News 24 Television
विद्यार्थीलाई खेलप्रति आकर्षित गराउँदै स्थानीय तह

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकामा विद्यार्थीहरू पढाइसँगै खेलकुदमा पनि सक्रिय बन्दै गएका छन् । विद्यालयस्तरमै खेलकुदको वातावरण बनेपछि विद्यार्थीहरूमा उत्साह, अनुशासन र आत्मविश्वास बढेको देखिएको छ । 

महोत्तरी जिल्लाको मटिहानीका छात्रछात्रा पढ़ाई सँगै खेलकुदमा व्यस्त छन । शिक्षा आर्जन सँगै खेलकुदमा सहभागी हुने वातावरण बनेपछि विद्यार्थीहरुमा उत्साह देखिएको छ । 

मटिहानी नगरपालिकाले २०७४ सालदेखि आयोजना गर्दै आएको खेलकुद प्रतियोगितामा विद्यालयका छात्रछात्राहरुको सकारात्मक तथा उत्साहजनक सहभागिता रहदै आएको छ । मटिहानीमा आयोजना भएको आठौ राष्ट्रपति रनिंग शिल्ड प्रतियोगितामा यसवर्ष मटिहानीका पाँच विद्यालयका छात्रछात्रहरुको सहभागिता रहेको छ । 

प्रतियोगितामा भलीबाल, कबड्डी, दौड़, रिले दौड़, हाइ जम्प लङगजम्प गरी जम्मा २३ किसिमको खेल खेलाइने जनाईएको छ । खेलकुद प्रतियोगितामा सहभागी विद्यार्थीहरूले पढाइसँगै खेल खेल्न पाउँदा आफूहरू अझ अनुशासित, सक्रिय र आत्मविश्वासी भएको अनुभव व्यक्त गरेका छन् । 

मटिहानी नगरपालिकाले शिक्षा र खेलकुद विद्यार्थीको आधारभूत, शारीरिक, मानसिक तथा व्यक्तित्व विकासका लागि अभिन्न अंग रहेको भन्दै उद्देश्यका साथ खेलकुद प्रतियोगिताको आयोजना गरिदै आएको जनाईएको छ । राष्ट्र प्रमुखको नाममा रहेको प्रतियोगितालाई सफल बनाउन पालिकाले आयोजना गर्दै आएको नगरप्रमुख हरिप्रसाद मण्डलले बताएका छन । 

यस्ता कार्यक्रममाले विद्यार्थीहरुको प्रतिभा बढाउन र प्रेरित गर्ने काम गरेको हुनाले यस्ता आयोजनलाई निरन्तरता दिन पालिका प्रतिबद्ध रहेको उनले बताए ।  

मधेश प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले मधेश सरकारको उद्देश्य पनि खेलकुद विकास प्रति केन्द्रित रहेको बताइन् । विद्यालय स्तरबाटै खेलकुदमा विद्यार्थीको सहभागिताले भविष्य एउटा उत्कृष्ट र प्रतिभाशाली खेलाड़ीको निर्माण हुने उनले बताइन् । 

मधेशमा शिक्षाको खस्किदो अवस्थाको गुनासो सुनी साध्य छैन । विद्यालयहरुको भौतिक अवस्था र गुणस्तरिय शिक्षा प्रतिको पिडा कैयौ वर्षदेखी धरातलमा रहदै आएको अवस्था छ । 

यस्तो अवस्थामा खेलकुदमा विद्यार्थीको सहभागिताले विद्यार्थीहरुलाई आफ्नो भविष्य बनाउन एउटा नया विधातर्फ प्रतिभा आर्जन गर्न मद्दत पुर्याउने आशा थपिएको छ । 

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update