काठमाडौं । दुर्गा प्रसाई पक्राउ परेपछि यो विषयमा अनेक चर्चा शुरु भएका छन् । चुनावले देशलाई निकास नदिने दाबी गर्दै आएका प्रसाई निर्वाचन आयोगदेखि सरकारबारे अनेक टिप्पणीले चर्चामा छन् । उनी पटक–पटक पक्राउ समेत पर्ने गरेका छन् । तर, पछिल्लो समयको पक्राउको विषय भने रोचक र फरक पाइएको बताउन थालिएको छ ।
दुर्गा प्रसाईलाई प्रहरीले गएको शुक्रबार प्रहरीले चाल्नाखेलबाट पक्राउ ग¥यो । काठमाडौंबाट पर्साका लागि हिडेका प्रसाईलाई परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीको टोलीले पक्राउ गरेको थियो । तर, प्रसाईलाई के कसुरमा पक्राउ गरियो भन्ने प्रहरीले खुलाएन ।
प्रसाईले समेत पक्राउ पुर्जी माग्दा छ भनेको प्रहरीले उनलाई पक्राउको कारणबारे केन्द्रीय प्रवक्तालाई थाहा हुने बतायो । यसरी प्रसाई पक्राउ परेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आपत्ति जनाउदै रिहा गर्न माग गरे ।
लिङ्देनले विज्ञप्ति नै जारी गरेर प्रसाईलाई रिहा गर्न माग गरेका हुन् । दुर्गा प्रसाईलाई पटक–पटक पक्राउ गर्ने छाड्ने काम गर्न थालिएको छ । जसले प्रहरीले प्रसाईलाई पक्राउ गर्नुको कारण र आधार दिन नसक्ने स्थिति बन्दा प्रश्नहरु थप पेचिला बन्दै गएका छन् ।
प्रहरी नै अलमलमा
प्रहरीले प्रसाईलाई पक्राउ गरेको सूचना माग्दा अलमलपूर्ण जवाफ दिन थाल्यो । निर्वाचन आयोगले निगरानी राख्नु भनेका प्रसाईलाई प्रहरीले पक्राउ गरेको चर्चा समेत चलिरहेको छ। पक्राउको सूचना माग्नेलाई प्रहरिले साइबर कसुर वा निर्वाचनसम्बन्धि कसुरमा म्याद थप गरेर अनुसन्धान गर्ने भनिरहेको थियो । तर आयोगको निर्देशनमा पहिले नै प्रसाई पक्राउ परेपछि रिहा भइसकेका थिए ।
पक्राउको कनेक्सन ओलीसंग !
दुर्गा प्रसाईले बिहीबार एमाले अध्यक्ष केपी ओलीसंग तीन घण्टा बढि समय उनकै निवासमा छलफल गरेर फर्किएका थिए । ओलीसंगको छलफलपछि प्रसाई पर्सा पुगेर वीरगञ्जबाट निर्वाचनविरोधि गतिविधिमा सक्रिय हुने योजनाका साथ गएको सुरक्षा निकायले दाबी गरिरहेको छ।
प्रधानमन्त्री सुशीला कार्कीसंग भेट भएकै दिन एमाले अध्यक्ष केपी ओलीले प्रसाईलाई भेटेका थिए । यो कुरा सुरक्षा निकायले प्रधानमन्त्री कार्कीलाई ब्रिफिङ गरेपछि चुनावी गतिविधिमाथि खतरा हुन सक्ने निष्कर्षका साथ प्रसाईलाई पक्राउ गर्न निर्देशन दिएको बताइन्छ ।
ओलीसंगको भेटपछि प्रसाईले निर्वाचनविरोधि गतिविधि गर्न सक्ने विश्लेषणपछि स्थिति फरक हुन पुगेको बताइन्छ । ओलीसंग पछिल्लो समय प्रसाई क्रुद्ध थिए । दुईजनाबीच घोचपेच चलिरहेको बेला पछिल्लो समय भने ओलीले प्रसाईको पक्ष लिएको देखिन्छ । सरकारले पक्राउ गर्दा रिहाई गर्न माग समेत गरेका थिए ।
ओलीले यस्तो दाबी गरेको केहिदिन अघि मात्रै हो । तर, प्रसाईले नियमित रुपमै चुनाव नहुने दाबी गर्दै आएका थिए ।
चुनावी विषयमै ओली र लिङ्देनको भेट भएको सुरक्षा निकायको ब्रिफिङपछि स्थिति फेरिन पुगेको चर्चा चलिरहको छ ।
फागुन १ को चर्चा
फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत गर्न अपिल गरिएको छ । राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पूर्वराजालाई भव्य स्वागत गर्दै नविन समझदारीको दिशामा देश जाने संकेत मिलेको दाबी गरेका छन् । देशभरबाट राप्रपा र राजसंस्थावादीहरुलाई उपस्थितिको निम्तो नै दिइएको छ । फागुन १ मा नेकपाले समेत जनयुद्ध दिवस मनाउदैछ ।
नेकपाका संयोजक प्रचण्डले रुकुम पूर्वमा फागुन १ मा नै जनयुद्ध दिवस मनाउने दाबी गरिरहेको बेला फागुन १ मा राजसंस्थावादीको आह्वानले दुर्गा प्रसाईको पक्राउसंग गहिरो सम्बन्ध राख्ने बताइन्छ । उसोतः फागुन २१ को निर्वाचनलाई प्रभावित पार्न अनेक षडयन्त्र हुन थालेको सुरक्षा निकायको विश्लेषण थप बढ्न थालेको छ । प्रसाईले पनि पहिले हिन्दु अधिराज्य अनि चुनाव भन्दै आएका छन्। राजावादीहरुले हिन्दु राज्य भन्नु नै राजसंस्था हो भन्ने अर्थ लगाउने गर्छन् ।
