काठमाडौं । निर्वाचनको केहिदिन अघि मात्रै सभापतिको औपचारिकता पाएका गगन थापाले सरकारमा जाने विषयलाई भन्दा मूल्य, मान्यता र सिद्धान्तलाई अघि बढाउने भन्दै मत माग्न थालेका छन् । कांग्रेसको आन्तरिक विवादकाबीच चुनावमा होमिएका गगनले के कांग्रेसलाई स्थापित दलको रुपमा उभ्याउलान ? उनीहरुले मत माग्ने शैलीसंगै प्रतिबद्धताका फेहरिस्त समेत सार्वजनिक गर्न थालेका छन् ।
नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा गगन थापाले हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै चुनावी परिणाम आफ्नो पक्षमा पार्ने उपायमा काम गर्न थालेका छन् । कांग्रेसले सरकार बनाउने र सत्तामा जाने मात्रै काम नगर्ने तथ्य स्थापित गर्न गगनले गठबन्धन नगर्ने भनेका छन् ।
गगनले यस्तो जिकिर गर्दै गर्दा उनलाई साथ दिने नेताहरुले पनि अभिव्यक्तिमा ध्यान दिइरहेका देखिन्छन् । काठमाडौंबाट कांग्रेसको उम्मेदवार बनेका प्रदीप पौडेलले पनि कांग्रेसलाई मत दिने किन भन्ने विषयमा रचनात्मक विषय पेश गरिरहेका छन् । पौडेलले कांग्रेस जन्मको हिसाबले नयाँ भएपनि विचार र सिद्धान्तका आधारमा नयाँ भएको दाबी गरिरहेका छन् ।
उसोतः गगनले सिंहदरबार जल्दैन भन्ने कुराको ग्यारेन्टी गर्न पनि कांग्रेसले जित्नुपर्ने जिकिर गरिरहेका छन् । जेनजी आन्दोलनको बेलाको घटनालाई स्मरण गरेका गगनले रास्वपा लक्षित टिप्पणी गरेको चर्चा चलिरहेको छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह ’बालेन’ र रास्वपा सबापति रवि लामिछाने जेलबाट निस्किएको विषयलाई कांग्रेसले पछिल्लो समय सांकेतिक रुपमा प्रहारको विषय बनाइरहेको छ । जसमा कांग्रेसले आम मतदातालाई आश्वस्त पार्न यस्ता प्रयोगहरु समेत गरिरहेको छ ।
