काठमाडौं । शीर्ष नेताहरुलाई चुनावी परिणामका कारण तनव बढन् थालेको देखिन्छ । नेताहरुले राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध राजनीतिक आक्रमण शुरु गरेका छन् । तर, के सर्वसाधारणले उनीहरुको कुरा सुन्ने धैर्यता राख्लान ? यो सवाल भने पेचिलो देखिन्छ । यद्यपी पूर्वप्रधानमन्त्रीदेखि अन्य नेताहरुले रास्वपाविरुद्धको प्रहारलाई नियमित र निरन्तर बनाउन थालेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको क्रेज बढिरहेको छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह ’बालेन’माथि सर्वसाधारणले धेरे भरोसा गरिरहेको देखिन्छ । तर, बालेन किन यसरी रुचाइने पात्रमा परिरहेका छन् ? यसको प्रष्ट जवाफ भने देखिन्न । तर, सर्वसाधारणमा रहेको यहि क्रेजका कारण शीर्ष नेताहरु त्रासमा देखिन्छन् ।
दुई पूर्वप्रधानन्त्रीहरुले रास्वपामाथिका पश्र्नहरु पेचिला बनाइरहेका छन् । उसोतः यसरी प्रश्न गर्नेमा दुई नेतामात्रै भने देखिन्नन् । कांग्रेसको रिफर्म गर्दै अगि बढ्छौं भनेका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई पनि तनाव भने चुलिएको देखिन्छ । उनीहरुले पनि निशाना रास्वपातर्फ नै केन्द्रीकृत गरेका छन् ।
नेताहरुले रास्वपामाथि निशाना किन साँधिरहेका छन् ? यो प्रश्नको जवाफ भने निर्वाचनको परिणामले नै दिने दाबी गर्ने गरिन्छ । नेताहरुले रास्वपा र विशेषतः बालेनविरुद्ध नै प्रहारलाई तीब्र पारेका छन् ।
केहिले त चुनावलाई समेत केहि समय धकल्ने प्रयास समेत भइरहेको आरोप समेत लगाइरहेका छन् । तर, सरकारले चुनाव सम्पन्न गराउने बहानामै जेनजी आन्दोलनको वास्तविकतामाथि सौदाबाजी गर्न थालेको चर्चा बढेको छ । चुनाव बनाउनकै लागि सरकारले जेनजी आन्दोलनको वास्तविकता बाहिर नल्याउने तयारी तीब्र पारेको छ भने दलहरुले पनि यसलाई हतियार बनाउने वा चुनाव केहि समय पछि सार्ने भन्ने विवाद भने चर्किदै गएको छ ।
किन डराउदैछन शीर्ष नेताहरु ?
राजनीतिक दलका शीर्ष नेताहरु डराएका देखिन्छन् । फागुन २१ का लागि तय चुनावबाट आफ्नो पक्षमा नतिजा नआउनेमात्रै नभई चुनावी उभार नै अन्यत्रै पुग्ने खतरा नेताहरुले देख्न थालेका छन् । एकाधबाहेक समानुपातिकतर्फको मत कमजोर बन्ने र शक्तिको बाँडफाँट समेत अनौठो बन्ने सम्भावनाका कारण पनि नेताहरु डराइरहेका छन् ।
चुनावलाई हतियार बनाएर सत्ताको भ¥याङ बनाउन कठिन हुने देखिएकै कारण उनीहरु राजनीतिक रुपमा अनेक लान्छाना लगाइरहेका छन् । यद्यपी रास्वपासंग देखिने गरि राजनीतक एजेण्डा र देश निर्माणको खाका भने सार्वजनिक भइसकेको छैन् ।
उभारमा जनमत, पछि निराशा !
पहिलो संविधानसभाको चुनावमा विद्रोहबाट शान्तिमा आएको तत्कालीन माओवादी ठूलो दल बन्यो । समानुातिकमा समेत उल्लेख्य मत प्राप्त ग¥यो । संविधान निर्माण हुन सकेन् । त्यसयताका चुनावमा प्रचण्ड नेतृत्वको पार्टी लगातार तेश्रो बन्ने गरेको छ । त्यसपछि २०७२ सालको बारतीय नाकाबन्दीमा एमालेबाट केपी ओलीले ठूलो राष्ट्रवादी नेताको ट्याग पाए ।
ओलीको विरुद्धमा बोल्न नै सक्ने स्थिति थिएन् । एमाले पहिलो पार्टी बन्न पुग्यो । एमाले पहिलो पार्टी बन्नुमा प्रचण्डको पनि साथ थियो । त्यसपछि भएको चुनावमा पनि एमालेले समानुपातिकतर्फ लोकप्रिय मत प्राप्त ग¥यो ।
कांग्रेस ठूलो पार्टी बन्यो । यस्ता घटनामा तीन नेताहरुले नै प्रधानमन्त्रीको पदलाई म्यूजिकल चेयर्सको रुपमा उपयोग गरिरहे । यस्ता कारण सर्वसाधारणमा देखिएको आक्रोश भदौ २३ र २४ गते विष्फोट भएको देखिन्छ । तर, त्यसपछि फेरि पहिलो संविधानसभाको जस्तै रास्वपाको क्रेज देखिन्छ ।
यो चुनावी परिणाम कसरी व्यक्त हुन्छ, त्यो हेर्न बाँकी भएपनि नेताहरुले आफूभित्र रहेको त्रास भने देखाउन थालेका छन् । तर, रास्वपासंग पनि खास एजेण्डा र उम्मेदवारहरु खास देखिन्नन् । कतै यो चुनावले पनि पहिलेकै जस्तो दृष्टान्त दिने त होइन ? डर भने जिवितै छ ।
