काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोक प्रचण्डले विप्लवलाई पार्टी एकतामा आउन आह्वान गरेका छन् । पार्टी एकताको अन्तिम चरणमा पुग्नै लाग्दा विप्लवले अध्यक्ष पद नै दाबी गर्न थालेपछि बिग्रिएको सम्बन्धमा सुधार आउन सकेन् । आसन्न चुनावमा सहकार्यको प्रस्तावमा समेत विप्लव प्रचण्डभन्दा एमालेसमग नजिक जान खोजेपछि दुई नेताहरुबीच नोकझोक चलिरहेको छ ।
तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको प्रतिबन्धमा परेका नेत्रविक्रम चन्द विप्लच चुनावमा होमिएका छन् । आफूबाहेकका नेताहरुलाई चुनावमा उतारेका विप्लवले कुनै बेला देशको नेतृत्व गर्न चाहेको खुला दाबी गर्ने गर्थे ।
विप्लवले यस्तो दाबी गर्दै गर्दा उनले प्रचण्डको पक्षमा समेत अभिव्यक्ति दिन थालेका थिए । प्रचण्डविरुद्ध मुद्दा चल्ने, जनयुद्धमाथिका प्रश्नमा सार्वजनिक प्रश्न उठ्ने गरेको बेला प्रतिरक्षाको अग्रपंक्तिमा पनि विप्लव नै उत्रिने गरेका थिए ।
तर, यो सम्बन्ध लामो समय भने टिक्न सकेन् । एकता गर्ने भन्दै अन्तिम चरणमा पुगेर उनीहरु एक हुन सकेनन भने विप्लवले प्रचण्डबाट नै एकतामा सिरियसपना नदेखिएको आरोप लगाए ।
प्रचण्डले भने एकताको पक्षमा आह्वान गर्ने गरि नै रहेका देखिन्थे । तर, पछिल्लो समय प्रचण्ड पनि विप्लवलाई यताउता नगरी पार्टी एकतामा आउन भनिरहेका छन् । विप्लव निकट मानिने चिरन्जिवी ढकाल नेतृत्वका नेताहरुलाई पार्टीमा भित्र्याउदै प्रचण्डले विप्लवलाई एकताको अन्तिम चरणमा पुगेर बांगिएको विषयलाई बुझ्न पनि भनेका छन् ।
उसोतः ढकाल विप्लव निकट नेतामात्रै नभई उनी नेकपा माओवादीको तर्फबाट प्रतिनिधिसभातर्फ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा उम्मेदवार नै थिए । विप्वलले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीभन्दा पनि पहिले एकताको प्रयास गरेका थिए । तर, जेनजी आन्दोलनपछि विप्लवले पनि परिस्थिति फेरिएको र जनमत आफ्नो पक्षमा पर्ने ठानेपछि धेरै कुरा बिग्रिन पुग्यो ।
प्रचण्ड अब किनाराकृत बन्छन भन्ने ठानेपछि विप्लवले अध्यक्ष आफै बन्नुपर्ने प्रस्ताव राखेपछि प्रचण्ड विच्किन पुगे । माधव नेपालसहितका नेताहरुसंग एकता गर्दै अघि बढेका प्रचण्डले जेनजी आन्दोलनपछि विप्लवको स्ट्रेन्थ पनि बुझे ।
विप्लव आफैले चुनाव जित्ने निश्चित नहुँदा खड्गबहादुर विश्वकर्मा ’प्रकाण्ड’लाई चुनावमा पठाएका छन् । यस्तो अवस्थामा फेरि दुई नेताहरुको नोकझोक चर्किने स्थिति बन्न थालेको छ । केहि क्षेत्रमा पूर्वसहकर्मीहरुकै चुनावी प्रतिष्पर्धा हुने अवस्था छ भने चुनावी अंकगणित आफ्नो पक्षमा पार्न समेत नोकझोक बढ्ने अवस्था बन्ने देखिन्छ ।
