काठमाडौं - ८ का उम्मेद्वार खड्गीलाई मत माग्न कुलमान वसन्तपुरमा
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं क्षेत्र नं ८ का आफ्ना उम्मेदवार राजन खड्गीका लागि मत माग्दै वसन्तपुर पुगेका छन् । घिसिङ आफै काठमाडौं क्षेत्र नं ३ का उम्मेदवार हुन् ।
उज्यालो नेपाल पार्टीले देशभर १ सय २० स्थानमा उमेदवार उठाएको छ । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि स्थापना भएको उज्यालो नेपाल पार्टीले सुशासन, समृद्धि र सामाजिक न्यायको मुद्दामा जोड दिईरहेको छ ।
अध्यक्ष घिसिङले उज्यालो पार्टीका उमेदवारलाई मत दिएर देशलाई उज्यालो बनाउने अभियानमा साथ दिन अपिल गर्दै आएका छन् ।
प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२ १०:१५
प्रतिक्रिया दिनुहोस्
