News 24 Television
निर्वाचनलाई लक्षित गरी दोलखामा करिब १ हजार सेना परिचालन

दोलखा । नेपाल सरकारको निर्णयअनुसार आगामी फाल्गुण २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्नका लागि दोलखा जिल्लामा नेपाली सेनाको परिचालन गरिएको छ।

निर्वाचन सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले करिब एक महिना अगाडिदेखि, अर्थात् २०८२ माघ २१ गतेदेखि दोलखा जिल्लामा करिब १ हजार जना नेपाली सेना परिचालन गरिएको सम्बन्धित निकायले जनाएको छ। जिल्लाको भौगोलिक अवस्था र संवेदनशीलतालाई मनन गर्दै सुरक्षाको विशेष व्यवस्था गरिएको हो।

Sena1-1770214140.JPG
सुरक्षा निकायहरूबीचको समन्वयमा सेना परिचालन गरिएको जनाउँदै निर्वाचन अवधिभर शान्ति सुरक्षा कायम राख्ने, मतदाता तथा उम्मेदवारको सुरक्षामा ध्यान दिने र निर्वाचन प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न गराउने लक्ष्य रहेको बताइएको छ।

निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीय बनाउन प्रशासन, सुरक्षा निकाय तथा सरोकारवाला सबै पक्षलाई सहयोग गर्न आग्रह गरिएको छ।

88a9a282-23d3-40c1-a4db-3510000801c5-1770214148.jpg
 

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update