News 24 Television
दैलेख चुनावी माहोलः कांग्रेस–एमालेलाई नयाँको चुनौती

काठमाडौं । आसन्न चुनावको लहर देशैभर छाइरहँदा दैलेखमा पनि चुनावी ताप उच्च बनेको छ । उम्मेदवारहरुले चुनावी प्रचारप्रसारलाई तीब्र पारेका छन् । एमाले र कांग्रेसको गढ मानिने दैलेखमा दुई निर्वाचन क्षेत्र छन् । अछिल्लो चुनावमा दैलेख १ बाट नेकपा एसका अम्मरबहादुर थापाले बाजी मार्दा दैलेख २ मा कांग्रेसका दिक्पालकुमार शाहीले बाजी मारेका थिए । 

यसपटक रास्वपाले परम्परागत दललाई टक्कर दिने विश्लेषण भइरहेका छन् । उसो त नेमकिपाको जनमतले पनि दैलेखको निर्वाचन रोचक बन्ने गरेको छ । 

प्राकृतिक ग्याँस र धार्मिक रुपमा परिचित दैलेखमा चुनावी सरगर्मी बढेको छ । परम्परागत राजनीतिक दलका उम्मेदवारदेखि नयाँ भनिएका दलहरुले फागुन २१ लाई केन्द्रमा राखेर मैदानमा होमिएका छन् । 

चुनावी घरदैलोदेखि प्रचारप्रचारमा सक्रिय बनेका दैलेखका उम्मेदवारलाई जनमत बटुल्न भ्याईनभ्याई छ । दुई निर्वाचन क्षेत्र रहेको दैलेखको क्षेत्र नम्बर क्षेत्रमा १० जनाको उम्मेदवारी पर्दा २ नम्बर क्षेत्रमा ११ जनाको उम्मेदवारी परेको छ ।  

दैलेख–१ का उम्मेदवार 

एमालेबाट रविन्द्रराज शर्मा

नेपाली कांग्रेसबाट बासना थापा

नेपाली कम्युनिष्ट पार्टीबाट अमरबहादुर थापा

रास्वपाबाट नन्दकिशोर बस्नेत

राप्रपाबाट रणबहादुर सिंह

नेमकिपाबाट जगतबहादुर ओली 

राष्ट्रिय जनमोर्चाबाट नरबहादुर सिंह 

नेकपा माओवादीबाट रामलाल विश्वकर्मा

आजपाबाट मेनका श्रेष्ठ

र लोकबहादुर बोगटी– स्वतन्त्र 

दैलेख–२ का उम्मेदवार 

एमालेबाट लक्ष्मीप्रसाद पोखरेल 

कांग्रेसबाट दिक्पालकुमार शाही 

नेपाली कम्युनिष्ट पार्टीबाट योगेन्द्रबहादुर शाही 

रास्वपाबाट बखतबहादुर शाही 

राप्रपाबाट बविताकुमारी शाही 

नेमकिपाबाट बखतबहादुर थापा

राष्ट्रिय जनमोर्चाबाट कमलबहादुर बरैमगर 

नेकपा माओवादीबाट कमल सिंह

आजपाबाट तिर्थाकुमारी बंशीमगर वि.क.

स्वतन्त्रबाट लालबहादुर कठायत र हिमबहादुर शाही चुनावी मैदानमा छन् । दैलेखका लागि प्राकृतिक ग्याँसको उत्खनन्, धार्मिक र प्रर्यटकीय गन्तव्यको खोजी र त्यसका लागि प्राविधिक र काुननी आधारको अपेक्षा त्यहाँका नागरिकले गरेका छन् । 

एमाले र कांग्रेसको किल्ला मानिने दैलेखमा यसपटक नयाँले कत्तिको चुनौती देलान् चासो बढेको छ । एक लाख ६१ हजार २ सय ४ मतदाता रहेको दैलेखमा महिला ८० हजार एक सय ५ र पुरुष ८१ हजार ९९ मतदाता रहेका छन् । यहाँ १३९ मतदान स्थल रहँदा २०८ मतदान केन्द्र रहेका छन् । 

०७९ मा प्रत्यक्षतर्फको चुनावी परिणाम

दैलेख–१ मा ०७९ को चुनावमा तत्कालिन नेकपा एसका अम्मरबहादुर थापाले १८ हजार २ सय ९७ मतका साथ बाजी मारेका थिए । दोस्रो भएका एमालेका रविन्द्रराज शर्माले १७ हजार ४ सय ४५ मत पाउँदा राप्रपाकी कुन्तीकुमारी शाहीले ४ हजार ६ सय १२ र नेमकिपाका प्रकाश गुरुङले ६ सय ९८ मत पाएका थिए । 

दैलेख–२ मा कांग्रेसका दिक्पाल कुमार शाही २० हजार १ सय ८३ मतका साथ विजयी भएका थिए । दोस्रो भएका एमालेका लक्ष्मीप्रसाद पोखरेलले २० हजार १६ मत पाउँदा नेमकिपाका केसेन्द्र प्रकाश कार्की ३ हजार ३८ र राप्रपाका बखत बहादुर भण्डारीले ७ सय १३ मत पाएका थिए । 

दैलेख–१ को समानुपातिक मत 

०७९ को प्रतिनिधिसभा चुनावमा नेकपा एमालेले दैलेख–१ बाट सर्वाधिक १६ हजार ३ सय १३ मत पाएको थियो । दोस्रोमा रहेको नेपाली कांग्रेसले १५ हजार ८ सय ३७ मत पाउँदा, तत्कालिन नेकपा एसले ३ हजार १ सय ६६, तत्कालिन माओवादीले २ हजार ६ सय ४५ मत, राप्रपाले १ हजार ८ सय ५४, रास्वपाले ८ सय ८७ र नेमकिपाले ६ लय ४४ मत पाएका थिए । 

दैलेख–२ को समानुपातिक मत 

०७९ को प्रतिनिधिसभा चुनावमा नेकपा एमालेले दैलेख–२ बाट सर्वाधिक १७ हजार ३ सय १७ मत पाएको थियो । दोस्रोमा रहेको नेपाली कांग्रेसले १५ हजार ५ सय ४ मत पाउँदा तत्कालिन माओवादीले ६ हजार ३ सय ५३ मत, नेमकिपाले ३ हजार ८ सय ९८, नेकपा एसले १०७५, रास्वपा ९सय ५ र राप्रपाले १ सय १८ मत पाएका थिए । 

अघिल्ला निर्वाचन नतिजा कस्तो ? 

०४८ देखि ०७९ सम्मको चुनावी नतिजा हेर्दा दैलेख–१ मा एमालेले तीन पटक, कांग्रेसले दुई पटक र तत्कालिन नेकपा एसले एक पटक बाजी मारेका छन् । 

०४८ मा नेपाली कांग्रेसका गणेशबहादुर खड्का

०५६ मा नेकपा एमालेका नरबहादुर हमाल 

०६४ मा नेपाली कांग्रेसका गणेशबहादुर खड्का

०७० मा नेकपा एमालेका अमरबहादुर थापा

०७४ मा नेकपा एमालेका रवीन्द्रराज शर्मा 

०७९ मा तत्कालिन नेकपा एसका अम्मरबहादुर थापाले 

बाजी मारेका थिए ।  

त्यसैगरी, दैलेख–२ मा कांग्रेसले तीन पटक, एमाले दुई पटक र नेमकिपाले एक पटक जित निकालेका छन् । 

०४८ मा नेपाली कांग्रेसका रंगबहादुर शाही 

०५१ मा नेमकिपाका विनोदकुमार शाह

०५६ मा नेपाली कांग्रेसका शिवराज जोशी

०६४ मा नेकपा एमालेका राजबहादुर बुढा

०७० मा नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल 

०७४ मा तत्कालिन नेकपाका राजबहादुर बुढा 

०७९ मा नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले बाजी मारेका थिए ।  

दुबै निर्वाचन क्षेत्रको अघिल्ला नतिजाले भन्छ– त्यँहाका मतदाताले कांग्रेस–एमालेलाई आलोपालो प्रतिनिधिका रुपमा अवसर दिएका छन् । यसपटक देशभर फैलिएको परिवर्तनको रापतापले दैलेखलाई कत्तिको छुनेछ भन्ने कुराले नै त्यहाँको निर्वाचन परिणाममा प्रभाव पार्नेछ । अर्काेतर्फ कर्णाली प्रदेशका जिल्लाहरुमा शहरमा जस्तो आमनागरिकमा परिवर्तनको सन्देश पुग्न सकेको छैन । 

यस्तो अवस्थामा कांग्रेस, एमाले र नेकपाकै हातमा चुनावी नतिजा आउने विश्लेषण भइरहेका छन् । यद्यपी यसको निक्र्याेल भने फागुन २१ को चुनावी नतिजाले गर्नेछ ।

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update