काठमाडौं । परम्परागत राजनीतिक दलहरुको दबदबा रहेको कर्णाली प्रदेशमा नयाँ र बैकिल्पक मानिएको रास्वपाले आशन्न निवाचनमा कत्तिको चुनौती देला ? अथवा गगन थापाको नेत्तृत्वमा रहेको परिवर्तित नेपाली कांग्रेस र नेकपाले आफ्नो विरासत जोगाउलान् ?
चिन्ता र चासो बढ्दो छ । कर्णाली प्रदेशका १० जिल्लामा १२ वटा निर्वाचन क्षेत्र रहेका छन् । १२ सिटमा १३१ जनाको उम्मेदवारी परेको छ । आज हामी चर्चा गर्नेछौँ सुर्खेत १ को । २०७९ को चुनावमा दुबै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवारले बाजी मारेका थिए ।
फागुन २१ को आमचुनावले कर्णाली प्रदेशलाई पनि छोइसकेको छ । १० जिल्लाका निर्वाचन क्षेत्रका १३१ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।
मुलधारका राजनीतिक दल मानिने कांग्रेस, एमाले र नेकपाको दबदबा रहने कर्णालीमा यस पटक नयाँ भनिएका दलहरु रास्वपा, उज्यालो नेपाल पार्टी र श्रम संस्कृति पार्टीले पनि पाइला टेकेका छन् ।
नयाँ र पुरानाको अग्नि परिक्षा हुन ३४ दिन बाँकी हुँदा कांग्रेसलाई विरासत जोगाउनु पर्ने चुनौती छ । विभिन्न १७ घटक मिलेर बनेको नेकपा बलियो बन्दा एमाले माथि दबाब सिर्जना हुने देखिन्छ । अव चर्चा गरौँ सुर्खेत १ को चुनावी अंकगणीत र हिसावकिताब ।
मतदाता र अघिल्लो चुनावी परिणाम कस्तो ?
कर्णाली प्रदेशको राजधानी समेत रहेको जिल्ला हो, सुर्खेत । यहाँ, सुर्खेत १ र सुर्खेत २ गरी दुई निर्वाचन क्षेत्र रहेका छन् । भौगोलिक र सांस्कृतिक रुपमा भरीपूर्ण यो जिल्ला नेपाली कांग्रेसको पकड मानिन्छ । जिल्लाभर २ लाख ४८ हजार ९ सय ४३ मतदाता रहेको सुर्खेतमा महिला १ लाख २७ हजार ५४ र पुरुष १ लाख २१ हजार ८ सय ८९ मतदाता रहेका छन् ।
०७९ को चुनावमा सुर्खेत १ बाट नेपाली कांग्रेसका पुर्णबहादुर खड्काले ४२ हजार ६ सय ७ मतका साथ बाजी मार्दा निकटतम् प्रतिद्घन्दी एमालेका ध्रुबकुमार शाहीले ३० हजार ९ सय ८८ मत पाएका थिए ।
सुर्खेत २ मा कांग्रेसकै हृदयराम थानीले ३४ हजार ६ सय २५ मतका साथ बाजी मार्दा एमालेका अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार ५ सय ५८ मतका साथ दोस्रो भएका थिए ।
यहाँ १४० मतदान स्थल र ३०२ मतदान केन्द्र रहेका छन् । आसन्न चुनावका लागि सुर्खेत १ नम्बरमा १३ जनाको उम्मेदवारी परेको छ । यहाँ गुर्भाकोट नगरपालिका, भेरीगङ्गा नगरपालिका, सिम्ता गाउँपालिका, चिङ्गाड गाउँपालिका, लेकबेसी नगरपालिका र वीरेन्द्रनगर नगरपालिकाका वडा नं १५ र १६ समावेश छन् ।
फागुन २१ को चुनावका उम्मेदवार को को ?
–नेकपा एमालेको तर्फबाट धु्रवकुमार शाही
–नेपाली कांग्रेसबाट विष्णु बहादुर खड्का
–नेपाली कम्युनिष्ट पार्टीबाट जितबहादुर राना
–राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर सिंह ठकुरी
–राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रवि हमाल ठकुरी
–जसपा नेपालबाट धनसिं सार्की
–नेमकिपाबाट गज बहादुर खप्तडी मगर
–राष्ट्रिय जनमोर्चाबाट मोहन थापा
–श्रम संस्कृति पार्टीबाट वीर बहादुर राना
–मितेरी पार्टी नेपालबाट प्रकाश बुढा मगर
–नेकपा माओवादीबाट हिरु शाही
–उज्यालो नेपाल पार्टीबाट ठम्मरबहादुर शाही
–आजपाबाट रमेश सेन्चुरी उम्मेदवार रहेका छन् ।
कसको पल्लाभारी ?
सुर्खेत एक नम्बर क्षेत्रको विगत हेर्न हो भने एमाले र कांग्रेस विच ०४८ साल यताका चुनावमा कडा प्रतिष्पर्धा हुँदै आएको देखिन्छ । यहाँका मतदाताले फेरीफरी एमाले–कांग्रेसलाई पालीपालो जिताउने गरेका छन् ।
यस् पटक भने चुनावी परिणाम अलि भिन्न आउने आंकलन गर्न थालिएको छ । कांग्रेस भित्रको असन्तुष्टि र एमालेको घट्दो लोकप्रियताले नेपाली कम्युनिष्ट पार्टीलाई फाइदा पुग्ने सम्भावना छ ।
साथमा राप्रपा, रास्वपा, उनेपा र श्रम संस्कृतिका उम्मेदवारले पनि चुनौती दिनेछन् । मत परिवर्तनको रणनीतिले ठुलै बदलाव आउने विश्लेषण भइरहेको छ । यद्यपी मतदाता स्तरमा त्यसको कत्तिको असर पर्ने भन्ने कुराले निर्भर गर्नेछ । एमालेका धुर्व घायल उम्मेदवार हुन् भने कांग्रेसका खड्का आफ्ना दाई पुर्णबहादुरको लिगेसी जोगाउने ध्याउन्नमा हुनेछन् ।
तत्कालिन नेकपा एस र माओवादी एकताले बलियो दाबेदारी दिएका नेकपाका जितबहादुरले पनि चुनौती दिनेछन् । साथमा राप्रपाका २८ बर्षीय युवा उम्मेदवार रवि हमालले पनि बलियो दाबेदारी प्रस्तुत गर्नेछन् ।
घायल धु्रव खड्का परिवारको विरासत ढाल्ने योजनामा
सुर्खेत १ मा नेपाली कांग्रेसका निवर्तमान कार्यावाहक सभापति पुर्णबहादुर खड्का र नेकपा एमालेका धु्रवबहादुर शाही बीच विगतमा कडा टक्कर हुँदै आएको छ । अघिल्ला चुनावी परिणाम पल्टाउने हो भने कहिले खड्का र कहिले शाही घायल बनेको नतिजा छन् । ०४८ मा खड्काले बाजी मार्दै उक्त क्षेत्रलाई कांग्रेसको गढका रुपमा स्थापित गर्न सफल भएका थिए ।
तर ०६४ को संविधानसभा चुनावमा एमालेबाट कमला शर्माले बाजि मार्न सफल भएकी थिएन् । २०७० को चुनावमा खड्काले पुनः कमब्याक गरे । ०७४ को चुनावमा एमालेका शाहीले खड्कालाई हराउँदै पार्दै बाजी मारेपनि ०७९ को चुनावमा खड्काले उनै शाहीलाई पछारे । यसरी एकले अर्कालाई घायल पार्ने शृङ्खलामा पुर्णबहादुरको ब्रेकले चुनावी माहोल थपा रोमाञ्चक बन्दै गएको छ ।
नयाँको प्रभाव पर्ला ?
०४८ देखि ०७९ को चुनावसम्म आइपुग्दा कांग्रेस–एमालेले नै विजयी भएको यो निर्वाचन क्षेत्रमा यस्पटक परिवर्तित नतिजा आउने अनुमानसम्म गर्न थालिएको छ ।
देशभर बजेको परिवर्तनको आवाजले यहाँका मतदाताले कांग्रेस एमाले छाडेर तारा, हलो, घण्टी, चिम या माटो रोज्न सक्लान् भन्ने प्रश्नचिन्ह खडा भएको छ । तर कांग्रेस–एमालेको लिगेसी भन्दा बाहिर चुनावी परिणाम जाने सम्भावना कम नै रहेको नेताहरुले दाबी गर्दै आएका छन् ।
अर्काेतर्फ केन्द्रको एकताले कर्णाली प्रदेशमै नेपाली कम्युष्टि पार्टी बलियो बनेको बताइन्छ । यस्तो अवस्थामा पुराना छाडेर नयाँतर्फ मतदाताको मन बस्यो भने आश्चार्य मान्नुपर्ने देखिन्न ।
२०७९ को चुनावमा दलहरुले पाएको जनमत कस्तो ?
२०७९ मंसिर ४ मा भएको आमचुनावमा कांग्रेसका पुर्णबहादुर खड्काले ४२ हजार ६ सय ७ मतका साथ बाजी मारेका थिए । निकटतम् प्रतिद्घन्दी एमालेका ध्रुबकुमार शाहीले ३० हजार ९ सय ८८ मत साथ पराजय भागेका थिए ।
रास्वपाका मोहम्मद हसरफ अलीले ८९७ मत पाएका पाउँदा राप्रपाका छत्रपति थापा क्षेत्रीले ६ सय ५३ मत पाएका थिए । जसपा नेपालका कर्ण बहादुर थापाले ३५० मत पाउँदा नेमकिपाका प्रेमकुमार थापाले ५९ मत पाएको नतिजा छ ।
यस्तो अवस्थामा पछिल्लो समय नेपालको बललिँदो राजनीतिक परिस्थितिका विच सुर्खेतमा नयाँ र पुराना विचको प्रतिष्पर्धा निकै रोचक हुने देखिएको छ ।
