काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले बहुमत आउने दाबी गरिरहेको छ । बहुमतको दाबीसहित नेकपाले पनि प्रतिक्रियाको राजनीतिमा सक्रियता देखाउन थालेको छ । प्रधानमन्त्री घोषणा गरेर जाने प्रवृत्ति बढिरहेको बेला नेकपाले भने यसमा फरक धारणा राख्दै आएको छ ।
नेपाली कम्युनिस्ट पार्टीले आगामी चुनावबाट बहुमत ल्याउने दाबी गरेको छ। समाजवादको आधार तयार गर्ने गरि नेकपाले चुनावी तयारी तीब्र पारेको दाबी गर्न थालिएको छ ।
पार्टी अध्यक्ष प्रचण्ड बहुमतको दाबीबाट अर्कै बाटोमा पुगेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहविरुद्ध चर्को आरोपमा सक्रिय देखिएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टीमा चुरे भावर पार्टी समायोजन सहित सीपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेताहरुलाई पार्टीमा भित्र्याउदै घण्टी बजाएर मात्रै केहि नहुने भन्दै आक्रोशपूर्ण अभिव्यक्ति दिन थालेका छन् ।
नेकपाले देशभर आफ्नो पक्षमा माहोल बन्दै गएको दाबी गरेिरहेको छ । तर, प्रचण्डले पनि चुनावी माहोल गर्माउन थालेसंगै अभिव्यक्तिमा समेत रणनीति फेर्न थालेका छन् ।
फेरिदै प्रचण्ड
रास्वपा सभापति रवि लामिछानेको पक्षमा वकालत गर्ने गरेका प्रचण्ड रास्वपा केन्द्रित वक्तव्यमा उभिन थालेका छन् । बालेनलाई गणतन्त्रको सुन्दर फूल भन्ने गरेका प्रचण्ड पछिल्लो समय भने चर्किन थालेका छन् । प्रचण्डले चुनावि रणनीति अनुसार अघि बढ्दै गर्दा यसरी चर्किनुमा दुई कारण देखिन्छन्् । जसमा कारण यस्ता छन् ।
१. रेणु दाहालविरुद्ध रास्वपाले सोविता गौतमलाई उम्मेदवार बनाउनु– रेणु दाहाल चितवनमा अत्यधिक रुचाइएकी उम्मेदवारमा पर्छिन् । तर, रास्वपाले सोविता गौतमलाई उभ्याएपछि त्यस क्षेत्रको चुनाव चर्चा रोचक बन्दै गएको छ । रेणुलाई सहजै चुनाव जित्न सहज नहुने भन्न थालिएको छ ।
यसमा प्रचण्डमा स्वभाविक आक्रोश देखिन्छ । जसकारण प्रचण्ड रासव्पाविरुद्धको आक्रोश पोख्ने ठाउँमा पुगेको देखिन्छ । २. रुकुम पूर्वमा एमालेको निर्णय– रुकुम पूर्वमा उम्मेदवार बनेका प्रचण्डविरुद्ध एमालेले जनार्दन शर्माको प्रगतिशिल लोकतान्त्रिक पार्टीलाई सघाउने निर्णय खारेज गरेको छ । एमालेको यो निर्णयले प्रचण्डलाई चुनाव जित्न सहज हुनेछ । जसमा एमाले नेतृत्वले रास्वपाप्रति राख्दै आएको विमति जसरी नै प्रचण्डले रुकुम पूर्वको सहजतासंगै फायर खोलेको चर्चा चल्न थालेको छ ।
