News 24 Television
बादलको सनसनीपूर्ण दाबी, देश संकटतर्फ !

काठमाडौं । निर्वाचनको मिति नजिकिँदै जाँदा नेकपा एमालेले सरकारमाथि कडा टिप्पणी दिन थालेको छ । संसद पुनस्र्थापनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले चाँडै फैसला गर्नुपर्ने बताउँदै एमालेले सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक, देश जलाउनेहरूको सरकार र देशलाई गम्भीर संकटतर्फ धकेलिरहेको आरोप लगाएको छ । 
 
नेकपा एमालेले सुशीला कार्की नेतृत्व सरकार असंबैधानिक भएको भन्दै मुलुकलाई थप संकट तर्फ धकेल्ने गरी मुलुक भित्रका राजनीतिक गतिविधि अगाडी बढेको बताएको छ । 

बुधबार एमाले मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका चुनावी कमाण्डर रामबहादुर थापा बादलले सुशीला कार्की नेतृत्वको सकार देश जलाउनेहरुको सरकार रहेको आरोप लगाए । 

उनले यो सरकार दिन प्रतिदिन नांङ्गो बन्दै गएको भन्दै दुर्गा प्रसाईं देखि जेनजी अभियान्ताहरु र छिमेकी मुलुकहरुले समेत सरकारलाई नाङ्गो बनाउने काम गरेको दावी गरे । उनले सरकारका कदम मुलुकलाई थप संकट तर्फ धकेल्ने तर्फ केन्द्रीत रहेको समेत बताए । 

पत्रकार सम्मेलनमा बोल्दै थापाले आफ्नो पार्टीका अध्यक्ष विरुद्ध गलत भाष्य स्थापित गर्न खोजिएको बताउँदै अध्यक्ष ओलीलाई कमजोर बनाएर मुलुकलाई संकट तर्फ धकेल्ने काम भईरहेको दाबी गरे । 

बुधबार नै काठमाडौंमा आयोजित एमालेका काठमाडौँ उपत्यकाका उम्मेदवारहरुको पत्रकार सम्मेलनमा बोल्दै एमाले बरिष्ठ नेता ईश्वर पोखरेलले एमालेलाई सिध्याउने बाह्य षड्यन्त्र रहेको बताउँदै आन्तरिक एकतालाई सुदृढ बनाउँदै लैजाने जिकिर गरे । 

संसद पुर्नस्थापनाको मुद्दालाई कमजोर बनाउन खोजिएको एमाले सचिव महेश बस्नेतको भनाइ छ । कुनैपनि बहानामा सर्वाेच्च अदालत आफ्नो जिम्मेवारीबाट पन्छिन नपाउने सचिव बस्नेत बताउँछन् । 

संसद् विघटनसम्बन्धी मुद्दामा सर्वाेच्चले आफ्नो फैसला तत्काल दिनु पर्ने उनले बताउ । सरकार र निर्वाचन आयोगले तोकिएको समयमा नै निर्वाचन हुने दाबी गरिरहदाँ सरकारले नै विभिन्न बहाना बनाएर निर्वाचन सार्न खोजी रहेको एमालेको आरोप छ । मुलुकलाई संकटबाट टार्न संसद पुर्नस्थापनाको बिकल्प नरहेको एमालेको तर्क छ । 

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update