो महत्वपुर्ण मन्त्रालएको जिम्मेवारी लिएका थिए । 

मन्त्री पदबाट राजिनामा दिएपछि उनको समर्थनमा गठन भएको उज्यालो नेपाल पार्टी र रास्वपावीच एकता भयो । तर त्यो एकता १२ दिन नपुग्दैं भंग भयो । एकता भंग भएपछि घिसिङ्गले पार्टी नेतृत्व आफैले लिंदै निर्वाचनमा होमिएका छन् । 

घिसिङ्ग नेतृत्वको उज्यालो नेपाल पार्टीले देशभर एक सय ६५ निर्वाचन क्षेत्र मध्ये एक सय २१ स्थानमा उम्मेदवारी दिएर अगाडी बढेको छ । 

घिसिङ्ग आफै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार छन् । यो क्षेत्रमा जित निकाल्न उनी आफैलाई समेत धौं धौं हुन सक्ने राजनीतिक बृतमा चर्चा हुने गर्छ । तर घिसिङ्ग भने निर्वाचनको नतिजा सहजै आफ्नो पक्षमा आउने दाबी गरीरहेका छन् । 

रास्वपासँगको पार्टी एकता हुने भनेपछि उज्यालो नेपालले समानुपातिक तर्फको सुचिको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाएन । तर पार्टी एकता टिक्न नसकेपछि उनको पार्टीले समानुपातिक तर्फ राष्ट्रिय परिर्वतन पार्टीसँग चुनावी तालमेल गरेर अगाडी बढेको छ । प्रत्यक्ष तर्फ चिम चुनाव चिन्ह्र र समानुपातिक तर्फ बाँसुरी चुनाव चिन्ह्रमा मतदान गर्ने गरी आफुहरु देशभर अगाडी बढेको घिसिङ्ग बताउँछन् । 

रास्वापासँग पार्टी एकता नभए पनि निर्वाचनका लागि एकता हुन सक्ने घिसिङ्गले प्रस्ताव राखेका थिए । तर रास्वपाले कुनै पनि दलसंग एकता नगरी अगाडी बढ्ने निर्णय गर्याे । अहिले काठमाडौं तिनमा रास्वपाकातर्फबाट बालेनका प्रीय पात्रका रुपमा रहेका काठमाडौं महानगर पालिकाका पूर्व प्रहरी प्रमुख राजुनाथ पाण्डे उम्मेदवार बनेका छन् । पाण्डेले पनि निर्वाचनमा आफुले सहजै जित निकाल्ने दाबी गरीरहेका छन् । 

मुख्य चर्चामा कुलमान र पाण्डे रहेता पनि यहाँ पुराना दलका नेताहरुले उठाएका उम्मेदवारहरु समेत स्थानीय स्तरमा चर्चामा नै रहेका ब्यक्तिहरु छन् । कांग्रेसबाट यो क्षेत्रमा रमेश अर्यालले उम्मेदवारी दिएका छन् भने एमालेबाट रामेश्वर फुयाँल, नेपाली कम्युनिष्ट पार्टीबाट रिज लामा, राप्रपाबाट डा. सुन्दर सिंह उम्मेदवार छन् । 

त्यसो कुलमान र राजुनाथ बाहेकका उम्मेदवारहरुले पनि आफुले नै सहजै चुनाव जित्ने दाबी गर्छन् । यस्तो दाबीका बीच मतदाताको रुझान कुन दल र कुन उम्मेदवारतर्फ छ, त्यो त निर्वाचन परिणाम पछि नै थाहा हुने छ ।

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update