काठमाडौं । नेपालमा डिजिटल बैंकिङ तीव्र गतिमा विस्तार हुँदै मोबाइल बैंकिङ र वालेटमार्फत मासिक खर्बौं रुपैयाँ कारोबार भइरहेको छ । तर यससँगै साइबर ठगी, ह्याकिङ र अनलाइन फ्रडका घटना बढ्दा सर्वसाधारण जोखिममा छन् ।
देशमा वित्तीय साक्षरता अभाव अझै ठूलो चुनौती बनेको छ । सुरक्षित कारोबार प्रवद्र्धन गर्न न्यूज २४ टेलिभिजनले डिजिटल बैंकिङ अवेयरनेस २०२६ सिजन फोर सुरु गरेको छ । यो अभियानमार्फत् टेलिभिजनले देशभर चेतना फैलाउँदै सुरक्षित र जिम्मेवार बैंकिङ संस्कृतिको विकासमा टेवा पु¥याउने लक्ष्य लिएको छ ।
होल्ड....भिजुअल ः पुराना बैंक भवन, पुराना कम्प्युटर, एटीएम मेसिन, मोबाइल बैंकिङ, क्यूआर गरेको फुटेज आवश्यक) (५÷७ सकेन्ड)
नेपालमा डिजिटल बैंकिङको सुरुवात औपचारिक रूपमा सन् १९९० को दशकबाट भएको हो ।
नबिल बैंकले सन् १९९०मा क्रेडिट कार्ड र हिमायलन बैंकले सन् १९९५मा एटीएम मेसिन प्रयोगमा ल्याएपछि डिजिटल बैंकिङको सुरुवात भएको मानिन्छ । त्यसपछि सन् २००२ मा कुमारी बैंकले इन्टरनेट बैंकिङ भित्र्याएको थियो । त्यसबेला प्रविधि सीमित थियो, प्रयोगकर्ता थोरै थिए, त्यसैले यस्तो सेवा शहर केन्द्रित थियो ।
समयसँगै प्रविधि बदलियो र बैंकिङ प्रणाली पनि बदलिँदै गयो । सन् २००५मा स्टान्डर्ड चार्टर्ड बैंकले मोबाइल बैंकिङको सुरुवात ग¥यो । सन् २००८ पछि नेपालमा मोबाइल फोनको प्रयोग तीव्र गतिमा बढ्यो ।
त्यसपछि नेपाल राष्ट्र बैंकले सन् २००९मा पहिलो पटक मोबाइलबाट भुक्तानीका लागि डिजिटल वालेटको काम गर्न ई–सेवालाई अनुमति दियो । बैंकहरुले पनि एसएमएस बैंकिङ, भाइबर बैंकिङ, शाखारहित बैंकिङ, कार्ड सेवा, मोबाइल बैंकिङमा जोड दिए । ग्लोबल आइएमई बैंकले सन् २०१४मा पहिलो पटक मोबाइल स्मार्ट बैंकिङको सुरुवात गरेको थियो । अहिले सबै बैंक वित्तीय संस्थाले मोबाइल एपमार्फत विद्युतीय कारोबारको सुविधा दिएका छन् ।
प्रविधिको प्रयोग बढ्दै जाँदा नेपाल राष्ट्र बैंकले पनि नीति नियममा सुधार ग¥यो । डिजिटल भुक्तानी प्रवद्र्धनमा बैंकहरुको लगानीले यसलाई अपरिहार्य बैंकिङ सेवामा रुपान्तरण ग¥यो ।
पछिल्लो समय मोबाइल बैंकिङ, क्यूआर कोड भुक्तानी, र फिनटेक कम्पनीहरुले मोबाइल वालेटको प्रयोग बढाउँदा डिजिटल बैंकिङ प्रविधि नेपालको डिजिटल अर्थतन्त्रको महत्वपूर्ण आधार बनेको छ । अझ कोभिड–१९ को समयपछि भुक्तानीका लागि मानिसहरुको व्यवहारमा आएको परिवर्तनले त डिजिटल बैंकिङ महत्वपूर्ण आवश्यकता बनेको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार अहिले नेपालमा २१ वटा भुक्तानी सेवा प्रदायक (पीएसपी) र ८ वटा भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) सञ्चालनमा छन् । जसले भुक्तानी सेवासम्बन्धी काम गर्दै आएका छन् ।
अहिले नेपालमा लाखौं मानिसहरु दैनिक रुपमा डिजिटल बैंकिङको प्रयोग गर्छन । राष्ट्र बैंकको तथ्यांकअनुसार मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ८८ लाख नाघेको छ । यस्तै मोबाइल वालेट प्रयोगकर्ता २ करोड ६८ लाख, कनेक्ट आईपीएस १ करोड ५० लाख, इन्टरनेट बैंकिङ २३ लाख, डेबिट कार्ड १ करोड ३९ लाख, क्रेडिट कार्ड ३ लाख २१ हजार र प्रिपेड कार्डका प्रयोगकर्ता २ लाख ६८ हजारभन्दा बढी छन् ।
- मोबाइल बैंकिङ – २ करोड ८८ लाख
- मोबाइल वालेट – २ करोड ६८ लाख
- कनेक्ट आईपीएस – १ करोड ५० लाख
- इन्टरनेट बैंकिङ – २३ लाख
- डेबिट कार्ड – १ करोड ३९ लाख
- क्रेडिट कार्ड – ३ लाख २१ हजार
- प्रिपेड कार्ड – २ लाख ६८ हजार
तथ्यांकअनुसार मोबाइल बैंकिङबाट मात्रै मासिक ५ खर्ब रुपैयाँ भन्दा धेरै कारोबार हुँदै आएको छ । त्यस्तै वालेटबाट ४६ अर्ब बढीको कारोबार भएको देखिन्छ ।
कारोबारमा चुनौती
डिजिटल बैंकिङको प्रयोग र कारोबार बढ्दै जाँदा प्रविधिको दुरुपयोग गरी रकम ठगि गर्नेहरु पनि बढ्दै गएका छन् । स्वीफ्ट ह्याक, एटीएम ह्याक र डिजिटल बैंकिङमा प्रयोग हुने व्यक्तिगत विवरणहरु ह्याक गरी ह्याकरहरूले सजिलै आक्रमण गरिरहेका हुन्छन् ।
यसका लागी भाइबर, ह्वाट्स एप मार्फत प्रयोगकर्तासम्म पहुँच पु¥याई ठगी गरिरहेको पाइन्छ । साइबर सुरक्षाको जोखिम, डिजिटल साक्षरताको कमी र ग्रामीण–शहरी डिजिटल पहुँचमा रहेको अन्तरका कारण देखिएको यो चुनौतीलाई कम गर्न वित्तीय साक्षरता नै पहिलो आवश्यकता हो ।
सुरक्षाको उपाय
डिजिटल बैंकिङ प्रयोगकर्ताले आफ्नो मोबाइल फोन वा बैंक कार्ड हराएमा वा चोरी भएमा तुरुन्तै सम्बन्धित बैंकलाई जानकारी गराउनुपर्छ । बैंक खाताबाट हुने प्रत्येक कारोबारको जानकारी समयमै प्राप्त गर्न एसएमएस सेवा लिनुपर्छ ।
यसबाट कुनै पनि शंकास्पद कारोबारको सूचना तत्काल प्राप्त भई बैंकलाई जानकारी गराउन सकिन्छ । आवश्यक परेमा बैंकसँग समन्वय गरी नेपाल प्रहरीमा समेत उजुरी दर्ता गराई ठगीमा संलग्न व्यक्तिहरूको खोजी गर्न सकिन्छ ।
विद्युतीय कारोबारमा हुने ठगी न्यूनीकरण गर्न वित्तीय साक्षरताको आवश्यकता झन् बढेको छ । यही आवश्यकतालाई आत्मसात गर्दै न्युज २४ टेलिभिजनले विगतका वर्षहरुदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘डिजिटल बैंकिङ अवारनेस’ सिरिज सञ्चालन गर्दै आएको छ ।
डिजिटल बैंकिङसम्बन्धी सही जानकारी र सुरक्षित अभ्यासबारे जिम्मेवार सन्देश प्रवाह गर्ने उद्देश्यबाट यो कार्यक्रम निरन्तर आयोजना हुँदै आएको हो ।
यस वर्ष पनि अघिल्ला वर्षहरूझैं ‘डिजिटल बैंकिङ अवारनेस’ को चौथो संस्करण सुरु भइसकेको छ । यसपटक कार्यक्रम टेलिभिजन पर्दामा मात्र सीमित नराखी विभिन्न विद्यालय, क्याम्पस, टोल सुधार समिति तथा आमा समूहसम्म पुगेर चेतना फैलाउने कार्य भइरहेको छ । साथै बैंकर, विज्ञ तथा सरोकारवालासँग अन्तर्वार्ता र विभिन्न भिडियो रिपोर्टहरू पनि प्रसारण गरिनेछन् ।
‘डिजिटल बैंकिङ अवारनेस २०२६’ सिजन फोरले डिजिटल बैंकिङलाई केवल प्रविधिको प्रयोगका रूपमा मात्र नभई सुरक्षित र भरपर्दो कारोबारको माध्यमका रूपमा अपनाउन सहयोग पु¥याउने विश्वास लिइएको छ ।
यस राष्ट्रिय जागरण अभियानमार्फत न्युज २४ टेलिभिजन सम्पूर्ण दर्शकहरूलाई कुनै पनि प्रलोभनमा नपरी सजग रहन र समस्या परेमा सम्बन्धित बैंक तथा वित्तीय संस्था वा नियामक निकाय नेपाल राष्ट्र बैंक र नेपाल प्रहरीमा उजुरी दर्ता गराउन आग्रह गर्दछ ।
