काठमाडौं । फागुन २१ को निर्वाचन आउन अब ३५ दिन मात्रै बाँकी छ । देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा चुनावी परिणामको पुर्वानुमान बारे विश्लेषण हुन थालेका छन् । १० जिल्ला र १२ निर्वाचन क्षेत्र भएको कर्णाली प्रदेशमा कसको पल्ला भारी होला ? कांग्रेस, नेकपा र एमालेको दबदबा रहेको यो प्रदेशमा नयाँ भनिएको दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कस्तो प्रभाव पर्ला ?
परम्परागत राजनीतिक दलको दबदबा रहेको कर्णाली प्रदेशमा नयाँ र बैकिल्पक मानिएको रास्वपाले कत्तिको चुनौती देला ? अथवा गगन नेत्तृत्वमा रहेको परिवर्तित नेपाली कांग्रेस र नेकपाले आफ्नो विरासत जोगाउलान् ? चिन्ता र चासो बढ्दो छ । कर्णाली प्रदेशका १० जिल्लामा १२ वटा निर्वाचन क्षेत्र रहेका छन् । सुर्खेत र दैलेखमा समान दुई निर्वाचन क्षेत्र रहँदा अन्य आठ जिल्लामा एकएक निर्वाचन क्षेत्र छन् । १२ सिटमा १३१ जनाको उम्मेदवारी परेको छ ।
कर्णाली प्रदेशका मतदाता कति ?
निर्वाचन आयोगका अनुसार कर्णाली प्रदेशमा कुल १० लाख ३७ हजार २ सय ५० मतदाता रहेका छन् । त्यसमध्ये ५ लाख ९३ हजार ६१ जना महिला मतदाता छन् भने ५ लाख २७ हजार ८ सय ८६ पुरुष मतदाता रहेका छन् । ३ जना अन्य मतदाता रहेको कर्णालीमा नयाँ र पुराना बीच यसपटक कडा टक्कर हुने देखिन्छ । कर्णाली प्रदेशमा ९ सय ४१ मतदान स्थल रहँदा १४३७ मतदान केन्द्र रहेका छन् ।
२०७९ को निर्वाचन परिणाम कस्तो ?
२०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा चुनावमा कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमा कांग्रेस र तत्कालिन माओवादीले समान ४÷४ सिट हात पार्दा तत्कालिन नेकपा एसले ३ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले एक सिट हात पारेको थियो । उतिबेला संसदको दोस्रो ठुलो दल बनेको नेकपा एमाले कर्णाली प्रदेशको प्रत्यक्षतर्फ प्रतिनिधिसभामा निल हुन पुगेको थियो ।
यसपटक आशन्न निर्वाचनमा नयाँ मानिएका दल राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी र श्रम सस्कृति पार्टीले पनि आफ्ना उम्मेदवार उठाएका छन् । यसले कर्णाली प्रदेशको चुनावी माहोल थप रोचक बनेको छ । देशभरको नयाँ र पुराना विचको रोचक प्रतिष्पर्धा कर्णालीमा पनि देख्न पाइने भएको छ ।
कुन जिल्लामा कति मतदाता, कति उम्मेदवार र अघिल्लो चुनावको परिणाम कस्तो ?
हुम्ला
हुम्लामा फागुन २१ को चुनावका लागि ७ जनाको उम्मेदवारी परेको छ । ३४ हजार ३ सय ७२ मतदाता रहेको हुम्ला जिल्लामा १६ हजार ३ सय ५१ महिला र १८ हजार ३१ पुरुष मतदाता रहेका छन् ।
यस जिल्लामा २०७९ को चुनावमा तत्कालिन माओवादीका छिरिङ डडुल लामाले १४ हजार ३ सय ७१ मतका साथ बाजी मारेका थिए । उनको प्रतिद्घन्दी एमालेका दल रावलले ९ हजार ५ सय १६ मत पाएका थिए । यहाँ ६० मतदान स्थल रहँदा ६४ मतदान केन्द्र रहेका छन् ।
डोल्पा
डोल्पामा ९ जनाको उम्मेदवारी परेको छ । २४ हजार १ सय १५ मतदाता रहेको डोल्पामा महिला १२ हजार १ सय ८७ र पुरुष ११ हजार ९ सय २८ मतदाता रहेका छन् ।
२०७९ को चुनावमा तत्कालिन नेकपा एसका धनबहादुर बुढाले ११ हजार २ सय ९२ मत प्राप्तगर्दै बाजी मार्दा नेकपा एमालेका गणेश बहादुर शाहीले ५ हजार ५ सय ५ मत सहित पराजय भोगेका थिए । यहाँ ६८ मतदान स्थल रहँदा ६८ मतदान केन्द्र रहेका छन् ।
मुगु
मुगुमा यसपटक ७ जनाको उम्मेदवारी परेको छ । ३६ हजार ६१ मतदाता रहेको मुगुमा महिला १७ हजार २ सय ३३ र पुरुष १८ हजार ५ सय ९८ मतदाता रहेका छन् ।
०७९ को चुनावमा नेपाली कांग्रेसका ऐन बहादुर शाहीले १४ हजार ७ सय ६ मतका साथ बाजी मार्दा पराजित भएका एमालेका राज बहादुर कार्कीले १० हजार ७ सय १० मत प्राप्त गरेका थिए । यहाँ ६७ मतदान स्थल रहँदा ६९ मतदान केन्द्र रहेका छन् ।
जुम्ला
जुम्लामा १० जनाको जनाको उम्मेदावरी परेको छ । ७१ हजार ७ सय ३९ मतदाता रहेको कर्णाली प्रदेशमा ३४ हजार २ सय ८० महिला र ३७ हजार ४ सय ५९ पुरुष मतदाता संख्या रहेका छन् ।
अघिल्लो चुनावमा राप्रपाका ज्ञानबहादुर शाहीले हलो चुनाव चिन्हमा भारी मतान्तरले बाजी मारेका थिए । शाहीले २२ हजार ८ सय १९ मतका साथ जित हासिल गर्दा तत्कालिन माओवादीका गोमा गौतम कुँवरले ११ हजार ९ सय ५९ मत सहित दोस्रो भएकी थिइन् ।
यसपटक जुम्लाको चुनावलाई चासो पुर्वक हेरिएको छ । चर्चित अनुहार ज्ञानेन्द्र दोहोरिन्छन् या अन्य कसैले विजयको झण्डा गाड्छ रोचक बनेको छ । यहाँ ८३ मतदान स्थल रहँदा १०८ मतदान केन्द्र रहेका छन् ।
कालिकोट
कालिकोटमा १० जनाको उम्मेदवारी परको छ । ८४ हजार ६ सय ४६ मतदाता रहेको कालिकोटमा महिला ४० हजार ४३ र पुरुष ४४ हजार ६ सय ३ मतदाता रहेका छन् ।
२०७९ को चुनाजमा तत्कालिन माओवादीका महेन्द्र बहादुर शाहीले २३ हजार ७ सय २७ मतका साथ बाजी मार्दा एमालेमा नगीन्द्र शाहीले १६ हजार ७ सय १८ मत पाउँदै पराजय भोगेका थिए । यहाँ १०३ मतदान स्थल रहँदा १२७ मतदान केन्द्र रहेका छन् ।
जाजरकोट
जाजरकोटमा ११ जनाको उम्मेदवारी परेको छ । एक लाख ७ हजार ९१ मतदाता रहेको जाजरकोटमा महिला ५० हजार ३ सय ८४ र पुरुष ५६ हजार ७ सय ५ मतदाता रहँदा अन्यमा दुई मतदाता रहेका छन् ।
०७९ को चुनावमा जाजरकोटबाट तत्कालिन माओवादीका शक्तिबहादुर बस्नेतले ३२ हजार १ सय ५१ मतका साथ बाजी मार्दा प्रतिद्घन्दी एमालेका निरज प्रसाद आर्चाय २५ हजार १ सय २० मतका साथ पराजय भोगे । यहाँ ८८ मतदान स्थल रहँदा १४६ मतदान केन्द्र रहेका छन् ।
सल्यान
सल्यानमा १४ जनाको उम्मेदवारी परेको छ । एक लाख ६२ हजार ४ सय ४९ मतदाता रहेको सल्यानमा महिला ७९ हजार १ सय २८ र पुरुष ८३ हजार ३ सय २१ मतदाता रहेका छन् ।
अघिल्लो पटकको चुनावमा तत्कालिन नेकपा एसका प्रकाश ज्वाला ३५ हजार ७ सय ७ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्घन्दी पुतली चुनाव चिन्हका स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाहले १९ हजार ७ सय ९२ मतका साथ दोस्रो भएका थिए । यहाँ ११७ मतदान स्थल रहँदा २०५ मतदान केन्द्र रहेका छन् ।
रुकुम पश्चिम
रुकुम पश्चिममा १२ जनाको उम्मेदवारी परेको छ । एक लाख ६ हजार ६ सय ६० मतदाता रहेको रुकुम पश्चिममा महिला ५२ हजार ३ सय ९६ र पुरुष ५४ हजार २ सय ६३ र एक जना अन्य मतदाता रहेका छन् ।
अघिल्लो पटकको चुनावमा तत्कालिन माओवादीका जनार्दन शर्मा प्रभाकरले ३९ हजार ५ सय ४९ मतका साथ सानदार जित निकाल्दा एमालेमा नन्दराम देवकोटा १२ हजार ९ सय ६२ मतका साथ दोस्रो भएका थिए । यहाँ ७६ मतदान स्थल रहँदा १४० मतदान केन्द्र रहेका छन् ।
दैलेख–१ र दैलेख–२
दैलेख १ मा १० जनाको उम्मेदवारी पर्दा दैलेख २ मा ११ जनाको उम्मेदवारी परेको छ । जिल्लाभरी एक लाख ६१ हजार २ सय ४ मतदाता रहेको दैलेखमा महिला ८० हजार एक सय ५ र पुरुष ८१ हजार ९९ मतदाता रहेका छन् ।
अघिल्लो पटकको चुनावमा दैलेख १ बाट तत्कालिन नेकपा एसका अम्मर बहादुर थापा १८ हजार २ सय ९७ मतका साथ विजयी हुँदा एमालेका रविन्द्र राज शर्मा १७ हजार ४ सय ४५ मतका साथ दोस्रो भएका थिए ।
दुई नम्बरबाट नेपाली कांग्रेसका दिक्पाल शाही २० हजार १ सय ८३ मतका साथ विजयी भएका थिए भने एमालेका लक्ष्मी प्रसाद पोखरेल २० हजार १६ मतका साथ दोस्रो भएका थिए । यहाँ १३९ मतदान स्थल रहँदा २०८ मतदान केन्द्र रहेका छन् ।
सुर्खेत–१ र सुर्खेत २
सुर्खेत १ बाट १३ जनाको उम्मेदवारी पर्दा सुर्खेत २ बाट १७ जनाको उम्मेदवारी परेको छ । जिल्लाभर २ लाख ४८ हजार ९ सय ४३ मतदाता रहेको सुर्खेतमा महिला १ लाख २७ हजार ५४ र पुरुष १ लाख २१ हजार ८ सय ८९ मतदाता रहेका छन् । ०७९ को चुनावमा सुर्खेत १ बाट नेपाली कांग्रेसका पुर्णबहादुर खड्काले ४२ हजार ६ सय ७ मतका साथ बाजी मार्दा निकटतम् प्रतिद्घन्दी एमालेका ध्रुबकुमार शाहीले ३० हजार ९ सय ८८ मत पाएका थिए ।
सुर्खेत २ मा कांग्रेसकै हृदयराम थानीले ३४ हजार ६ सय २५ मतका साथ बाजी मार्दा एमालेका अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार ५ सय ५८ मतका साथ दोस्रो भएका थिए । यहाँ १४० मतदान स्थल रहँदा ३०२ मतदान केन्द्र रहेका छन् ।
