News 24 Television
जुम्ला चुनावी भिडन्त, राप्रपा, नेकपादेखि रास्वपा नतिजा निकाल्ने दाउमा, सम्भावना कसको ?

काठमाडौं । खस सभ्यताको जननीका रुपमा परिचित जुम्लामा चुनावी रौनक बढेको छ । आसन्न फागुन २१ को चुनावका लागि १० जनाको उम्मेदवारी परेको जुम्लामा घरदैलो, सभा, गोष्टी र प्रचारप्रसारले तीब्रता पाएको छ । 

जुम्लामा विशेषगरी राप्रपाका ज्ञानबहादुर शाही र नेपाली कम्यष्टि पार्टीका नरेश भणडारीबीच कडा टक्कर हुने विश्लेषण भइरहेको छ । एमाले, कांग्रेस र रास्वपाले पनि बलियो दावेदारी प्रस्तुत गरेका छन् । 

जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही “ज्ञानेन्द्र” रक्षात्मक बन्दा नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारी विरासत ब्युँताउने राणनीतिमा छन् । कांग्रेसका दिप बहादुर शाही र एमालेका शान्तिलाल महत पनि चुनावी नतिजा आफ्नो पक्षमा पार्ने ध्याउन्नमा छन् ।

घण्टी चुनाव चिन्हकी विनिता कठायत परम्परागत राजनीतिको विरासत ढाल्ने योजनामा हँदा जुम्लाको चुनावी माहोल रोचक देखिएको छ । तत्कालीन माओवादी, एमाले र कांग्रेसको दबदबा रहेको जुम्लामा ०७९ को चुनावमा राप्रपाका ज्ञानेन्द्रले सबैलाई छक्क पार्नेगरी बाजी मारेपछि यो निर्वाचन क्षेत्रको चर्चा ह्वात्तै बढेको थियो । 

परम्परगत राजनीतिको किल्लामा सांगठनिक प्रतिकुलतामा पनि सांसद बनेका शाहीलाई यस्पटक जित निकाल्न गाह्रो रहेको विश्लेषण पनि भइरहेका छन् । सुरुमा अघिल्लो निर्वाचनको परिणाम बारे चर्चा गरौँ । 

अघिल्लो निर्वाचनको परिणाम कस्तो ?

०७९ मंसिर ४ मा भएको आमचनुनाव कांग्रेस, तत्कालिन माओवादी र एमालेलाई छक्क पार्दै राप्रपाबाट ज्ञानेन्द्र शाहीले बाजी मारेका थिए । २२ हजार ८ सय १९ मतका साथ ज्ञानेन्द्र विजयी हुँदा तत्कालीन नेकपा माओवादीकी गोमा गौतम कुँवर ११ हजार ९ सय ५९ मतका साथ दोस्रो भएकी थिइन् । 

एमालेका रतन नाथ योगीले ६ हजार ५ सय २८ मत पाउँदा नेमकिपाका डिल्ली प्रसाद काफ्लेले ९ सय ५५ र स्वतन्त्र लडेका डा. कल बहादुर रोकायाले ५ सय ४५ मत पाएका प्राप्त गरेका थिए । समानुपतिकमा मतको हिसाव गर्नेको अघिल्लो निर्वाचनमा एमाले पहिलो भएको थियो । 

एमालेले १० हजार ५ सय ४८ मत प्राउँदा कांग्रेसले १० हजार ४ सय ७६ मत, तत्कालीन माओवादीको ८ हजार ९ सय ६०, राप्रपाको ५ हजार ७ सय ९६, तत्कलिन नेकपा एसको २ हजार ६ सय ४८ र नेमकिपाको २ हजार ४८ रहेको छ । 

फागुन २१ को चुनावका उम्मेदवार

–नेपाली कम्युष्टि पार्टीबाट नरेश भण्डारी

–नेपाली कांग्रेसबाट दिप बहादुर शाही 

–नेकपा एमालेबाट शान्ति लाल महत

–राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञान बहाहदुर शाही 

–राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विनिता कठायत

–नेमकिपाबाट विर्ष बहादुर रावत

–प्रलोपाबाट मनऋषि धिताल

–नेपाल जनता पार्टीबाट रनील विक्रम शाही 

–नेकपा माओवादीबाट बिर्ख बहादुर शाही 

–र स्वतन्त्रबाट भक्त बहादुर रावल

अघिल्लो निर्वाचन जस्तै यसपटक जुम्लामा ज्ञानेन्द्र भर्सेस नरेश हुने अवस्था देखिएको चर्चा चलिरहेको छ । सांगठनिक र राजनीतिक संघर्षले भरिएका नरेश र भ्रष्ट्रचार र ब्यथितिबारे चर्काे बोलेर लोकप्रिय बनेका ज्ञानेन्द्र दुबैका लागि यो चुनाव विशेष मानिन्छ । भण्डारी ०६४ र शाही ०७९ मा सांसन बनिसकेकाले जुम्लेली जनताको रोजाईमा को पर्ला भन्ने चासो पनि उत्तिकै छ । तर दुबै नेता जित सुनिश्चि रहेको दाबी गरिरहेका छन् । 

शाही र भण्डारीका अलवा रास्वपाकी विनिता कठायतले पनि जित निकाल्ने दाबी गरिरहेकी छिन् । देशभरी आएको परिवर्तनको बाढिले आफुन जित्नेमा ढुक्क रहेको सार्वजनिक रुपमा उनले अभिव्यक्ति दिने गरेकी छिन् । 

उता, विघटित प्रतिनिधिसभाका शीर्ष दुई दल कांग्रेसका दिप बहादुर शाही र एमालेका शान्ति लाल महतको पनि उत्तिकै दाबेदारी रहेको छ । सांगनिक रुपमा मजबुत रहेका यी दुई उम्मेदवारलाई मतदाताले कत्तिको विश्वास गर्छन् भन्ने कुरामा निर्भर हुनेछ । 

जुम्लामा कति छन् मतदाता ? 

निर्वाचन आयोगका अनुसार ७१ हजार ७ सय ३९ मतदाता रहेको जुम्लामा ३४ हजार २ सय ८० महिला र ३७ हजार ४ सय ५९ पुरुष मतदाता संख्या रहेका छन् । यहाँ ८३ मतदान स्थल रहँदा १०८ मतदान केन्द्र रहेका छन् । 

अघिल्ला निर्वाचनको परिणाम कस्तो ? 

०४८ देखि ०७९ को चुनावको नतिजा हेर्दा तत्कालीन नेकपा माओवादीले तीनपटक, नेपाली कांग्रेले दुई पटक बाजी मार्दा नेमकिपा र एमालेले समान एक पटक जित्न सफल भएका छन् ।

–०४८ मा नेमकिपाका डिल्लीबहादुर महत

–०५१ मा कांग्रेसका भक्तबहादुर रोकाय

–०५६ मा एमालेका देवीलाल थापा

–०६४ मा तत्कालिन माओवादीका नरेश भण्डारी

–०७० मा कांग्रेसका ललितजंग शाही

–२०७४ मा तत्कालिन माओवादीका गजेन्द्रबहादुर महत

–र ०७९ राप्रपाका ज्ञानाबहादुर शाहीले 

जित हासिल गरेका छन् ।

 

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update