News 24 Television
ओली झापा बस्नुका ७ कारणः चुनावी परिणाम र बर्चस्वको लडाई

काठमाडौं । एमाले अध्यक्ष केपी ओली झापा केन्द्रित बन्न पुगेका छन् । आगामी चुनावी परिणाम आफ्नो पक्षमा नपर्ने देखिएपछि ओली झापामै केन्द्रित बन्न पुगेका हुन्। ओलीले झापामा आफूले गरेको कामको फेहरिस्त सुनाइरहेका छन भने मतदातासंग पुगेर खप्की समेत सुनिरहेका छन् । किन ओली यस्तो स्थितिमा पुगे त ? 

एमाले अध्यक्ष केपी ओली जेनजी आन्दोलनको उभारका कारण सत्ताच्यूत हुन पुगे । ओली आफू सत्ताच्यूत मात्रै बनेनन्, चुनावसम्मको सत्ता सहकार्य गर्दै कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई सत्ता सुम्पिने वा के गर्ने भन्ने परीक्षामा होमिने मौका समेत पाएनन् । जेनजी आन्दोलनपछि हुन लागेको चुनाव पनि ओली यसअघिको जस्तो सहज स्थिति बन्ने अवस्था देखिएन् । 

यीनै कारण ओली झापा केन्द्रित बन्न पुगेका छन् । जनताका कुरा सुन्न, खप्की खान र मतदातालाई आफ्ना कुरा भन्नमै ओलीको दिनचर्या वित्न थालेको छ । 

बालबालिकालाई अधिक माया गर्ने ओली झापामा पीडा सहन गरेरै भएपनि चुनावमा केन्द्रित बनेका छन् । मत आफुलाई किन दिने भन्ने तर्क पेश गरिरहेका छन् । यतिमात्रै नभई ओलीले चुनावी अभियानकै दौरान राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह ’बालेन’विरुद्ध चर्को रुपमा प्रतिवाद गरिरहेका छन् ।

ओलीले यसरी झापा केन्द्रित बन्नुको कारण पनि उनै बालेन नै हुन् । नयाँको हावा चलेको बेला ओलीले चुनावी जितका निम्ति मेहनत गर्नैपर्ने बाध्यता देखेपछि यस्तो सक्रियता देखाएको चर्चा चलिरहेको छ । 

किन ओली झापा केन्द्रित ?

१. चुनावी गठबन्धनको प्रयास असफलतातर्फ उन्मुख हुनु

२. राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी सहयोगको प्रतिबद्धता नदिनू

३. बालेन्द्र साह ’बालेन’ चुनावी मैदानमा उत्रिनु

४. सामाजिक सञ्जालबाटै मतदाता प्रभावित पार्ने गरि अनेक गतिविधि बढ्नु

५. जेनजी आन्दोलनमा बालबालिकाको हत्या गरेको आरोप आफूमाथि लागिरहनू

६. अन्तरिम सरकारले आफूविरुद्ध बालेनलाई झापा पठाएको ठान्नु

७. एमालेभित्र आन्तरिक एकता ठिकठाक देखिएपनि भूराजनीति र राष्ट्रिय राजनीतिको कोर्षमा बदलावको संकेत देखिनु 

यीबाहेक धेरै कारण भएपनि ओलीले झापामा नै केन्द्रबिन्दु निर्माण गर्नुका कारण यस्तै देखिन्छन् । ओलीले आफ्नो निर्वाचन क्षेत्रमा मतदातासंग भेटमात्रै गरेका छैनन्, एमालेका विभिन्न तहका नेताहरुलाई समेत उतार्न थालेका छन् । 

जसमा एमाले नेतृ रामकुमारी झाँक्री पनि झापा पुगेर ओलीलाई मत मागिसकेकी छन् । यसमा ओलीविरुद्ध चुनावी प्रतिष्पर्धामा समेत उम्मेदवारहरुको दबदबा बलियो देखिन्छ । जसकारण ओलीलाई झापा छाड्न सहज देखिन्न । 

चुनावी परिणाम अर्जुनदृष्टी

चुनावी परिणाम आफ्नो पक्षमा पार्न ओलीले प्रचण्ड नेतृत्वको नेकपासंग गठबन्धनको प्रस्ताव नै गरिसकेका छन् । प्रचण्डले चुनावी गठबन्धन गर्ने समय ढिला भएको भन्दै अस्वीकार गरेपछि ओलीले पुरानो सहकार्यलाई ब्यूताउने प्रयास नगरेको पनि देखिन्न । 

जसमा राष्ट्रिय प्रजातन्त्र पार्टीसंगको चुनावी सहकार्य अघि बढ्ने सम्भावना थियो । तर, राप्रपाले पनि गठबन्धनको निर्णय गरेको छैन् । 
यता, कांग्रेस नेतृत्वमा गगनको आकस्मिक बैठानपछि ओलीसमग कांग्रेसले पनि सहयोगको काम गर्ने देखिन्न । जसकारण ओली झापा केन्द्रित बन्न पुगेका छन् ।

प्रकाशित मिति: शनिबार, फागुन २, २०८२  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update